आईजीपीमा बालुवाटारको चासो, एआईजीमा विचौलियाहरु हावी हुने संकेत
नेपालबहस संवाददाता
फागुन ७, २०७९ आइतबार १८:२४:४८
७ फागुन, काठमाडौं । नेपाल प्रहरीमा अबको एक महिनापछि कसले नेतृत्व गर्ने भन्ने बारेमा अहिले अन्यौल सिर्जना भएको छ । एक महिनापछि हुने नेतृत्व परिवर्तनको विषयमा अहिलेसम्म एआईजी बढुवा नहुनु र गृह मन्त्रालयले ३० वर्षे सेवा अवधि हटाउने प्रकृयालाई अघि नबढाउदा अन्यौल सिर्जना भएको हो ।
अहिले संक्रमण रहेको परिस्थितिमा विगतमा झैं प्रधानमन्त्री निवास बालुवाटारमा आईजीपी नियुक्ति वा निरन्तरताको विषयमा विभिन्न कोणबाट छलफल शुरु भैसकेको छ । ३० वर्षे सेवा अवधि हट्दा अहिलेकै आईजीपी धीरजप्रताप सिंहको निरन्तरता रहनेछ भने ३० वर्षे सेवा अवधि कायमै रहेको अवस्थामा भने अब एआईजी हुने पालो कुरेर बसेका डीआईजी बसन्त कुँवरहरुको व्याचीबाट आईजीपी हुनेछन् । तर प्रधानमन्त्री पुष्पकमल दाहाल आफैले गृह मन्त्रालय सम्हालेको अवस्थामा आफैले आईजीपी बनाउने चलखेल गरिरहेका छन् । आईजीपी नियुक्तिमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ निकटहरुको चलखेल हेर्दा यसपटक पनि ‘आईजीपी काण्ड’मा बालुवाटार फस्ने अवस्था छ ।
३० वर्षे सेवा अवधि हटाएमा सिंहकै निरन्तरता कामय रहेको अवस्थामा पछिल्लो व्याचीहरु पनि आईजीपी हुने भएकाले त्यतिधेरै विवाद नहुने भएपनि पछिल्ला व्याचीहरुबाट सिनियरलाई मिचेर आईजीपी बनाएमा विवादमा फस्ने संभावना रहेको हो ।
६ वर्षअघि प्रचण्ड प्रधानमन्त्री भएकै बेला नेपाल प्रहरीको आईजीपीको नियुक्तिमा अनावश्यक चलखेल गर्दा प्रचण्ड चरम विवादमा परेका थिए । पहिलो वरियतामा रहेका नवराज सिलवाल र प्रकाश अर्याललाई छाडेर जयबहादुर चन्दलाई आईजीपी नियुक्त गरेपछि ठूलै विवाद भएको थियो । सरकारले गरेको नियुक्तिलाई सर्वोच्च अदालतले फाष्ट ट्याकबाट उल्टाइदिएको थियो । सोही विवादमा तत्कालीन प्रधानन्यायधीश सुशीला कार्कीलगायतमाथि महाअभियोग लगायतका विवादले सरकार चरम विवादमा तानियो । अहिले पनि यही अवस्था नआउला भन्न सक्ने अवस्था छैन ।
यसपटक पनि आईजीपी नियुक्तिमा त्यस्तै हुने लक्षण देखिएको छ । आर्थिक चलखेलकै आधारमा नेपाल प्रहरीमा आईजीपी नियुक्तिका लागि बालुवाटार निकट बिचौलियाहरुको दौडधुप चलिरहेको स्रोतको दावी छ । प्रधानमन्त्री तिनीहरुकै घेराबन्दीमा परिसकेको बालुवाटार स्रोतको दावी छ ।
बालुवाटारबाट प्रधानमन्त्रीको निर्देशन भन्दै नेपाल प्रहरीमा रिक्त रहेको ५ जना अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवाका लागि अन्तिम तयारी भैरहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एआईजी बढुवाको तयारी गर्न प्रहरी महानीरिक्षक (आईजीपी) धीरजप्रताप सिंहलाई निर्देशन दिएको बताइएपनि त्यसको आधिकारिक पुष्ट्याई भने हुन सकेको छैन । आईजीपी इन्टरपोलको बैठकबाट फर्किएपछि प्रधानमन्त्री प्रचण्डलाई भेटन बालुवाटारमा पुगेका थिए । तर एआईजी बढुवाको बारेमा त्यहाँ केही कुराकानी नभएपनि प्रचण्डको सचिवालयले बढुवाको तयारीका लागि निर्देशन दिएको स्रोतको दावी छ ।
दुई हप्ता अघि मात्रै सशस्त्र प्रहरीका ४ एसएसपी डीआईजीमा बढुवाका लागि सिफारिस भएपछि नेपाल प्रहरीको एआईजी बढुवाको पालो आएको छ । नेपाल प्रहरीमा भने ६ महिनादेखि एआईजी रिक्त छ । अहिले एआईजी बन्ने मध्यबाटै आईजीपी हुने भएकाले सरकारले त्यसअघि नै एआईजी बढुवा गर्ने तयारी भैरहेको छ । भोलिदेखि एआईजी पूजा सिंहले अवकाश पाएसँगै नेपाल प्रहरीमा रिक्त एआईजीको संख्या ५ पुगेको छ । यसअघि विश्वराज पोखरेल, मुकुन्दराज आचार्य, अरुणकुमार बिसी र रवीन्द्र धानुक अवकाश भएका थिए । ४ एआईजी रिक्त हुँदा पनि एआईजी बढुवा गरिएको थिएन । एआईजीका दाबेदारलाई निवर्तमान गृहमन्त्री रवि लामिछानेले प्रदेशमा सरुवा गरेका थिए । लामिछाने गृहमन्त्रीबाट हटिसकेका छन् । लामिछाने हटेसँगै तत्काल एआईजी बढुवा अगाडि बढाउने तयारी सरकारको छ । हाल गृह मन्त्रालयको पनि जिम्मेवारी प्रधानमन्त्री प्रचण्डसँगै भएकाले माओवादीहरु नेताहरुले पनि चासो राखेका छन् ।
आईजीपी सिंहकै ब्याची ३ जना रहे पनि उनीहरुलाई भने अवकाशको मुखमा बढुवा गर्ने सम्भावना देखिएको छैन । मसाउद आलम खाँ, नलप्रसाद उपाध्याय र मोहनकुमार आचार्य आगामी चैत ११ गते अनिवार्य अवकाश हुनेछन् । ३० वर्षे सेवा अवधि हटाउने प्रक्रिया अगाडि बढाइएको भए पनि बीचमा सरकार परिवर्तन भएपछि यो प्रक्रिया रोकिएको छ । ३० वर्षे सेवा अवधि नहटे आईजीपीसँगै ३ एआईजी र ३ डीआईजी पनि अवकाश हुनेछन् । एआईजीहरु सहकुल थापा, उत्तम सुवेदी र दिवेश लोहनी पनि आईजीपीसँगै घर जानेछन् ।
अहिले एआईजीमा बढुवा भएमा डीआईजीहरु वसन्त कुँवर, टेकप्रसाद राई, अशोक सिंह , दीपक थापा, श्यामलाल ज्ञवाली, किरण बज्रचार्य, सुदीप भण्डारी, भीम ढकाल मध्येबाट ५ जना बढुवा हुनेछन् । वसन्त कुँवर मधेश प्रदेशको प्रहरी प्रमुख छन् भने टेकप्रसाद राई लुम्बिनी, अशोक सिंह सूदुरपश्चिम र दीपक थापा बागमती प्रदेशको प्रहरी प्रमुख छन् । श्यामलाल ज्ञवाली प्रदेश १ मा, किरण बज्राचार्य प्रशासन विभागमा छन् । उनीहरुका अतिरिक्त पछिललो व्याचबाट सुदीप गिरी, रामदत्त जोशी, पोषराज पोख्रेल, बुद्धिराज गुरुङ, दुर्गा सिंह, किरण राणा, उमेशराज जोशी र टेकबहादुर तामाङ पनि दाबेदार छन् । तर उनीहरुको संभावना भने निकै कम रहेको छ ।
अघिल्लो सरकारले वसन्त, टेकप्रसाद, अशोक र दीपकलाई वरियतामा अगाडि राख्दै डीआईजीमा बढुवा गरेको थियो । अहिले एआईजीमा बढुवा हुनेको भने आईजीपी बन्ने सम्भावना कायम रहन्छ । यीमध्ये दीपक थापा ५ महिनापछि भर्ना भएका हुन् । यसपटक अरु नै आईजीपी बने पनि उनी त्यसपछि छोटो समयका लागि आईजीपी बन्ने सम्भावना छ । बढुवाका प्रमुख दाबेदार ६ जना २०५१ चैतमा र थापा २०५२ भदौमा प्रहरी निरीक्षकमा भर्ना भएका हुन ।
तर उनीहरुको दावी भन्दा फरक हुने गरी कार्यक्षमतामा कमजोर र कारवाही सिफारिस भएका बदनाम डीआईजीहरु बिचौलियामार्फत प्रधानमन्त्रीलाई प्रभावमा पार्ने प्रयासमा लागेका छन् । यसअघि पनि चलखेलकै आधारमा डीआईजी बढुवा भएर विवादमा तानिएको थियो । कुँवरका व्याचीहरुका कुँवर, थापा, सिंह, राई, ज्ञवाली, भण्डारी, जोशी आदि आईजीपीका दाबेदार मानिदै आएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
पुष २२, २०८१ सोमबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
सर्वसाधारणले खरिद गर्न मिल्ने शेयर बिक्रीमा
पुष २६, २०८१ शुक्रबार
विद्युत् चुहावट १२.७३ प्रतिशतले घट्यो, प्राधिकरण ४७ अर्ब नाफामा
पुष २७, २०८१ शनिबार
५ महिनामा ६ खर्ब ४० अर्ब ४३ करोड विप्रेषण भित्रियो
पुष २७, २०८१ शनिबार
‘आँखा उपचार गर्न विदेश जानुपर्दैन, विदेशी नै नेपाल आउन थालेका छन् ’
पुष २७, २०८१ शनिबार
काठमाडौंका यी स्थानमा आज विद्युत कटौती हुने
पुष २७, २०८१ शनिबार
दुम्किबासमा पुल भाँचिएर रोकिएका सवारी वैकल्पिक मार्गबाट सञ्चालन
पुष २७, २०८१ शनिबार
विश्वकप खेल्ने यू–१९ महिला क्रिकेट टोली आज मलेसिया जाँदै
पुष २७, २०८१ शनिबार