चार दलका शीर्ष नेताहरुबीचकाे बैठक स्थगित
नेपालबहस संवाददाता
फागुन ११, २०७९ बिहिबार २२:५१:३७
११ फागुन, काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा पुरानो गठबन्धनका चार दलका शीर्ष नेताहरुबीच बस्ने भनिएको बैठक नहुने भएको छ । बिहीबार बेलुका ६ बजे शीर्ष नेताहरुबीच राष्ट्रपतिका विषयमा छलफल गर्ने भनिएकामा अन्तिममा बैठक रोकिएको हो ।
स्थगित बैठक अब कहिले बस्ने भन्नेबारे टुंगो लागिनसकेको प्रधामन्त्रीको सचिवालयले जनाएको छ । राष्ट्रपतिको उम्मेदवारका विषयमा प्रधानमन्त्री निवासमा कांग्रेस, माओवादी केन्द्र, जसपा र एकीकृत समाजवादी गरी ४ दलका शीर्ष नेताहरुबीच आज साँझ बैठक बस्ने तय भएको थियो ।
दुई पक्षीय र त्रिपक्षीय बैठकका कारण समयाभाव भएपछि बैठक स्थगित गरिएको सचिवालयले जनाएको छ । ४ दलका शीर्ष नेताहरुबीच बस्ने बैठकले कांग्रेससहितका पहिलेका पाँच दलीय गठबन्धन ब्यूँताउने विश्लेषण गरिएकाे छ ।
नेपाली कांग्रेसले राष्ट्रपतिमा आफूले उम्मेदवार उठाउने र त्यसमा ३ दलसँग समर्थन जुटाउने योजना बनाएको छ । तर एमालेले भने एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपतिका लागि उम्मेदवार बनाउने कोशिस गरिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअखिल क्रान्तिकारीमा १३५ जना निर्विरोध भए, अध्यक्षसहित बाँकी पदमा मतदान जारी
माघ १२, २०८१ शनिबार
सहकारी ठगी गर्नेकै सम्पत्तिबाट पीडितलाई बचत फिर्ता गराउनुपर्छः प्रवक्ता महत
माघ ११, २०८१ शुक्रबार
दाङ पुगेर प्रचण्डले गरे सहिद परिवारसँग भेटवार्ता
माघ ११, २०८१ शुक्रबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
यातायातमा नयाँ हाकिम: पुराना कर्मचारी फर्किएपछि नक्कली लाइसेन्स छानबिनको फाइल हरायो
माघ ११, २०८१ शुक्रबार
ट्रम्पको सामूहिक निर्वासन अभियान जारी, सयौं आप्रवासी पक्राउ !
माघ ११, २०८१ शुक्रबार
पूर्व उपराष्ट्रपतिलाई राजनीतिमा फर्काउन माओवादीभित्रै दुई धार, प्रचण्ड मौन !
माघ ११, २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा दिवसः स्वच्छ ऊर्जा रूपान्तरणमा नेपालले लिएको बाटो
माघ १२, २०८१ शनिबार
घरदैलोमै पुगेर मृत्यु दर्ता प्रमाणपत्र प्रदान
माघ १२, २०८१ शनिबार
आफैंलाई गोली प्रहार गरेका प्रहरी जवानको उपचारको क्रममा मृत्यु
माघ १२, २०८१ शनिबार
अखिल क्रान्तिकारीमा १३५ जना निर्विरोध भए, अध्यक्षसहित बाँकी पदमा मतदान जारी
माघ १२, २०८१ शनिबार