सिकारीका पर्खाइमा ढोरपाटन सिकार आरक्ष
नेपालबहस संवाददाता
फागुन ५, २०७९ शुक्रबार १८:५६:४६
५ फागुन, बलेवा । ढोरपाटन सिकार आरक्षमा वर्षको दोस्रो सिकारयाम सुरुआत भएको छ । आगामी सिकार याम ‘२०७९ फागुन–२०८० वैशाख’ का लागि ढोरपाटनमा सिकार गर्न इच्छुकबाट प्रस्ताव आह्वान भएसँगै सिकार आरक्ष सिकारी पर्यटकको पर्खाइमा छ ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले बिहीबार प्रतिस्पर्धाबाट सिकार गराउन दरभाउ पत्र आह्वान गरेको हो । पन्ध्र दिनभित्र पेस हुने प्रस्तावबाट बढीबढाउका आधारमा सिकार कम्पनीले नाउर, झारल र वनेलको सिकार अनुमति पाउने छन् ।
विभागका अनुसार आरक्षमा तोकिएको ब्लक र निर्धारण गरिएको कोटाका आधारमा प्रतिस्पर्धाबाट नाउर, झारल र वनेलको सिकार गरिने भएको छ । यसका लागि व्यक्ति तथा सङ्घ संस्थाले निवेदन दिनसक्ने विभागले जनाएको छ ।
आरक्षमा यस आव २०७९÷८० को दोस्रो यामका लागि १२ नाउर आठ झारलको सिकार कोटा तोकिएको छ । यस सिजनमा नेपाली नागरिकका लागि ७ वनेल र विदेशी नागरिकका लागि चार वनेल गरी जम्मा ११ वटा वनेल सिकार कोटा तोकिएको आरक्षका प्रमुख संरक्षण अधिकृत वीरेन्द्र कँडेलले बताए ।
ढोरपाटन नेपालको एक मात्र सिकार आरक्ष हो । यहाँ कात्तिक–मंसिर र फागुन–वैशाख गरी दुई सिजनमा सिकारको अनुमति दिइन्छ । आरक्षले सिकारको अनुमति दिएको सङ्ख्या, पर्यटक र उनीहरुको गतिविधिलाई नियमनको काम गर्छ । नेपालमा दुई सिजनामा गरी सामान्यतया दुई दर्जन नाउर र एक दर्जन झारलको सिकार हुने गरेको छ ।
आरक्षमा कूल छ वटा ब्लक रहेका छन् । ब्लकअनुसार मूल्य फरकफरक पर्छ । पर्यटकले सिकार गरेको जनावरको सिङ, छाला, खप्परजस्ता अङ्ग भने आफ्नो मुलुक लैजान पाउँछन् । विभागले यस वर्षको पहिलो सिकार यामका लागि आठ नाउर र पाँच वटा झारलको सिकार अनुमति दिएको थियो । तीमध्ये पाँच नाउर र चार झारलको मात्रै सिकार भएको थियो । अघिल्लो सिकार याममा सिकार हुन नसकेका नाउर र झारल समेतलाई थप गरेर वर्षको दोस्रो याममा सिकार अनुमति दिन लागिएको हो ।
पहिलो सिकार याममा कुनै पनि नेपाली र विदेशीले सिकारका लागि चासो नदेखाए पनि दोस्रो याममा वनेलको सिकारका लागि प्रस्ताव आह्वान गरिएको छ । “अनुमति लिएका विदेशीले निःशुल्क वनेलको सिकार गर्न पाउँछन्, नेपालीलाई पनि सामान्य शुल्क लिएर सिकारका लागि अनुमति लिन प्रस्ताव आह्वान गरिए पनि अहिलेसम्म कोही पनि अनुमति लिन आएका छैनन्”, उनले भने, “आशा गरौँ यो मौसममा बनेको पनि सिकार हुनेछ ।”
आरक्षमा रहेका वनेल आसपासका बस्तीमा पसेर किसानको बाली मास्ने गरेका छन् । आरक्षमा वनेलको सङ्ख्या उच्च रहे पनि सिकारीले चासो नदेखाएका हुन् । सिकारको माग बढी हुँदा राजस्वको दर पनि बढ्ने र माग घट्दा राजस्व पनि घट्ने गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपर्यटकीय स्थल पिकेडाँडा र ज्वालामाई क्षेत्रमा भरपर्दो सञ्चार सुविधा नहुँदा पर्यटकलाई मर्का
मंसिर १३, २०८१ बिहिबार
पर्यटकीय गन्तव्य बन्दै लमजुङको करपुरेश्वर उद्यान
मंसिर १२, २०८१ बुधबार
शे–फोक्सुण्डो तालमा पर्यटकको आगमन जारी
मंसिर १२, २०८१ बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
गर्भवतीलाई नगद, निःशुल्क एम्बुलेन्स र ल्याब सेवा
मंसिर १४, २०८१ शुक्रबार
टीकापुर अस्पतालमा सुत्केरीहुनेलाई झोला
मंसिर १४, २०८१ शुक्रबार
अष्ट्रेलियामा अब १६ बर्ष मुनिकालाइ सामाजिक सञ्जालमा प्रतिबन्ध
मंसिर १४, २०८१ शुक्रबार
बेलायतमा आप्रावासीको संख्या गत बर्ष मात्रै ९ लाख थपिए
मंसिर १४, २०८१ शुक्रबार
चिसिएको सबन्ध सुधार्दै ट्रम्पसँग भेटे जुकरबर्गले
मंसिर १४, २०८१ शुक्रबार