सिराहामा प्रहरी प्रशासनकै सेटिङमा सीमा नाकामा व्यापक तस्करी
नेपालबहस संवाददाता
फागुन ८, २०७९ सोमबार १८:३६:१५
♦ मुकेशकुमार यादव
८ फागुन, सिरहा । सिराहामा प्रहरी प्रशासनकै सेटिङमा व्यापक चोरी, तस्करी हुँदा भन्सार कार्यालयले लिएको लक्ष्यको १८ प्रतिशत मात्र राजश्व उठेको छ । प्रहरी प्रशासन, भन्सारका कर्मचारी र तस्करबीचको मिलेमतोमा तस्करले ल्याएको सामानमध्ये केही सामानको मात्र राजश्व तिर्ने र बाँकीको राजश्व नै नतिरी भित्र्याउने गरेकाले चालु आर्थिक वर्षका लागि लिइएको लक्ष्यको १८ प्रतिशत मात्र राजश्व उठेको हो ।
जिल्लाको माडर, औरही, बरियारपट्टी नरगी, कुसन्डी, झाझपट्टी, चतरी, कल्याणपुर, पटेर्वा लगायतका नाका तथा चोरबाटो प्रयोग गरी यस क्षेत्रमा व्यापक चोरी तस्करी बढेपछि भन्सार कार्यालय माडरको राजश्व असुली अवस्था निरन्तर खस्किँदै गइरहेको देखिएकाे छ । सिराहा भन्सार कार्यालय माडर खैरटोका, सिराहाले चालु आर्थिक वर्ष २०७९/०८० को साउन महिनामा एक करोड ३३ लाख ५५ हजार लक्ष्य रहेकोमा लक्ष्यको २३ प्रतिशत ३० लाख ७४ हजारमात्र राजश्व रकम असुली गरेको देखिन्छ ।
त्यस्तै भदौ महिनामा एक करोड ६६ लाख ५ हजार लक्ष्य लिएकोमा लक्ष्यको २० प्रतिशत ३३ लाख ० हजार, असोज महिनामा एक करोड ६७ लाख ८ हजार लक्ष्य रहेकोमा लक्ष्यको २७ प्रतिशत ४४ लाख ५३ हजार, कात्तिक महिनाको एक करोड ५९ लाख ४७ हजार लक्ष्यको ३० प्रतिशत ४७ लाख ८० हजार, मंसिर महिनाको एक करोड ६ लाख २२ हजार लक्ष्यको २५ प्रतिशत ४२ लाख ८ हजार र पुस महिनाको एक करोड ७७ लाख ७२ हजार लक्ष्यको ५७ प्रतिशत एक करोड २ लाख ११ हजार मात्र राजश्व असुली भएको र माघ महिनामा १ करोड ७० लाख ३८ हजार लक्ष्य लिएको भन्सार कार्यालयले लक्ष्यको ३८ प्रतिशत रकम मात्र असुली गरेका छन् ।
भन्सार कार्यालय माडर खैरटोकाले ७ महिनामा लिएको वार्षिक लक्ष्य जम्मा १९ करोड ९५ लाख ४६ हजारमा कुल रकमको १८ प्रतिशत अर्थात ३ करोड ५ लाख ८८ हजार रुपैया राजस्व मात्र असुली भएको सिरहा भन्सार कार्यालय माडर खैरटोकाका सूचना अधिकारी नायव सुब्बा गोपाल महतोले जानकारी दिए ।
चालु आर्थिक वर्षको साउनदेखि माघसम्मको ७ महिनाको तथ्यांकले नै सिराहा जिल्लामा तस्करी भइरहेको पुष्टि गर्छ । तस्करहरुले सीमा नाकामा बस्ने सुरक्षाकर्मी र भन्सार प्रमुख लगायतका कर्मचारीहरुलाई एकमुस्ठ रुपमा मोटो रकम तिरेर नाकाहरुको वरिपरि राखिएको गोदाममा भण्डारण गर्ने र रातभरि निर्धक रुपमा प्रहरी प्रशासनकै आखा अगाडिबाट तस्करी गर्ने गरेको स्थानीयहरु बताउँछन् ।
सीमानाका तस्करीको विशेष निगरानी गर्न खटाइएका सशस्त्र प्रहरी, नेपाल प्रहरीले नै तस्करसँग नजराना लिई तस्करीको संरक्षणतर्फ आकर्षक रहेको नाम नखोल्ने सर्तमा एकजना तस्करले बताए । उनले भने, ‘प्रहरी प्रशासनलाई मासिक रुपमा आफूहरुले लाखौं रुपैयाँ बुझाएर मात्र मालसमान ओसार पसार गर्ने गरेको बताएका छन् । सीमा नाकामा नेपाल प्रहरी र सशस्त्र प्रहरीको बाक्लै उपस्थिति रहे पनि प्रहरीको आँखा अगाडिबाटै तस्करले भन्सार राजश्व छली गरी निर्धक्क मालसामान वारपार गर्ने गरेको स्थानीयहरु बताउँछन्।
जिल्लाको माडर,औरही, बरियारपट्टी नरगी, कुसन्डी, झाझपट्टी, चतरी, कल्याणपुर, पटेर्वा लगायतका नाका तथा चोरबाटोहरु प्रयोग गरी तस्करहरुले रातीको समयमा चिनी, कपडा, मोटरपार्टस्, किरानाको सामान, ग्यास चुल्हो, पान मसाला, सुर्तीजन्य पदार्थ (रजनीगन्धा, गुटखा) भन्सार राजश्व छली गरी वारी (नेपाल ) भिर्याउने र वारि(नेपाल)बाट व्यापक रुपमा मदिरा, चाइनिज स्याउ, सुपारी लगायतका सामग्रीहरु पारी (भारतीय बजार ) पुर्याउने गरेको नाम नखाल्ने सर्तमा एकजना स्थानीयले सुनाए ।
उनले थपे, ‘यस क्षेत्रबाट रातभरी प्रहरी प्रशासनकै सेटिङमा भारतीय बजारबाट मालसमान ल्याएर टेम्पो, पिकअप र मोटरसाइकल मार्फत सिरहा सदरमुकाम लगायतका बजारहरु मिर्चैया ,गोलबजार,लाहान, लगायतको वजार सम्म ल्याइन्छ ।’ सुरक्षाकर्मीले नै तस्करहरुलाई ‘लाइन क्लियर’ रहेको संकेत गरेपछि उनीहरुले अन्धाधुन्द सामान ढुवानी गर्न सुरु गर्छ उनले सुनाए । प्रहरीलाई खबर गरे पनि बेपत्ता गरेको उनले गुनासो पोखे ।
जिल्लामा चोरी तस्करी भइरहेको विषयमा जिज्ञासा राख्दा सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ गण हेक्वा सिराहाका प्रमुख प्रमोद भारतीले आफू आएलगतै सम्पूर्ण सीमा नाकामा कडाका साथ खटिन र तस्करी नियान्त्रण गर्न निर्देशन गरिसकेको दाबी गरे । ‘म आएको पनि २० दिन मात्र भएको छ, आएलगतै चोरी तस्करी नियन्त्रणमा खटिरहेका छौं,’ उनले थपे, ‘चोरी तस्करीमा हाम्रो युनिटको कुनै किसिमको संग्लनता भए काडा कारबाही गर्छौँ ।’
चोरी निकासी र राजस्व छलिका विषयमा जिल्ला प्रहरी कार्यालयका प्रमुख ‘एसपी’ टेकु नन्द लिम्बूसँग सम्पर्क गर्दा उनले आफू मिटिङमा रहेको जवाफ दिएपछि कुरा हुन सकेन । यता भारतीय बजारबाट भन्सार छलि गरी ल्याइएका सामान भण्डारण गरिने लहान, सिराहा, मिर्चैया र गोलबजारका गोदामबारे स्थानीयबासी जानकार रहे पनि प्रहरी बेखवर झैं बसेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतस्करीमा पर्सा प्रहरीको कारबाही, ६८ लाखको सामान बोकेको ट्रक नियन्त्रणमा
मंसिर १०, २०८१ सोमबार
३ सय ५६ ग्राम सुनसहित एक भारतीय नागरिक पक्राउ
कात्तिक २६, २०८१ सोमबार
५ केजी सुनसहित विमानस्थलबाट ३ जना विदेशी नागरिक पक्राउ
कात्तिक २१, २०८१ बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुनिश्चिताको माग
मंसिर १३, २०८१ बिहिबार
तीनै तहका सरकारबीच सहकार्य आवश्यक: मुख्यमन्त्री कार्की
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः चितवन राइनोजले समर्थकलाई निःशुल्क बस सेवा उपलब्ध गराउने
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः एनसेल फाउन्डेसनले प्रत्येक चौकामा शैक्षिक सामग्री वितरण गर्ने
मंसिर १३, २०८१ बिहिबार
परराष्ट्रमन्त्री डा राणा चीनको छन्दुमा
मंसिर १३, २०८१ बिहिबार
दुर्गा प्रसाईंलाई उचित उपचारको प्रबन्ध गर्न आदेश
मंसिर १३, २०८१ बिहिबार