चोलेन्द्रमाथिको महाभियोग प्रतिवेदन पेश गर्न सर्वोच्चको आदेश
नेपालबहस संवाददाता
माघ २५, २०७९ बुधबार २३:३६:१
२५ माघ, काठमाडौं । सर्वोच्च अदालतले निवर्तमान प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिबाट पेश भएको प्रतिवेदन झिकाउन आदेश दिएको छ ।
संवैधानिक इजलासले उक्त प्रतिवेदन कार्यान्वयनको अवस्था र तत्कालिन सभामुखको तोक लगायतको विवरण झिकाउन आदेश दिएको हो ।
कामू प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, डा. आनन्दमोहन भट्टराई, सपना प्रधान मल्ल र टंकबहादुर मोक्तानको संंवैधानिक इजलासले जबराको महाभियोगसँग जोडिएका सबै कागजात झिकाउन आदेश भएको रिट निवेदकमध्येका एक अधिवक्ता ऋषिराम घिमिरेले जानकारी दिए ।
निलम्बित प्रधानन्यायाधीश जबरालाई संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले महाअभियोग प्रस्ताव निष्क्रिय भएको भनी २१ मंरिमा थमाएको पत्रविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको थियो ।
जबरा त्यही पत्रका आधारमा अवकाशको ४ दिनअघि सर्वोच्च अदालतमा हाजिर हुने प्रयास गरेका थिए । तर सर्वोच्चले २२ मंसिर २०७९ मा महासचिव गौतमको पत्र कार्यान्वयन नगर्नु भनी अन्तरिम आदेश दिइएपछि जबरा हाजिर हुन पाएनन् । उनी अवकाश भइसकेका छन् ।
संसदको नियमावली मस्यौला समितिको मंगलबारको बैठकमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानन्यायाधीश लगायत महाभियोग लाग्ने संस्था र व्यक्तिहरुको हकमा महाभियोगग सक्रिय रहने समयसीमा तोक्नुपर्ने मत प्रस्तुत भएको थियो । केहीले राष्ट्रपति र उपराष्ट्रपतिको हकमा ३ महिना र प्रधानन्यायाधीशको हकमा ५ महिनासम्मको समयसीमा तोक्नुपर्ने बताएका थिए ।
संसदले बनाएको महाभियोग छानबिन समितिले महाभियोगमा बयान लिएर तयारी पारेको प्रतिवेदन तत्कालीन सभामुख अग्निप्रसाद सापकोटालाई बुझाएपनि संसदमा प्रस्तुत गर्नै नपाई संसदको कार्यकाल सकेर नयाँ संसद गठनका लागि मंसिर ४ मा चुनाव भएको थियो । त्यसपछि प्रतिवेदन अलपत्र अवस्थामा रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेश गर्ने
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
बिहीबार तोलामा १२०० सयले बढ्यो सुनको मूल्य
माघ ३, २०८१ बिहिबार
मुस्ताङका सीडीओ बस्ने आवासगृहमा आगलागी
माघ ३, २०८१ बिहिबार
बीमा हत्याउने उदेश्यले प्रेमीसँग मिलेर श्रीमतीले गरिन श्रीमानको हत्या
माघ ३, २०८१ बिहिबार
बुढानिलकण्ठमा कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीसहित संसदीय दलको बैठक
माघ ३, २०८१ बिहिबार
पेट दुखिरहन्छ ? उसो भए खानुहोस फाइबरयुक्त यी ५ चीज
माघ ३, २०८१ बिहिबार