यातायात मजदुरको आन्दोलनमा १० करोडभन्दा बढीको मोवाइल लुटिएको दावी
नेपालबहस संवाददाता
फागुन २, २०७९ मंगलबार १७:३५:२४
२ फागुन, काठमाडौं । यातायात मजदुरहरुले सोमबार गरेको प्रदर्शनका क्रममा काठमाडौंका माछापोखरी र नयाँबसपार्क क्षेत्रका पसलहरुबाट १० करोडभन्दा बढी मूल्यको मोवाइल, घडी लगायत सामान लुटपाट भएको नेपाल मोवाइल व्यवसायी संघले दाबी गरेको छ ।
उग्र प्रदर्शनकारीहरुको हुल नयाँ बसपार्कभित्र रहेका पसलमा तोडफोडपछि प्रवेश गरेर मोवाइल लगायत सामान लुटपाट गरिएको दाबी संघको छ । संघका अनुसार ल्होत्से मलमा रहेका मोबाइल पसलहरुबाट बढी मोवाइल हराएका छन् ।
लुटपाटबाट ९ देखि १० करोड रुपैयाँ बराबरको क्षति भएको संघका उपाध्यक्ष समेत रहेका अर्जुन चालिसे बताए । मोबाइलको स्टोर रुम, पसल र सर्भिस सेन्टरबाट मोबाइल तथा तिनका पार्टपूर्जा लुटपाट भएको उनले बताए । लुटपाटको दृष्य सीसीटिभीमा देखिएको उनको दाबी छ । प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ ।
मोबाइल पसलमा लुटपाट र तोडफोडको घटनाबारे मोबाइल व्यवसायीहरुले आज पत्रकार सम्मेलन गरेर घटनाको विस्तृत जानकारी दिने तयारी गरेका छन् ।
ट्राफिकले गर्दै आइरहेको सवारीसाधनमाथिको जरिवाना घटाउनुपर्ने, नियम यातायात व्यवसायी र मजदुरहरुको हितमा हुनुपर्ने लगायत माग राखेर सोमबार बालाजु क्षेत्रका सडकमा बस तेर्स्याएर गरिएको आन्दोलनका क्रममा ल्होत्सेका संचालक र कर्मचारीहरुले आन्दोलनकारीमाथि आक्रमण गरेपछि ल्होत्से मलमा तोडफोड भएको थियो । त्यसपछि उग्र बनेका आन्दोलनकारीहरुले प्रहरीको स्कार्पियो भ्यानमा आगजनी गरी नष्ट पारिदिएका थिए ।
आज बिहान भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठको पहलमा भएको वार्तापछि आन्दोलित यातायात मजदुरहरुले उपत्यकाका ३ वटै जिल्लामा जारी राखेको यातायात बन्द फिर्ता लिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपूर्वप्रमीकाको अश्लील 'भिडियो' बहिनीलाई 'मेसेन्जर'मा पठाउने युवक पक्राउ
माघ ३, २०८१ बिहिबार
सामाजिक सञ्जालको दुरूपयोग गरी चरित्रहत्या गर्ने दुई जना पक्राउ
माघ ३, २०८१ बिहिबार
बीमा हत्याउने उदेश्यले प्रेमीसँग मिलेर श्रीमतीले गरिन श्रीमानको हत्या
माघ ३, २०८१ बिहिबार
बीमा हत्याउने उदेश्यले प्रेमीसँग मिलेर श्रीमतीले गरिन श्रीमानको हत्या
माघ ३, २०८१ बिहिबार
पाकिस्तानमा भेटियो ठुलो सुनखानी, ७ सय अर्बको कारोबार हुने दावी
माघ ३, २०८१ बिहिबार
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
माघ २, २०८१ बुधबार
विसं २०८२ को पञ्चाङ्ग (पात्रो) माघ तेस्रो सातासम्म बजारमा आउने
माघ ३, २०८१ बिहिबार
सदन छलेर अध्यादेश ल्याउनु संविधान र लोकतन्त्रको मर्म विपरीत: प्रचण्ड
माघ ३, २०८१ बिहिबार
पूर्वप्रमीकाको अश्लील 'भिडियो' बहिनीलाई 'मेसेन्जर'मा पठाउने युवक पक्राउ
माघ ३, २०८१ बिहिबार
सरकारले पक्षघातको औषधि निःशुल्क उपलब्ध गराउने
माघ ३, २०८१ बिहिबार