मोबाइल लुटपाट घटनामा संलग्नलाई कारबाही गर्न गृहको निर्देशन
नेपालबहस संवाददाता
फागुन २, २०७९ मंगलबार २१:१४:२८
२ फागुन, काठमाडौं । बालाजुमा सोमबार साँझ भएको यातायात मजदुरको आन्दोलनका क्रममा ल्होत्से मलमा रहेका मोबाइल पसलमा भएको लुटपाट घटनाको छानबिन गरेर दोषीलाई कारबाही गर्न गृह मन्त्रालयले प्रहरीलाई निर्देशन दिएको छ ।
मंगलबार गृह सचिव विनोद प्रकाश सिंहले प्रहरी आइजिपी धिरजप्रताप सिंहलाई फोन गरी यस विषयलाई गम्भीरतापूर्वक अनुसन्धान गर्न निर्देशन दिएको प्रवक्ता एवं सहसचिव जितेन्द्र बस्नेतले जानकारी दिए । लुटपाटमा संलग्न सबैलाई पक्राउ गर्न भनिएको छ । पसल फोडेर मोवाइल लुटपाट भएको घटनालाई गम्भीरतापूर्वक अनुसन्धान गर्न निर्देशन दिएको बस्नेतले बताए ।
ट्राफिक प्रहरीको जरिवाना र ज्यादतिविरुद्ध सोमबार यातायात मजदुरले गरेको आन्दोलनका क्रममा एक समूहले मलभित्र संचालित मोवाइल पसलमा पसेर मोवाइल लुटेर भागेका थिए ।
मोवाइल व्यवसायीहरुले लुटपाटबाट १० करोड रुपैयाँको क्षति पुगेको दाबी गरेका छन् । नेपाल मोवाइल व्यवसायी संघका अध्यक्ष भरत भट्ट्राईले आज राजधानीमा पत्रकार सम्मेलन गरी क्षतिबारे जानकारी दिँदै दोषीलाई कारबाही गर्न क्षतिपूर्ति दिन राज्यसँग माग गरेका छन् ।
यस्तै आजै मात्र काठमाडौंका सीडीओ घनश्याम उपाध्यायले लुटपाट र प्रहरीको भ्यानमा आगो लगाउनेहरुको पहिचान गर्ने काम भइरहेको बताउँदै संलग्न सबैलाई कारवाहीको दायरामा ल्याइछाड्ने बताएका थिए ।
लुटपाटमा संलग्नलाई चोरी डकैती कसुर र भ्यान जलाउनेहरुलाई आगजनी अभियोगमा पक्राउ गर्ने प्रहरीले तयारी गरेको छ । लुटपाटको दृष्य मल परिसर र पसलमा राखिएका सीसीटीभीमा कैद भएको देखिएको छ । सोही आधारमा दोषीको पहिचान गर्ने भइरहेको बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपूर्वप्रमीकाको अश्लील 'भिडियो' बहिनीलाई 'मेसेन्जर'मा पठाउने युवक पक्राउ
माघ ३, २०८१ बिहिबार
सामाजिक सञ्जालको दुरूपयोग गरी चरित्रहत्या गर्ने दुई जना पक्राउ
माघ ३, २०८१ बिहिबार
बीमा हत्याउने उदेश्यले प्रेमीसँग मिलेर श्रीमतीले गरिन श्रीमानको हत्या
माघ ३, २०८१ बिहिबार
बीमा हत्याउने उदेश्यले प्रेमीसँग मिलेर श्रीमतीले गरिन श्रीमानको हत्या
माघ ३, २०८१ बिहिबार
पाकिस्तानमा भेटियो ठुलो सुनखानी, ७ सय अर्बको कारोबार हुने दावी
माघ ३, २०८१ बिहिबार
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
माघ २, २०८१ बुधबार
विसं २०८२ को पञ्चाङ्ग (पात्रो) माघ तेस्रो सातासम्म बजारमा आउने
माघ ३, २०८१ बिहिबार
सदन छलेर अध्यादेश ल्याउनु संविधान र लोकतन्त्रको मर्म विपरीत: प्रचण्ड
माघ ३, २०८१ बिहिबार
पूर्वप्रमीकाको अश्लील 'भिडियो' बहिनीलाई 'मेसेन्जर'मा पठाउने युवक पक्राउ
माघ ३, २०८१ बिहिबार
सरकारले पक्षघातको औषधि निःशुल्क उपलब्ध गराउने
माघ ३, २०८१ बिहिबार