देउवाविरुद्धको मुद्दामा सर्वोच्चमा सुनुवाइ सुरू
नेपालबहस संवाददाता
माघ २५, २०७९ बुधबार १९:३७:२६
२५ माघ, काठमाडौं । संसदमा प्रमुख प्रतिपक्ष दलको नेताको सुविधा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई दिने संघीय संसद सचिवालयको निर्णय बदरकाे माग गरिएको रिट निवेदनमाथि न्यायाधीश शुष्मालता माथेमाको एकल इजलाशमा सुरू भएकाे छ । अहिले सुनुवाइ जारी छ ।
अधिवक्ता विमलप्रसाद पोखरेलले मंगलबार दायर गरेको रिट निवेदनमा पाँचौ नम्बरमा पेशी तोकिएको हो । अहिले रिट पक्षका वकिलहरुले बहस गरिरहेका छन् ।
यसअघि उक्त रिट सर्वोच्च प्रशासनले दरपिठ गरेपनि दरपिठ बदरको माग गर्दै इजलाशमा दायर निवेदनमा रिट दर्ताको आदेश दिएको थियो । आदेशपछि मंगलबार मात्र रिट दायर भएको हो । दर्तासगै आजको लागि पेशी तोकिएको थियो । पेशी दैनिक सूचीको पाचौं नम्बरमा परेको छ ।
रिट निवेदक पोखरेलले संघीय संसद सचिवालयले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएको नेपाली कांग्रेसलाई प्रमुख प्रतिपक्षको सुविधा दिनु कानून विपरीत भएकोले उक्त निर्णय खारेज हुनुपर्ने जिकिर गरेका छन् ।
संघीय संसद सचिवालयमा भने कांग्रेसले प्रधानमन्त्रीलाई विश्वसाको मत दिएर सत्ता पक्ष भइसकेको हुनाले प्रमुख प्रतिपक्ष आफूलाई बनाउनुपर्ने मागसहित नेमकिपाले पनि सचिवालयमा निवेदन दिएको थियो । प्रधानमन्त्रीलाई विश्वासको मत नदिने दलहरुमा नेमकिपा र राष्ट्रिय जनमोर्चामा थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेश गर्ने
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
आँबुखैरेनी गाउँपालिकाले छात्राहरुका लागि बचत खाता खोल्ने
माघ ३, २०८१ बिहिबार
प्रदेश मन्त्रीले गैरजिम्मेवार अभिव्यक्ति दिएको बालेन शाहको भनाइ
माघ ३, २०८१ बिहिबार
नेपाल लाइफ इन्स्योरेन्सले शेयरधनीहरुलाई २१।०५ प्रतिशत लाभांश वितरण गर्दै
माघ ३, २०८१ बिहिबार
गठबन्धन सरकारका काम कारवाही र जारी अध्यादेशबारे कांग्रेस बैठकमा छलफल
माघ ३, २०८१ बिहिबार
पाकिस्तानमा भेटियो ठुलो सुनखानी, ७ सय अर्बको कारोबार हुने दावी
माघ ३, २०८१ बिहिबार
एप्पलका मालिकले कुम्भ मेला बारे लेखेको पत्र ६ करोड अमेरिकी डलरमा लिलामी
माघ ३, २०८१ बिहिबार