मापदण्ड विपरित बनेका संरचनामा महानगरले चलायो डोजर, हटाइयो २ वटा संरचना
आबिद हुसेन
माघ २७, २०७९ शनिबार १:३१:१६
२७ माघ, बीरगञ्ज । सार्वजनिक जग्गा अतिक्रमण गरेर निर्माण गरेर संरचना हटाउने अभियानलाई बीरगञ्ज महानगरपालिकाले तिब्रता दिएको छ । महानगरले शुक्रबार नियम विपरित निर्माण गरिएका वडा नम्वर १२ र १४ मा रहेको २ वटा संरचना हटाएको छ ।
वडा नम्वर १२ बाइसापस सडक नजिकै सडक अतिक्रमण गरेर नक्सा पास नै नगरी निर्माण गरिरहेको संरचना महानगरले हटाएको हो । वडा नम्वर १२ मा रहेको कि।नं। १३६ मा विनोद अग्रवालले ढलान सडक नै अतिक्रमण गरेर नक्सा पास विना नै पक्कि घर निर्माण गरिरहेको पाइएपछि महानगरले डोजर लगाएर संरचना हटाएको हो । यस्तै महानगरले वडा नम्वर १४ लिंक रोड नजिकै निर्माण गरिएको संरचना पनि डोजर लगाएर हटाएको छ ।
नक्सा पास भए पनि त्यस विपरित वाउण्ड्रि वाल लगाएको भेटिएपछि वाल भत्काइएको हो । स्थानीय रिता देव शरण यादवले आउजाउ गर्नै असहज हुने गरी सडक अतिक्रमण गरेर नक्सा विपरित वाउण्ड्री वाल लगाएका थिए । यादवको नाउँमा रहेको कि.नं.३६३ र ३६५ मा बनेको घरको वाउण्ड्री वाल मापदण्ड विपरित रहेकाले महानगरले हटाएको हो ।
मापदण्ड विपरित निर्माण गरेको संरचना हटाउन यस अघि नै महानगरको टोली पुगेको भए पनि रिता देवी यादव र देव शरण यादवले जिल्ला अदालत पर्सामा निषेधाज्ञाको माग गर्दै मुद्धा दायर गरे पछि हटाउन सकिएको थिएन ।
जिल्ला अदालत पर्साले वादीको माग बमोजिम आदेश जारी गर्न प्रमाण नपुगेको भन्दै मुद्धा खारेज गरेपछि महानगरले आज डोजर लगाएर वाउण्ड्री वाल हटाएको हो ।
मापदण्ड विपरित बनेका संरचना र सार्वजनिक जग्गा अतिक्रमण गरी बनेका संरचना हटाउँदै जाने नीति बमोजिम महानगरले काम गरिरहेको महानगर प्रमुख राजेशमान सिंहले बताए । महानगरले बिहीबार पनि वडा नम्वर ८ मा नगर विकासको जग्गामा बनेको संरचना हटाएको थियो ।
आबिद हुसेन
आबिद हुसेन नेपालबहस डटकमका मधेश प्रदेश प्रमुख हुन् । बिगत डेढ दशकदेखि विभिन्न सञ्चारमाध्यममा सक्रिय पत्रकारिता गर्दै आएका हुसेनले एफएम रेडियो, टेलिभिजन एवं पत्रपत्रिकाहरुमा आबद्ध रही काम गर्दै आएका छन् । हुसेन यसअघि सगरमाथा टेलिभिजन, क्राइम टुडे मासिकको बीरगञ्ज संवाददाता तथा बीरगञ्जबाट प्रकाशित हुने दिशानिर्देश अनलाइनमा सम्बद्ध रहेका छन् ।
लेखकबाट थपराष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै
मंसिर १०, २०८१ सोमबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
अन्तरिक्षमा ४३ वर्षदेखि बन्द रहेको ‘रेडियो’ फेरि सुरु, नासाले पाउन थाल्यो संकेत
मंसिर १६, २०८१ आइतबार
उपप्रधानमन्त्री सिंहद्वारा मतदान
मंसिर १६, २०८१ आइतबार
स्थानीय तह उपनिर्वाचनको मतदान जारी, ४१ पदका लागि ३७६ जना उम्मेदवार मैदानमा
मंसिर १६, २०८१ आइतबार
अमेरिकाले ताइवानलाई ३८५ मिलियन डलरबराबरको हतियार बिक्री गर्ने
मंसिर १६, २०८१ आइतबार
सिरहामा मदिरा तस्करी गर्ने गाडीको ठक्करबाट डिउटीमा रहेका सशस्त्रका सईको मृत्यु
मंसिर १६, २०८१ आइतबार
स्थानीय तह उपनिर्वाचनः शान्तिपूर्ण रूपमा मतदान हुँदै
मंसिर १६, २०८१ आइतबार