सरकारले सशस्त्र द्वन्द्वको योगदानलाई सम्मान गरेको उपराष्ट्रपति पुनको भनाइ
नेपालबहस संवाददाता
फागुन १, २०७९ सोमबार २३:२१:१९
१ फागुन, जनकपुरधाम । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले जनयुद्ध दिवसमा सार्वजनिक बिदाको घोषणा गरेर नेपाली राजनीतिमा जनयुद्धले पुर्याएको योगदानको सम्मान गरेको बताएका छन् ।
सोमबार मधेशको गृह तथा सञ्चार मन्त्रालय अन्तर्गतको शहीद प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा उनले गणतन्त्र प्राप्तिका लागि जनयुद्धमा वीर शहिदहरुले बगाएको रगत र घाइतेहरुले गरेको त्याग र पसिनाको सम्मान भएको धारणा राखे ।
‘आज केन्द्र सरकारले दिएको बिदाले नेपाली राजनीतिमा जनयुद्धले पुर्याएको उच्चतम योगदानको सम्मान गरेको छ । गणतन्त्र प्राप्तिका लागि बगेको रगत र पसिनाको सम्मान गरेको छ । यसमा पूर्वाग्रह राख्नेहरुले चाहे जे सुकै किन नभनुन्, संघीय सरकारले सार्वजनिक बिदा दिनुअघि नै मधेश, वागमती र कर्णाली प्रदेश सरकारले सार्वजनिक बिदा दिएर जनयुद्ध दिवस मनाउने तयारी गरेको थियो’ उनले भने ।
उपराष्ट्रपति पुनले शान्ति सम्झौता भएको १६ वर्ष पुग्दा पनि शान्ति प्रक्रियाको काम पुरा नभएको भन्दै चिन्ता व्यक्त गरे । सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ताको छानबिन आयोगले अझै राम्रोसँग काम गर्न नसकेको उनको गुनासो थियो । शान्ति सम्झौताको बाँकी कामलाई छिटो टुंगोमा पुर्याउन सबै पक्षको साथ आवश्यक रहेको बताए ।
कार्यक्रममा विशिष्ट अतिथिका रुपमा प्रदेश प्रमुख हरिशंकर मिश्र, मुख्यमन्त्री सरोजकुमार यादव, सभामुख रामचन्द्र मण्डल र प्रदेश सरकारका मन्त्री लगाय नेताहरु सहभागी थिए ।
कार्यक्रममा ५४० जना शहीद परिवारलाई जनही एक लाख रुपैयाँ नगद प्रदान गरिने मधेशको आन्तरिक मामिला मन्त्रालयका सचिव रामकुमार महतोले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसदन छलेर अध्यादेश ल्याउनु संविधान र लोकतन्त्रको मर्म विपरीत: प्रचण्ड
माघ ३, २०८१ बिहिबार
त्रिपाठीमाथि आक्रमण गर्नेलाई कारबाही हुन्छः गृहमन्त्री
माघ ३, २०८१ बिहिबार
बीमा हत्याउने उदेश्यले प्रेमीसँग मिलेर श्रीमतीले गरिन श्रीमानको हत्या
माघ ३, २०८१ बिहिबार
पाकिस्तानमा भेटियो ठुलो सुनखानी, ७ सय अर्बको कारोबार हुने दावी
माघ ३, २०८१ बिहिबार
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
माघ २, २०८१ बुधबार
सदन छलेर अध्यादेश ल्याउनु संविधान र लोकतन्त्रको मर्म विपरीत: प्रचण्ड
माघ ३, २०८१ बिहिबार
पूर्वप्रमीकाको अश्लील 'भिडियो' बहिनीलाई 'मेसेन्जर'मा पठाउने युवक पक्राउ
माघ ३, २०८१ बिहिबार
सरकारले पक्षघातको औषधि निःशुल्क उपलब्ध गराउने
माघ ३, २०८१ बिहिबार