लाठी प्रहार गर्ने प्रहरीलाई कारबाही गर्ने लिखित सहमतिपछि काममा फर्किए चिकित्सक
नेपालबहस संवाददाता
माघ २९, २०७९ आइतबार १८:१९:१३
२९ माघ, काठमाडौं । शनिबारदेखि आन्दोलनको घोषणासहित सडकमा उत्रिएका चिकित्सकहरु पछि हटेका छन् । सरकारसँग लिखित सम्झौता गरेर उनीहरु काममा फिर्ता भएका छन् ।
आइतबार बिहान देशभरका अस्पतालका चिकित्सक नर्सहरु अस्पतालमा सेवा ठप्प पारेर अप्रोनसहित सडकमा निस्किएका उनीहरु सरकारसँग ६ बुँदे सहमति गर्दै अनिश्चितकाली आन्दोनलका सम्पूर्ण कार्यक्रम स्थगित गर्दै आन्दोलन रोकेर काममा फर्किएका हुन् ।
यही माघ २७ गते दिउँसो संघीय संसदको दुवै सदनलाई सम्बोधन गर्न राष्ट्रपति विद्यादेवी भण्डारी संसद भवन नयाँ बानेश्वर जाने क्रममा गरिएको सडक जाममा परेका एक चिकित्सक डा. सिंह वीरलाई काममा अाइरहेका बेला वीर अस्पतालअगाडि प्रहरीले अन्धाधुन्दा लाठी प्रहर गरी गम्भीर घाइते बनाएको विरोधमा दोषी प्रहरीलाई कारबाहीको माग गर्दै उनीहरु आन्दोलनमा उत्रिएका थिए । घाइते चिकित्सकलाई आईसीयूमा राखेर उपचार गराइरहेका छन् ।
आन्दोलनका कारण अस्पतालमा सेवा बन्द भएका कारण देशभर हजारौं बिरामी अलपत्र परेका थिए । सोपछि सरकारले आज बिहान वार्ता भएको थियो । प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा भएको वार्तामा ६ बुँदे सहमति भएको छ ।
वार्तामा चिकित्सक कुटिएको घटनाबारे एक हप्ताभित्र छानबिन गर्ने र दोषी प्रहरीलाई कारबाही गर्ने, घाइते चिकित्सकको उपचारको व्यवस्था सरकारले गर्ने, स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाको सुरक्षा व्यवस्थालाई प्रभावकारी कार्यान्वयन गर्ने, विशिष्ट व्यक्तिहरुको सवारीबारे विद्यमान कार्यविधिलाई परिमार्जन गरेर सहज बनाउने लगायत विषयमा सहमति भएको बताइएको छ ।
सहमति पत्रमा रकारको तर्फबाट प्रधानमन्त्री कार्यालयका सचिव डा. गणेशप्रसाद पाण्डेय र चिकित्सकको तर्फबाट नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीले हस्ताक्षर गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनर्सहरुमाथिको दमन आखिर कहिलेसम्म ?
जेठ ८, २०८० सोमबार
अषाढ मै रौतहट पुर्ण खोप जिल्ला घोषणा हुने
जेठ ६, २०८० शनिबार
सबै अस्पतालको उपकरण जाँच १५ दिनभित्र गर्न स्वास्थ्यमन्त्री बस्नेतको निर्देशन
जेठ ५, २०८० शुक्रबार
बीमा हत्याउने उदेश्यले प्रेमीसँग मिलेर श्रीमतीले गरिन श्रीमानको हत्या
माघ ३, २०८१ बिहिबार
अध्यादेशबारे बालेनको टिप्पणीः बधाई छ सरकारमा रहेका कार्यकर्ताहरुलाई !
माघ २, २०८१ बुधबार
शिक्षा र स्वास्थ्य क्षेत्रलाई उन्नत बनाउन सरकार प्रयासरत छः प्रधानमन्त्री ओली
माघ ३, २०८१ बिहिबार
भेरी करिडोर सडक स्तरोन्नति गर्न चार अर्ब बजेट सुनिश्चित
माघ ३, २०८१ बिहिबार
छुरा प्रहारबाट घाइते बलिउड अभिनेता खान खतरामुक्त : चिकित्सक
माघ ३, २०८१ बिहिबार
‘ब्लू ओरिजिन’को ग्लेन रकेटको सफलता पूर्वक प्रक्षेपण
माघ ३, २०८१ बिहिबार