‘इशा अवार्ड’ ग्रहणपछि सन्दुक रुइत भने- ‘यो सम्मान नेपाल र नेपालीलाई’
नेपालबहस संवाददाता
फागुन ९, २०७९ मंगलबार २२:१९:१
९ फागुन, काठमाडौं । नेत्र चिकित्सक डा. सन्दुक रुइतले प्रसिद्ध पुरस्कार ‘इशा अवार्ड’ ग्रहण गरेका छन् । मंगलबार बहराइनका राजा हमाद बिन इशा अल खालिफाबाट उनले अवार्ड ग्रहण गरेका छन् ।
राजधानी मान्मा आयोजित एक विशेष समारोहमा राजा खालिफाले १ मिलियन डलर अर्थात करिब १४ करोड रुपैयाँ बराबरको उक्त पुरस्कार डा. रुइतलाई प्रदान गरेका हुन् ।
इशा अवार्ड कमिटीका अध्यक्ष सेख मोहम्मद बिन मुबारक अल खलिफाले पनि डा. रुइत मानवहितकारी अर्थमा संसारकै लागि उदाहरण रहेको बताए । उनले आफ्ना पिता सेख इसा बिन सलमान अल खालिफाका नाममा सन् २००९ मा स्थापित यो सम्मान हरेक दुइ वर्षमा र ‘मानवताका लागि सेवा’ गर्ने विश्वभरकै कोही व्यक्तिरसंस्थालाई प्रदान गरिँदै आएको छ ।
तिलगंगा आँखा प्रतिष्ठानका कार्यकारी निर्देशक डा. रुइतले ‘विकासोन्मुख मुलुकका नागरिकमा रहेको अन्धोपनाको उपचारमा गरेको निरन्तरको प्रयत्नका निम्ति’ बहराइन सरकारले यो विशिष्ट सम्मान प्रदान गरेको हो ।
अवार्ड ग्रहणपछि डा. रुइतले प्राप्त अवार्ड राष्ट्र र नेपाली नागरिकमा समर्पित रहेको बताए । उनले अवार्डले आफूलाई अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिवद्धता र मेहेनतका साथ काम गर्ने अवसरका रुपमा थप प्रेरणा दिएको बताए ।
विगत ३ दशकदेखि नेत्रको उपचार र यससम्बन्धी अध्ययन तथा विकासमा खटिरहेका उनले आफ्नै हातले अहिलेसम्म एक लाख २५ हजार भन्दा धेरै व्यक्तिको शल्यक्रिया गरिसकेका छन् र ७० भन्दा बढी देशमा सेवा दिइसकेका छन् ।
इशा अवार्ड पहिलोपटक मलेशियाकी प्रतिष्ठित चिकित्सक जेमिला महमुदले २०१३ मा पाएकी थिइन् । दोस्रो अवार्ड (२०१५) भारतका शिक्षाविद् अच्युता सामन्तले र तेस्रो (२०१७) इजिप्टको चिल्ड्रेन क्यान्सर हस्पिटललाई प्रदान गरिएको थियो । चौथो अवार्ड भने पाकिस्तानको प्रतिष्ठित सामाजिक सेवक संस्था इधी फाउन्डेसनलाई प्रदान गरिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनर्सहरुमाथिको दमन आखिर कहिलेसम्म ?
जेठ ८, २०८० सोमबार
अषाढ मै रौतहट पुर्ण खोप जिल्ला घोषणा हुने
जेठ ६, २०८० शनिबार
सबै अस्पतालको उपकरण जाँच १५ दिनभित्र गर्न स्वास्थ्यमन्त्री बस्नेतको निर्देशन
जेठ ५, २०८० शुक्रबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
नयाँ पुस्तालाई नजोड्ने राजनीतिक दलको भविष्य लामो हुन सक्दैनः महासचिव पोखरेल
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
आगामी माघ १६ र १७ गते कांग्रेसले स्टार्टअप र साना मझौला व्यवसाय सम्मेलन गर्ने
माघ १२, २०८१ शनिबार
पर्यटन प्रवर्द्धनमा जोड दिँदै ४६औँ पर्यटक प्रहरी दिवस सम्पन्न
माघ १२, २०८१ शनिबार