खुला विश्वविद्यालयको ३ वटा डीनका लागि आवेदन खुल्याे
नेपालबहस संवाददाता
फागुन ७, २०७९ आइतबार १८:५९:३०
७ फागुन, काठमाडौं । नेपाल खुला विश्वविद्यालयको डीन सिफारिस गर्न गठित समितिले ३ वटा संकायको डिन पदमा आवेदन आह्वान गरेको छ । डेढ वर्षदेखि रिक्त सामाजिक शास्त्र तथा शिक्षा संकाय, व्यवस्थापन तथा कानुन संकाय र विज्ञान, स्वास्थ्य तथा प्रविधि संकायको डीन पदमा सिफारिस समितिले आज आवेदन माग गरेको हो ।
आवेदन दिन सम्बन्धित संकायसँग सम्बद्ध कुनै विषयमा विद्यावारिधि गरेको, विश्वविद्यालय तथा उच्च शिक्षाका क्षेत्रमा कम्तीमा १० वर्ष पूर्णकालीन प्रध्यापन गरेको, प्राध्यापक वा सह(प्राध्यापक पदमा बहाल रहेको हुनुपर्ने मुख्य मापदण्ड तोकेको छ ।
त्यसैगरी संकायलाई प्राज्ञिक, प्रशासनिक तथा व्यवस्थापकीय नेतृत्व गर्न सक्ने कार्यक्षमता पुष्टि गर्ने आधारसहितको अभिलेख, खुला शिक्षा, दूर सिकाइ तथा अनलाइन सिकाइ प्रणालीमा प्राध्यापन तथा व्यवस्थापन गरेको अनुभव आवश्यक पर्ने उल्लेख छ ।
खुला विश्वविद्यालय व्यवस्थापन बुझेको आधारसहितको विवरण, आवेदन दिएको संकायको डिन पदमा नियुक्त भएमा ५४ वर्ष कार्यकालमा गर्ने प्राज्ञिक र वित्तीय व्यवस्थापन एवं संस्थागत विकासको योजना २५०० देखि ३००० शब्दसम्ममा लेखेर पनि पेश गर्नुपर्ने प्रावधान तोकिएको छ ।
इच्छुक उम्मेदवारले एक हप्ताभित्रमा आवेदन दिन सक्ने जनाइएको छ । कार्यकारी परिषद्ले डीन नियुक्तिका लागि सिफारिस गर्न गत साता समिति गठन गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपत्रिवि केन्द्रीय क्याम्पसको प्रिन्सिपलका लागि २ जनाको मात्र निवेदन
माघ १०, २०८१ बिहिबार
विश्वविद्यालयका अधिकार क्षेत्र र पाठ्यक्रम बनाउने विषयमा हस्तक्षेप नगर्ने सहमति
पुष २६, २०८१ शुक्रबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
नयाँ पुस्तालाई नजोड्ने राजनीतिक दलको भविष्य लामो हुन सक्दैनः महासचिव पोखरेल
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
आगामी माघ १६ र १७ गते कांग्रेसले स्टार्टअप र साना मझौला व्यवसाय सम्मेलन गर्ने
माघ १२, २०८१ शनिबार
पर्यटन प्रवर्द्धनमा जोड दिँदै ४६औँ पर्यटक प्रहरी दिवस सम्पन्न
माघ १२, २०८१ शनिबार