मोवाइल लुटपाटको क्षतिपूर्ति राज्य दिनुपर्ने व्यवसायीको माग, उठाए सुरक्षा व्यवस्थामाथि प्रश्न
नेपालबहस संवाददाता
फागुन २, २०७९ मंगलबार १८:३०:४०
२ फागुन, काठमाडौं । मोबाइल व्यवसायीहरूले सोमबार काठमाडौंको नयाँ बसपार्क क्षेत्रमा भएको लुटपाटमा संलग्नलाई कारबाही र पीडितलाई राज्यले क्षतिपूर्ति दिनुपर्ने माग सरकारसँग गरेका छन् ।
सोमबार यातायात मजदुरहरूको प्रदर्शनका क्रममा ल्होत्से मलमा सञ्चालित मोबाइल पसलमा लुटपाट हुँदा उक्त मूल्यको मोवाइल लुटिएको नेपाल मोबाइल व्यवसायी महासंघका अध्यक्ष भरत भट्टराईले आज पत्रकार सम्मेलनमा बताए ।
महासंघले क्षतिपूर्ति र सुरक्षा माग गर्दै प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय लगायतमा ज्ञापनपत्र बुझाउने निर्णयसमेत गरेको छ । सीसी टीभीहरूामा पसलको सिसा र सटर तोडेरसमेत मोबाइल लुटिएको दृश्य कैद भएको र सोका आधारमा लुटेराहरू पत्ता लगाउन सजिलै सकिने उनको भनाइ छ । पसलको सीसीटीभी फुटेजसमेत सार्वजनिक भएको छ ।
महासंघका उपाध्यक्षसमेत रहेका पसलका सञ्चालक अर्जुन चालिसेले करिब ८/९ करोड रुपैयाँबराबरको मोबाइल लुटिएको जानकारी दिए । ल्होत्से मलमा रहेका उनको एसीडीसी मोबाइल पसल र डायमन्ड स्टार इन्भेस्टमेन्ट ग्रुप प्रालिमा लुटपाट भएको छ ।
पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष भट्टराईले सोमबारको घटनामा संलग्नलाई कारबाही र व्यवसायीको सुरक्षा गर्न र राज्यले लुटपाटको क्षतिपूर्ति दिनुपर्ने बताए । क्षतिपूर्ति नदिए संघर्षका कार्यक्रमहरू घोषणा गर्ने उनले बताए ।
सोमबारको घटनाबाट हाम्रो सुरक्षा व्यवस्था कति कमजोर छ भन्ने पुष्टि भएको उनको भनाइ छ । यही घटनाको विरोधमा यही फागुन ५ गते माइतीघरमा प्रदर्शन गर्ने पनि उनले जानकारी दिए ।
आन्दोलनकारीले भने ल्होत्से बहुद्देश्यका संचालकहरुले आन्दोलनमा रहेका बेला आफूहरुमाथि आक्रमण गरेपछि आन्दोलन उग्र बनेको बताउँदै आएका छन् । आन्दोलनकारीले सोमबार बालाजु वृत्तका प्रहरीले प्रयोग गर्दै आइरहेका दुई वटा पिकअप भ्यान आगो लगाएर ध्वस्त बनाएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमधेशी युवालाई रोजगारीमा जोड्दै पूर्व एसएसपी थापा
माघ २, २०८१ बुधबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
माघ १, २०८१ मंगलबार
गाउँगाउँमा नागरिक सुनुवाइ गर्दै प्रहरी
पुष २५, २०८१ बिहिबार
बीमा हत्याउने उदेश्यले प्रेमीसँग मिलेर श्रीमतीले गरिन श्रीमानको हत्या
माघ ३, २०८१ बिहिबार
अध्यादेशबारे बालेनको टिप्पणीः बधाई छ सरकारमा रहेका कार्यकर्ताहरुलाई !
माघ २, २०८१ बुधबार
भेरी करिडोर सडक स्तरोन्नति गर्न चार अर्ब बजेट सुनिश्चित
माघ ३, २०८१ बिहिबार
छुरा प्रहारबाट घाइते बलिउड अभिनेता खान खतरामुक्त : चिकित्सक
माघ ३, २०८१ बिहिबार
‘ब्लू ओरिजिन’को ग्लेन रकेटको सफलता पूर्वक प्रक्षेपण
माघ ३, २०८१ बिहिबार
सेनाको सहयोगमा पाँच सय ३१ जनाको निःशुल्क आँखाको शल्यक्रिया
माघ ३, २०८१ बिहिबार
त्रिपाठीमाथि आक्रमण गर्नेलाई कारबाही हुन्छः गृहमन्त्री
माघ ३, २०८१ बिहिबार