निःशुल्क मुटुरोग परीक्षण शिविरबाट एक हजारभन्दा बढी लाभान्वित
नेपालबहस संवाददाता
माघ २९, २०७९ आइतबार १७:२७:३८
२९ माघ, लमजुङ । तनहुँको भानु नगरपालिका स्थित मानेचौकामा शुक्रवारबाट सुरु भएको दुई दिने निःशुल्क मुटुरोग परीक्षण शिविरमा एक हजार ३५५ जना भन्दा बढी विद्यार्थी र सार्वधारणको मुटु परीक्षण गरिएको छ ।
विशेष त विद्यार्थीहरुलाई लक्षित गरी विशेषज्ञ डाक्टर सहित आयोजना गरिएको मुटुरोगसम्बन्धी २ दिने निःशुल्क स्वास्थ्य शिविरबाट तनहुँको भानु नगरपालिका वडा नं ११ क्षेत्रका विद्यार्थीसँगै अभिभावकहरु पनि लाभान्वित भएका छन् ।
भानु–११ मानेचौका स्थित त्रिभुवन मावि परिसरमा मानव विकास तथा सामुदायिक सेवा एचडिसिएसद्धारा सञ्चालित नमुना सामुदायिक अस्पतालल र नेपाल हृदय रोग निवारण प्रतिष्ठानको संयुक्त आयोजना तथा भानु नगरपालिकाको सहकार्यमा आयोजित मुटुरोग सम्वन्धी निस्शुल्क शिविरबाट एक हजार बालबालिकाको मुटु परिक्षण गरिएको अस्पताल बिकास समितिका अध्यक्ष परमेश्वर अधिकारीले जानकारी दिए ।
शिविरको पहिलो दिन हिजो मुटुरोग निवारण प्रतिष्ठानका विशेषज्ञहरुद्धारा परामर्शसहित एक हजार बालबालिकाहरुको मुटु परिक्षण गरिएको नमुना सामुदायिक अस्पतालका प्रमुख हेमन्त श्रेष्ठले जानकारी दिए ।
दोस्रो दिन अस्पताल आसपासका ३५५ जना भन्दा बढी सार्वधारणले निःशुल्क सेवा लिएका छन् । परीक्षणका क्रममा ३ जना बालबालिकामा मुटु रोग भएको फेला परेको छ जसमा २ जनाको बाथ मुटुरोग र एक जनालाई जन्मजात मुटु रोग भएको पत्ता लागेको मुटु रोग विशेषज्ञ डा।प्रकाश रेग्मीले जानकारी दिए ।
त्यस्तै परीक्षण गरिएको अधिकांश मधुमेह, उच्च रक्तचाप भएका बिरामी भेटिएको रेग्मीले बताए । दम लगायतका समस्या पनि अत्याधिक देखिएको उनले बताए ।
पत्ता लागेका बिरामीमध्ये २ जना जन्मदाता मुटु रोग भएकाहरुको तत्काल शल्यक्रिया गर्नुपर्ने देखिएकाले काठमाडौँ स्थित नेपाल हार्ट फाउण्डेसनको तर्फबाट निस्शुल्क शल्यक्रिया गरिदिने समेत उनले बताए ।
त्यस्तै करिब एक सयजना बिरामीले नियमित औषधी सेवन गर्नुपर्ने अवस्था देखिएको उनले बताए । त्यहाँका अधिकांश रोगहरु नसर्ने रोग देखिएकाले जीवनशैली र आहारविहारमा विशेष ध्यान दिन समेत उनले सुझाव दिए ।
साथै सुन्दरबजार नगरपालिकामा १५० जना भन्दा बढीको सहभागितामा मुटु रोगसम्बन्धी सचेतना कार्यक्रम समेत गरिएको छ । नमुना सामुदायिक अस्पतालले गुणस्तरीय व्यवस्थापनका साथै गुणस्तरीय सेवा प्रवाह गर्ने उद्देश्यले एचडीसीएससँग सम्झौता गरी ३० वर्षसम्म अस्पतालको व्यवस्थापन र सञ्चालनको सम्पूर्ण जिम्मेवारी मानव विकास तथा सामुदायिक सेवा (एचडीसीएस)लाई प्रदान गरेको छ ।
एचडिसिएसले गत महिनादेखि अस्पतालमा औपचारिक रुपमा सेवा प्रवाह सुरु समेत गरि सकेको अस्पतालका अध्यक्ष अधिकारीले जानकारी दिए । अस्पतालबाट लमजुङ, तनहुँ र गोरखा लगायतका जिल्लाका बिरामीहरुले सेवा लिइरहेको उनले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनर्सहरुमाथिको दमन आखिर कहिलेसम्म ?
जेठ ८, २०८० सोमबार
अषाढ मै रौतहट पुर्ण खोप जिल्ला घोषणा हुने
जेठ ६, २०८० शनिबार
सबै अस्पतालको उपकरण जाँच १५ दिनभित्र गर्न स्वास्थ्यमन्त्री बस्नेतको निर्देशन
जेठ ५, २०८० शुक्रबार
द्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली
असोज १२, २०८१ शनिबार
शनिबार २ बजेसम्ममा देशभर ५० जनाको मृत्यु: १०५३ जनाको उद्धार, १२४४ घर डुबे
असोज १२, २०८१ शनिबार
क्यानडाविरुद्ध नेपालले टस जित्यो
असोज १२, २०८१ शनिबार
विपद् अपडेट : देशभर बाढी, पहिरो र डुबानबाट ८७ जनाको मृत्यु, ७२ बेपत्ता
असोज १२, २०८१ शनिबार
आपत्कालीन उपचारका लागि चौबिसै घण्टा तयार रहन स्वास्थ्यमन्त्री पौडेलको निर्देशन
असोज १२, २०८१ शनिबार
झ्याप्ले खोलामा पहिरोले पुरिएका २ सवारी साधनबाट १४ शव निकायो
असोज १२, २०८१ शनिबार
काठमाडौं उपत्यकामा वर्षाको ‘रेकर्ड ब्रेक’
असोज १२, २०८१ शनिबार