सरकारी वकिल कार्यालयले रविको राहदानीसम्बधी जाहेरीमा प्रहरीकाे प्रतिवेदन कुर्ने
नेपालबहस संवाददाता
फागुन ३, २०७९ बुधबार १९:१४:४०
३ फागुन, काठमाडौं । सरकारी वकिलको कार्यालय राहदानी दुरुपयोग आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेविरुद्ध परेको जाहेरी दरखास्त दर्ता गर्न नपर्ने निर्णय गरेको छ ।
लामिछानेले झुटो विवरण दिएर नेपाली र अमेरिकी राहदानी लिएको भन्दै सिन्धुलीका सफल भनिने युवराज पौडेलले जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा जाहेरी दिएका थिए ।
जाहेरीमाथि कारबाही गर्ने क्रममा कार्यालयले जाहेरीसँग सम्बन्धित निकायबाट कागजात मगाएर अध्ययन सुरु समेत गरिसकेको अवस्थामा यस्तो निर्णय गरेको हो ।
यसअघि सोही विषयमा पौडेलले प्रहरी परिसर काठमाडौंमा जाहेरी दर्ता गराउन खोज्दा प्रहरीले सर्वोच्च अदालतको विषय भएको जनाउँदै दर्ता गरेको थिए । तर, अहिले सो विषयमा अनुसन्धान भइरहेको जानकारी पाइएपछि कार्यालयले कार्यालयबाट जाहेरीमाथि कारबाही गरिराख्न नपर्ने जनाएको छ ।
सरकारी वकिल कार्यालयले पत्र काटेर यसअघि लामिछानेको राहदानीको विषयमा जिल्ला प्रशासन कार्यालय काठमाडौं, राहदानी विभाग र अध्यागमन विभागबाट सम्बन्धित कागजात मगाएको थियो । सो क्रममा जिल्ला प्रशासन कार्यालयले भने रविले नागरिकताको अभिलेख भेटिएको जवाफ पठाएको बताइएको छ ।
अब प्रहरीले नै अनुसन्धान सकेर सरकारी वकिल कार्यालयमा प्रतिवेदन पेस भएपछि मात्रै त्यसको अध्ययन गरी लामिछानेविरुद्ध मुद्दा चलाउन पर्ने नपर्ने निर्णय लिनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकञ्चनपुरको न्यायिक समितिमा इजलास र जनशक्ति अभाव
जेठ ६, २०८१ आइतबार
सन्दीप लामिछाने निर्दोष ठहर, जिल्ला अदालतको फैसला उच्चले उल्टायो
जेठ २, २०८१ बुधबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
इरानी राष्ट्रपति चढेको हेलीकप्टर दुर्घटनाग्रस्त अवस्थामा फेला
जेठ ७, २०८१ सोमबार
काठमाडौंमा सुन लुटपाट गर्ने दुई जना पक्राउ
जेठ ७, २०८१ सोमबार
सभामुख घिमिरेले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक
जेठ ७, २०८१ सोमबार
आठ खर्ब ५३ अर्ब लागतका विभिन्न आयोजना अगाडि बढाउँदै विद्युत् उत्पादन कम्पनी
जेठ ७, २०८१ सोमबार