बाक्लो हिउँ र बर्षाले टर्की भुकम्पको उद्धारमा कठिनाई
नेपालबहस संवाददाता
माघ २५, २०७९ बुधबार १६:५१:२४
२५ माघ, इस्तानबुल । भग्नावशेषवाट जीवितै उद्धार गर्ने प्रयासमा यहाँ परिरहेको हिउँ र बर्षाले कठिनाई गरेको छ । सोमवार गएको ७।८ रेक्टर स्केलको भुकम्पमा परी हराएकाहरु जीवितै उद्धार गर्ने प्रयासलाई परिरहेको हिउँ र बर्षाले कठिनाई गरेको हो ।
यद्धपी, टर्कीका गृहमन्त्री सुलेमा सोयलुले आगामी ४८ घण्टा भूकम्पमा फसिरहेकाको उद्धारका लागि महत्त्वपूर्ण समय भएको बताएका छन । टर्कीका अधिकांश भागमा हिउँ परिरहेकाले पनि उद्धारमा कठिनाइ भइरहेको गृहमन्त्री सोयलुको भनाई छ । यद्धपी उद्धार र खोज कार्यलाई भने निरन्तर दिईरहेको छ । टर्की भुकम्पमा सहयोग गर्न आएका बिदेशी उद्धारकर्तासँग पनि समन्वय गरी खोजी कार्य जारी राखेको जनाएको छ ।
टर्की सरकारले परकम्प आउने क्रम नरोकिएकाले अग्ला भवनहरू नबस्न आग्रह गरिएको छ । उनीहरुलाई खाली चौरमा बसेर नजिक रहेका फेला परेका कपडाहरुले हिउँ र बर्षाको सामना गर्न अनुरोध गरेको छ ।
सिरिया र टर्की आएको भुकम्पमा ज्यान गुमाउनेहरुको संख्या ७ हजार पुगिसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन । विश्व स्वास्थ्य संगठनले यो संख्या झन्डै २० हजार हुने अनुमान गरेर खोजी र उद्धार कार्यमा जोड दिएको छ । सम्भावित महामारीका लागि विश्व स्वास्थ्य संगठनले टर्कीस र सिरियाको सरकारसँग समन्वय गरेर औषधिजन्य तथा अन्य उपायहरुमा काम गरिरहेको जनाएको छ ।
यो शताब्दी कै सबैभन्दा धनजन क्षति गराएको उक्त भुकम्पका कारण सिरिया र टर्कीका लाखौं मानिस घरबार बिहिन भएका छन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउपत्यकाको न्यूनतम तापक्रम ९.५ डिग्री, अधिकतम २३ डिग्रीसम्म पुग्ने
मंसिर ८, २०८१ शनिबार
पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना
मंसिर ७, २०८१ शुक्रबार
अन्नपूर्ण क्षेत्रलाई केन्द्रविन्दू बनाएर भूकम्प
मंसिर ६, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
अरबौको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
बालाचतुर्दशीमा बत्ती बाल्न र सद्बीज छर्न कुनै शुल्क नलाग्ने
मंसिर १३, २०८१ बिहिबार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुनिश्चिताको माग
मंसिर १३, २०८१ बिहिबार
तीनै तहका सरकारबीच सहकार्य आवश्यक: मुख्यमन्त्री कार्की
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः चितवन राइनोजले समर्थकलाई निःशुल्क बस सेवा उपलब्ध गराउने
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः एनसेल फाउन्डेसनले प्रत्येक चौकामा शैक्षिक सामग्री वितरण गर्ने
मंसिर १३, २०८१ बिहिबार