सात दिनभित्र दरबन्दीअनुसार सरुवा गर्नूः संघीय मन्त्रालय
नेपालबहस संवाददाता
माघ २८, २०७९ शनिबार १९:५१:२६
२८ माघ, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मातहतका सबै मन्त्रालयलाई कानुनविपरित काजमा पठाएका कर्मचारीलाई फिताए गरेर दरबन्दी अनुसार सरुवा गर्न सर्कुलर जारी गरेको छ । मन्त्रालयले एक सूचना जारी गर्दै निजामती ऐनविपरीत जथाभावी काजमा खटाइएका कर्मचारीलाई फिर्ता बोलाएर सात दिनभित्र दरबन्दीअनुसार सरुवा गर्न सरोकारवाला मन्त्रालय, आयोग र सचिवालयलाई निर्देशन दिएको हो ।
मन्त्रालयद्वारा जारी सूचनामा संघीय मामिला मन्त्री अमनलाल मोदीले गरेको मन्त्रीस्तरीय निर्णयअनुसार माथिल्लो स्तरका दरबन्दीमा तल्लो तहका कर्मचारी पठाएको भए तत्काल फिर्ता गरेर निजामती ऐन अनुसार सरुवा गर्न निर्देशन दिएको उल्लेख छ । निजामती सेवा ऐन–२०४९ को दफा १५ नियम (१) अनुसार राजपत्रांकित प्रथम श्रेणी (सहसचिव) को विभागीय प्रमुखमा कुनै पनि कर्मचारीलाई पदस्थापन गर्नुपर्दा संघीय मन्त्रालयको स्वीकृति लिनुपर्ने व्यवस्था रहेको र सो अनुसार गर्न भनिएको छ ।
कर्मचारी सरुवा गर्दा मन्त्रालयको अनिवार्य अनुमति लिन भनिएको छ । यो व्यवस्थाको पालना नगरे कारवाहीको चेतावनी दिइएको छ । पछिल्लो समय सम्बन्धित मन्त्रालय र विभागले आफूखुसी सरुवा गर्ने र राजपत्रांकित प्रमथ श्रेणीलाई समेत महिनौं फजिलमा राखेर हाजिर गराउने गरिएको भन्दै यस्ता कार्य रोक्न भनिएको छ । संघीय मन्त्रालयले अतिरिक्त समूहमा सामान्य प्रशासनमा मात्र राख्न सकिने कुरालाई अन्य विभाग र मन्त्रालयहरुले काम नदिइ हाजिर गराएर राख्नु गलत भएको बताएको छ ।
गृह मन्त्रालयअन्तर्गत अहिले सहसचिवको दरबन्दीमा १६ जना उपसचिव प्रमुख जिल्ला अधिकारी छन् । गृहका अनुसार ७ जना सहसचिवलाई जिम्मेवारी दिइएको छैन । तीन–तीन महिना सहसचिवको सरुवा गरेर उनीहरुबाट कस्तो कामको अपेक्षा गर्ने भन्ने प्रश्न पनि मन्त्रालयले गरेको छ । यही पृष्ठभूमिलाई आधार मानेर संघीय मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै काज, निमित्त र कामकाज जस्ता बेहोरा राखेर निजामती कर्मचारी ऐनविपरीत गरेको कर्मचारी खटनपटन सबै रद्द गर्न भनेको हो ।
ऐनमा नभएको व्यवस्थालाई आफूखुसी मापदण्ड बनाएर ‘कामकाज’मा खटाएको बेहोराको पत्र थमाएर गरिएको कर्मचारी सरुवाका कारण बेथिति बढेको ठहर संघीय मन्त्रालयको छ । यसअघि २०७६ सालमा लोकसेवा उत्तीर्ण गरेर स्थानीय तहमा पठाएका चार हजारभन्दा बढी कर्मचारीलाई दरबन्दी एकातिर राखेर ‘कामकाज’ गर्नेगरी भन्दै सरुवा गरिएको छ । स्थानीय तहमा उपमहानगरपालिकासहित दुई सय भन्दा बढी स्थानमा प्रमुख प्रशासकीय अधिकृत निमित्त छन् ।
निजामती ऐनअनुसार संघीय मन्त्रालयलको अनुमतिबिना सरुवा नगर्न भन्दै विगतमा भएका गल्ती सच्याउन आग्रह गरेको छ । माथिल्लो दरबन्दीमा तल्लो पद वा श्रेणीको कर्मचारी पठाउने हो भने दरबन्दी पुनर्सरचना गर्नुपर्ने मन्त्रालयका प्रवक्ता तथा सहसचिव रुद्रसिंह तामाङद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
पुष २२, २०८१ सोमबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
सर्वसाधारणले खरिद गर्न मिल्ने शेयर बिक्रीमा
पुष २६, २०८१ शुक्रबार
विद्युत् चुहावट १२.७३ प्रतिशतले घट्यो, प्राधिकरण ४७ अर्ब नाफामा
पुष २७, २०८१ शनिबार
५ महिनामा ६ खर्ब ४० अर्ब ४३ करोड विप्रेषण भित्रियो
पुष २७, २०८१ शनिबार
‘आँखा उपचार गर्न विदेश जानुपर्दैन, विदेशी नै नेपाल आउन थालेका छन् ’
पुष २७, २०८१ शनिबार
काठमाडौंका यी स्थानमा आज विद्युत कटौती हुने
पुष २७, २०८१ शनिबार
दुम्किबासमा पुल भाँचिएर रोकिएका सवारी वैकल्पिक मार्गबाट सञ्चालन
पुष २७, २०८१ शनिबार
विश्वकप खेल्ने यू–१९ महिला क्रिकेट टोली आज मलेसिया जाँदै
पुष २७, २०८१ शनिबार