लामखुट्टे नियन्त्रणका लागी बीरगञ्जको ३२ वटै वडामा औषधी छर्न सुरु
आबिद हुसेन
फागुन ११, २०७९ बिहिबार १७:५३:५४
११ फागुन, बीरगञ्ज । गर्मी मौसम सुरु हुन लागेकाले लामखुट्टे नियन्त्रणका लागि महानगरले ‘एयर र पम्प स्प्रे’ बाट औषधी छर्ने काम सुरु गरेको हो । महानगरको सरसफाइ व्यवस्थापन शाखा अधिकृत सर्फुदिन मियाँले बुधबारबाट तालिका नै बनाएर ३२ वटै वडामा ‘एयर र पम्प’ दुबै तरिकाबाट औषधी छर्ने काम सुरु भएको जानकारी दिए ।
बुधबार पहिलो दिन महानगरपालिकाको वडा नं। १, २ र ३ मा ‘एयर र पम्म’ दुबै माध्यमबाट औषधी छरिएको र वडा नम्बर ४ मा पम्प स्प्रेबाट लामखुट्टेको औषधी छर्ने काम भएको उनले जानकारी दिनुभयो । फगिङ्ग मेसिनबाट रोड तथा नालामा एयर स्प्रे र फगिङ्ग मेसिन पुग्न नसक्ने भित्री नालाहरुमा पम्प स्प्रेबाट औषधी छरिएको हो ।
बिहान १० बजेदेखी नै पम्प स्प्रेबाट नाला तथा पानी जमेका स्थानको खोजी गर्दै लामखुट्टे मार्ने औषधी छर्कन जनशक्ति परिचालन गरिएको सरसफाई अधिकृत मियाँले जानकारी दिए। फगिङ्ग मेसिनबाट ‘एयर स्प्रे’ गर्न भने बेलुका ५ बजेपछि सुरु भएको पनि उनले बताए । बुधबारबाट सुरु भएको लामखुट्टे मार्ने औषधी छर्ने काम चैत ६ गते सम्म चल्ने छ ।
लामखुट्टेको लार्भा मार्न बिहान र दिउसोको समयमा ३ राउण्ड पम्प स्प्रे गर्ने र वयस्क लामखुट्टे मार्न बेलुकाको समयमा फगिङ्ग मेसिन पार्फत २ राउण्ड ‘एयर स्प्रे’ गर्ने तालिका महानगरले सार्बजनिक गरेको छ । चिसो र गर्मी मौसम सुरु हुँदै गर्दा बीरगञ्जमा लामखुट्टेको अत्याधिक प्रकोप देखिन्छ । लामखुट्टे हुर्कन नदिन र हुर्किसकेकोलाई नियन्त्रण गर्न बीरगञ्ज महानगरपालिकाले वर्षमा दुईपटक औषधि छर्ने गरेको छ ।
लामखुट्टेको टोकाइबाट फैलिन सक्ने डेंगु, मलेरियाजस्ता प्राणघातक रोगको संक्रमण फैलन नदिन महानगरका ३२ वटै वडामा ‘एयर स्प्रे’ र ‘पम्प स्प्रे’ सुरु गरिएको महानगर प्रमुख राजेशमान सिंहले जानकारी दिए।
आबिद हुसेन
आबिद हुसेन नेपालबहस डटकमका मधेश प्रदेश प्रमुख हुन् । बिगत डेढ दशकदेखि विभिन्न सञ्चारमाध्यममा सक्रिय पत्रकारिता गर्दै आएका हुसेनले एफएम रेडियो, टेलिभिजन एवं पत्रपत्रिकाहरुमा आबद्ध रही काम गर्दै आएका छन् । हुसेन यसअघि सगरमाथा टेलिभिजन, क्राइम टुडे मासिकको बीरगञ्ज संवाददाता तथा बीरगञ्जबाट प्रकाशित हुने दिशानिर्देश अनलाइनमा सम्बद्ध रहेका छन् ।
लेखकबाट थपराष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
रास्वपा सभापति लामिछानेलाई काठमाडौं ल्याइयो
मंसिर १३, २०८१ बिहिबार
रूसद्वारा युक्रेनको ऊर्जा ग्रिडमा व्यापक आक्रमणः जेलेन्स्की
मंसिर १३, २०८१ बिहिबार
स्टिकर छपाइ प्रकरणमा विकल र सफललाई ३ करोड ४२ लाख विगो र त्यति नै जरिवाना, ८ वर्ष कैद
मंसिर १३, २०८१ बिहिबार
विद्युत सट भई आगलागी हुँदा तीन घर जलेर नष्ट
मंसिर १३, २०८१ बिहिबार
फोनको क्यामेरा सफा गर्दा यी कुरामा ध्यान दिनुहोस्, नत्र क्षति हुन सक्छ !
मंसिर १३, २०८१ बिहिबार