मकर जितुमाया सुरी हाइड्रोपावरको आईपीओमा आवेदन दिने म्याद थप
नेपालबहस संवाददाता
माघ २९, २०७९ आइतबार २१:४७:५
२९ माघ, काठमाडौं । मकर जितुमाया सुरी हाइड्रोपावरले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि माघ १५ गतेदेखि निष्काशन गरेको आईपीओमा आवेदन दिने आईतबार अन्तिम दिन हो । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ ।
यता आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागी निष्काशन गरेको कम्पनीको आईपीओमा फागुन १५ गतेसम्मका लागि म्याद थप गरिएको छ ।
हाइड्रोपावरले माघ १५ गतेदेखि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ बिक्री खुला गरेको थियो । कम्पनीले जारी पुँजी ७६ करोड रुपैयाँको १० पतिशत अर्थात ७ करोड ६० लाख रुपैयाँ बराबरको १०० रुपैयाँ दरका ७ लाख ६० हजार कित्ता शेयर बिक्री खुला गरेको हो ।
जसमध्ये अति प्रभावित क्षेत्र दोलखाको गौरीशंकर गाँउपालिका वडा नं. ५ र ६ का स्थानीय बासिन्दाका लागि ३ लाख ४ हजार कित्ता शेयर छुट्याइएको छ भने प्रभावित क्षेत्र गौरीशंकर गाँउपालिका वडा नं. १, २, ३, ४, ७, ८ र ९ का स्थानीयले ३ लाख ४२ हजार कित्ता र सामान्य प्रभावित क्षेत्र विगु गाउँपालिकाका सम्पूर्ण वडाका स्थानीयले १ लाख १४ हजार कित्ता शेयरमा आवेदन दिन सक्ने कम्पनीले जानाएकोछ।
यता, सर्वसाधारणका लागि भने १५ लाख २० हजार कित्ता शेयरमध्ये १० प्रतिशत अर्थात् १ लाख ५२ हजार कित्ता शेयरमा नेपाल सरकारको सम्बन्धित् निकायबाट श्रम स्वीकृति प्राप्त गरी बैदेशिक रोजगारीमा रहेका नेपालीहरुले आवेदन दिन सक्ने कम्पनीले जानकारी गराएको छ ।
स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ता र वैदेशिक रोजगारीमा गएकाले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । आईपीओ निष्काशनका लागि गराएको रेटिङ संस्था केयर रेटिङ नेपालले यस कम्पनीलाई वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ । केयर रेटिङ नेपालले यस कम्पनीलाई ‘केयर एनपी डबल बी इस्यूअर रेटिङ’ प्रदान गरेको छ ।
मकर जितुमायाले दोलाखाको गौरिशंकर गाउँपालिकामा ६.४ मेगावाट क्षमताको सुरी खोला जलविद्युत आयोजनाको हालको लागत १ अर्ब ३४ करोड ६४ लाख रुपैयाँ रहेको छ । ७ मेगावाट क्षमताको माथिल्लो सुरी खोला जलविद्युत् आयोजना निर्माणाधीन अवस्थामा रहेकोे सुरी खोलाको कुल अनुमानित लागत भने १ अर्ब २९ करोड ५० लाख रुपैयाँ रहेको छ ।
स्थानीयले प्रभु बैंक, लक्ष्मी बैंक र सेन्चुरी बैंकको शाखा र आयोजना स्थलबाट पनि आवेदन दिन सक्नेछन् । यस्तै, बिक्री प्रबन्धक प्रभु क्यापिटल कमलादी काठमाडौं र यसको अनलाइन व्यवस्था बाट पनि आवेदन दिन सकिनेछ ।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई सी–आस्वा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएलआइसी नेपालको हकप्रद सेयरमा आजबाट आवेदन दिन मिल्ने
मंसिर १२, २०८१ बुधबार
मुक्तिनाथ क्यापिटलले म्युचुअल फन्ड योजना बिक्री गर्दै
मंसिर १०, २०८१ सोमबार
प्रि-ओपन सेसनमा नेप्से बढ्यो
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
परराष्ट्रमन्त्री डा राणा चीनको छन्दुमा
मंसिर १३, २०८१ बिहिबार
दुर्गा प्रसाईंलाई उचित उपचारको प्रबन्ध गर्न आदेश
मंसिर १३, २०८१ बिहिबार
१२ उपसचिवको सरुवा (सूचीसहित)
मंसिर १३, २०८१ बिहिबार
लगानी बोर्ड बैठकः बूढीगण्डकीलगायत विभिन्न जलविद्युत् परियोजनाको लगानी स्वीकृत
मंसिर १३, २०८१ बिहिबार
२० मेडिकल कलेजका अस्पतालको शय्या क्षमता सार्वजनिक
मंसिर १३, २०८१ बिहिबार
प्रधानमन्त्री ओलीको चीन भ्रमण स्वीकृत, ८७ सदस्यीय जम्बो टोली जाने
मंसिर १३, २०८१ बिहिबार