सिर्सिया नदि प्रदुषण गर्ने उद्योगलाई जरिबाना गर्ने निर्णय
![आबिद हुसेन](
https://nepalbahas.prixacdn.net/media/albums/aabid_hussia__essGOst6fZ.jpg
)
आबिद हुसेन
फागुन ३, २०७९ बिहिबार १:३५:०
![](https://nepalbahas.prixacdn.net/media/albums/nadi-1-e1676469876270_2vmOY3jhgh.jpg)
३ फागुन, बीरगञ्ज । सिर्सिया नदी प्रदुषण नियन्त्रण समितिले नदि प्रदुषण गर्ने बीरगञ्ज पथलैया औद्योगिक करिडोरका उद्योगलाई कारवाही गर्ने निर्णय गरेको छ । बीरगञ्ज महानगरपालिका प्रमुख राजेशमान सिंहको अध्यक्षतामा बसेको समितिको बैठकले पानी प्रशोधन नगरी उद्योगबाट निस्केको फोहोर पानी सोझै नदीमा फाल्दै आएका उद्योगलाई कारबाही गर्ने निर्णय गरेको हो ।
समितिले यसअघि पटक पटक अनुगमन गरेको र अनुगमनका क्रममा एक÷दुई बाहेक अधिकांश उद्योगले अटेरी गर्दै नदीमा नै उद्योगबाट निस्केको फोहोर तथा फोहोर पानी फाल्दै आएकाले अब कारबाही नै गर्ने निर्णय गरेको हो । बैठकले करिडोरमा रहेका उद्योगहरुको संघलाई पत्राचार गरेर कारबाहीको ध्यानाकर्षण गराउने र जरिबानाको प्रकृया अघि बढाउने निर्णय गरेको हो ।
अनुगमन समितिको प्रतिबेदनका आधारमा वातावरण तथा प्राकृतिक स्रोतको संरक्षण गर्न बनेको ऐन अनुसार जरिबाना गर्ने निर्णय भएको महानगर प्रमुख राजेशमान सिंहले जानकारी दिए । यस्तै बैठकले जरिबाना गर्दा पनि फोहोरजन्य पानी नदीमा मिसाउन नछाडे त्यस्ता उद्योगलाई कालो सूचीमा राख्न प्रदेश र संघ सरकारलाई सिफारिस गरि पठाउने निर्णय पनि गरेको छ ।
बैठकमा पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले प्रक्रिया मिचेर विधि एवं कानुन विपरित सञ्चालित उद्योगलाई कारबाही नगर्दासम्म नदी प्रदुषण मुक्त नबन्ने बताए । उनले उद्योगीहरु जिम्मेवार भएर पर्यावरण जोगाउन लाग्नु पर्नेमा नदी फोहोर बनाउन उद्धत देखिएकाले त्यसलाई नियन्त्रण गर्न अब जरिबाना गर्नुपर्ने अवस्था आएको बताए ।
बाराको जितपुर सिमरा उपमहानगरपालिका, परवानीपुर गाउँपालिका र पर्साको वीरगञ्ज महानगरपालिका क्षेत्र भएर बहने नदीलाई यी तीनै स्थानीय तहसँगै जिल्ला प्रशासन कार्यालय बारा र जिल्ला प्रशासन कार्यालय पर्साको सयुँक्त सहकार्यमा प्रभावकारी रुपमा काम गर्नुपर्ने बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले बताए ।
वीरगञ्ज महानगरपालिकाका उपप्रमुख तथा समितिका संयोजक इम्तियाज आलमले अनुगमनलाई उद्योगहरुले वेवास्ता गरेको बताए । आफ्नै नेतृत्वमा पटकपटक अनुगमन गर्दा पनि अटेरी गरेको हुँदा अब जरिवाना गरेर कारबाही गर्नुपर्ने उपप्रमुख आलमको भनाई छ । बाराको जितपुर सिमरा उपमहानगरपालिकाका उपप्रमुख भोला प्रसाद अधिकारी पनि सिर्सिया नदिलाई प्रदुषण मुक्त बनाउन जितपुर सिमरा उपमहानगरले सक्दो प्रयास गरिरहेको बताए ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक होविन्द्र बोगटीले वीरगञ्ज महानगरले सञ्चालन गरेको अनुगमन अभियानको सह्राना गर्दै नदीलाई स्वच्छ र सफा बनाउन सबैले हातेमालो गर्नुपर्नेमा जोड दिनुभयो । वीरगञ्ज उद्योग वाणिज्य संघका प्रमुख प्रशासकिय अधिकृत मनोज उपाध्यायले बीरगञ्ज उद्योग वाणिज्य संघ नदीलाई स्वच्छ बनाउने विषयमा गम्भिर भएको बताए । उद्योगी व्यवसायीलाई नियम लगाएर बाध्यकारी बनाउने निकाय संघ नभएको बताउँदै उनले सबैसँग समन्वय गरिदिने लगायतका काममा कुनै कसर बाँकी नराखेको उपाध्यायले बताए ।
सिर्सिया नदि मात्रै नभएर सभ्यता एवम् संस्कृतिसँग जोडिएको धरोहर भएको हुँदा यसलाई सफा बनाउन सबैले एकबद्ध भएर काम गर्नुपर्ने र गल्ती गर्नेलाई दण्ड गर्दा उद्योग वाणिज्य संघले बचाउ नगर्ने पनि उनले प्रतिबद्धता जनाए । बैठकमा पर्साका प्रहरी उपरीक्षक कोमल शाह, बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटी, महानगरपालिकाका निमित्त प्रशासकीय अधिकृत अरविन्दलाल कर्ण, परवानीपुर गाउँपालिकाका अध्यक्ष रामक्षत्री कुर्मी लगायतको सहभागिता रहेको थियो ।
आबिद हुसेन
आबिद हुसेन नेपालबहस डटकमका मधेश प्रदेश प्रमुख हुन् । बिगत डेढ दशकदेखि विभिन्न सञ्चारमाध्यममा सक्रिय पत्रकारिता गर्दै आएका हुसेनले एफएम रेडियो, टेलिभिजन एवं पत्रपत्रिकाहरुमा आबद्ध रही काम गर्दै आएका छन् । हुसेन यसअघि सगरमाथा टेलिभिजन, क्राइम टुडे मासिकको बीरगञ्ज संवाददाता तथा बीरगञ्जबाट प्रकाशित हुने दिशानिर्देश अनलाइनमा सम्बद्ध रहेका छन् ।
लेखकबाट थपरौतहटमा बिजुली काटेर स्कार्पियो गाडी चोरी
असार १४, २०८१ शुक्रबार
आईटी आर्मीका कार्यकर्ताहरूले श्रममन्त्रीको पुतला जलाए
असार १४, २०८१ शुक्रबार
मधेस प्रदेशका मुख्यमन्त्री सिंहले असार २१ गते विश्वासको मत लिने
असार १४, २०८१ शुक्रबार
सशस्त्र प्रहरीका एसपी र डीएसपी सरुवामा गृहमन्त्रीको मनलाग्दी
नेपालबहस संवाददाता
असार १२, २०८१ बुधबार
यी राशीमा ३ दिनपछि आर्थिक संकटको छायाँ पर्न सक्छ !
नेपालबहस संवाददाता
असार १२, २०८१ बुधबार
बसमा सवार यात्रुको मृत्यु, चालक र सहचालक पक्राउ
नेपालबहस संवाददाता
असार १३, २०८१ बिहिबार
गृहमन्त्री लामिछानेको सचिवालयमा दाम जम्मा गर्न नसक्दा रोकिएको श्रेष्ठ र आचार्यको बढुवा !
असार १४, २०८१ शुक्रबार
एसइईमा फेल भएका सबैले मौका परीक्षा दिन पाउने
असार १४, २०८१ शुक्रबार
युरोकपको नकआउटमा जर्मनी र डेनमार्क खेल्दै
असार १५, २०८१ शनिबार
शरीरलाई चलायमान नबनाए हुन सक्छ हृदयघात, मधुमेह र स्तन क्यान्सर जस्ता रोग !
असार १५, २०८१ शनिबार
पराग्वेमाथि ब्राजिलको फराकिलो जित
असार १५, २०८१ शनिबार
कोलोम्बिया कोपा अमेरिकाको क्वाटरफाइनलमा
असार १५, २०८१ शनिबार
बागलुङ पहिरो अपडेट : घर पुरिँदा दम्पतीको मृत्यु, बुहारी र नाति घाइते
असार १५, २०८१ शनिबार
पुस्तकालय रेखदेख गर्ने कर्मचारी राख्न माग
असार १५, २०८१ शनिबार