सशस्त्र प्रहरीका तीन डीआईजीलाई दज्र्यानी चिह्न प्रदान
नेपालबहस संवाददाता
फागुन ९, २०७९ मंगलबार २१:२७:२१
९ फागुन, काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकबाट प्रहरी नायव महानिरीक्षक ‘डीआईजी’ पदमा पदोन्नति भएका तीन वरिष्ठ अधिकृतलाई आज दज्र्यानी चिह्न प्रदान गरेका छन् ।
उनीहरूलाई यही ४ गतेको प्रधानमन्त्री एवं गृहमन्त्रीस्तरीय निर्णयले पदोन्नति गरेको थियो । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा साेमबार आयोजित एक समारोहमा महानिरीक्षक अर्यालले दज्र्यानी चिह्न प्रदान गरेका हुन् ।
यसरी दज्र्यानी चिह्न प्राप्त गर्नेमा सशस्त्र प्रहरी नायव महानिरीक्षकहरू अन्जनीकुमार पोख्रेल, दीपेन्द्र शाह र पुरुषोत्तम थापा रहेका छन। उक्त समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले सङ्गठनमा आवद्ध भएपछि पदोन्नति महत्वपूर्ण रहने उल्लेख गर्दै बढेको पदीय जिम्मेवारीलाई अझ बढी उत्तरदायीपूर्ण रुपमा व्यावसायिकताका साथ निर्वाह गर्न निर्देशन दिए ।
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले आर्थिक अनियमिततालगायत नेतृत्व गर्ने ठाउँमा थोरै मात्र गल्ती गरे पनि क्षम्य नहुने उल्लेख गर्दै समाजका सबै तहले कामको मूल्याङ्कन गर्ने भएको हुँदा सङ्गठन, पेशा र मुलुकप्रति पूर्ण निष्ठावान भइ समर्पित रहन निर्देशन दिए ।
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले जहाँ जुन जिम्मेवारीमा रहे पनि त्यहाँ सङ्गठनसँग सम्बन्धित हरेक पक्षहरूमा पथ प्रदर्शक र रोलमोडल बन्नुपर्नेमा जोड दिए। उनले सङ्गठनलाई सेवा, सुरक्षा, सहयोग र उद्धारजस्ता कार्यहरूको माध्यमबाट सशक्त सुरक्षा सङ्गठनको रूपमा उभ्याउन सबैले आ–आफ्नो तह र तप्काबाट महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताए ।
उक्त कार्यक्रममा सशस्त्र प्रहरी परिवार महिला सङ्घकी अध्यक्ष अनिता लामिछाने अर्याल तथा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरू नारायणदत्त पौडेल, चन्द्रप्रकश गौतम र बंशीराज दाहाललगायतको उपस्थिति रहेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसशस्त्रका डीआईजी न्यौपानेलाई प्रवक्ताको जिम्मेवारी
जेठ ४, २०८१ शुक्रबार
सशस्त्र प्रहरी बलका १६ डीआईजी र १८ एसएसपीको सरुवा, मधेश प्रदेशमा धौबजी र कोशीमा सुवेदी
बैशाख १९, २०८१ बुधबार
फेवातालमा सशस्त्रकाे विपद् उद्धारसम्बन्धी कृतिम घटना अभ्यास
बैशाख १८, २०८१ मंगलबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
नेविसंघले माग्यो गृहमन्त्री लामिछानेको राजीनामा
जेठ ६, २०८१ आइतबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
घाटु नाँच संरक्षणमा सोरबिस्नाका गुरुङ
जेठ ६, २०८१ आइतबार