धनुषामा ९७ करोड बराबरको कम धान उत्पादन
नेपालबहस संवाददाता
फागुन ११, २०७९ शुक्रबार ०:१३:३६
११ फागुन, जनकपुरधाम । उत्पादनको दृष्टिकोणले सबैभन्दा बढी उत्पादन हुने धनुषा जिल्लामा अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्षमा ९७ करोड १९ लाख ८९ हजार २ सय मुल्य बराबरको ३२ हजार ७ सय ६० मेट्रिक टन कम धान उत्पादन भएको छ ।
कृषि ज्ञान धनुषाका अनुसार चालु आर्थिक वर्ष साउनदेखि पुससम्मको तथ्यांक हेर्दा किसानहरुले बर्खे धान ४८ हजार ७ सय ६० हेक्टर क्षेत्रफलमा व्यवसायिक रुपमा धान खेती गरेकोमा १ लाख ४६ हजार २ सय ८० मेट्रिक टन धान उत्पादन गर्न सकेको छ । तर, त्यही किसानहरुले अघिल्लो वर्ष सोहीअवधिमा ५५ हजार ८ सय ६ हेकटर क्षेत्रफल धान खेती गरेकोमा १ लाख ७९ हजार मेट्रीक टन धान उत्पादन भएको थियो । जुन यस वर्ष भन्दा ५७ करोड १९ लाख ८९ हजार २ सय रुपैयाँभन्दा बढी अर्थात ३२ हजार ७ सय ६० मेट्रिक टन बढी धान उत्पादन देखिन्छ ।
गतवर्ष यस वर्ष क्षेत्रफल घटाएर किसानहरु माछापालन शुरु गरेको, समयमा मल खाद्य नपाएको तथा सिँचाईको अभाव भएकोले यस वर्ष धनुषामा कम धान उत्पादन भएको बागवानी विकास अधिकृत प्रदिपकुमार यादवले बताए । जिल्लामा ७ लाख किसानहरु व्यावसायिक रुपमा धान खेती खेती गरी आर्थिक लाभ लिँदै आएको छ । जिल्लाको १८ पालिकामध्ये गणेशमान चारनाथ नगपालिका, मिथला नगरपालिका, बटेश्वरनाथ नगरपालिका र क्षेश्वरनाथ नगरपालिकाबाहेक १४ स्थानीय तहका किसानहरुले व्यावसायिक रुपमा धान गर्दै आएका छन् ।
धान खेती गर्ने किसानहरुलाई सरकारले ५० प्रतिशत अनुदानमा स्यालो, टयूबेललगायतका कृषिऔजारहरु उपल्बध गराउँदै आएको छ । कृषि विभागले धनुषा जिल्लामा डिजिटल सर्वे गर्दा धेरै ठाउँका किसानहरु आफनो जग्गामा माछा पोखरी खनेकाले धान खेती गर्ने क्षेत्रफलमा कमी आएको छ ।
नेपाल सरकारले सोना मन्सुली धानको खेती गर्न लगाए पनि यो धानले उत्पादन बढी दिने र खाना खान स्वादिलो हुने भएकोले सरकारी प्रतिबन्धको उपेक्षा गर्दै किसानहरु अत्यधिक मात्रामा यो धान नै लगाउने गरेका छन् । यहाँका किसानले उत्पादन गरेको धानबाट वर्ष भरि खाना नपुगने भएकाले भारत माथिको परनिर्भरता बढदै गएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपाल्पामा धान उत्पादन बढेपछि किसान उत्साहित
मंसिर १३, २०८१ बिहिबार
पालिकाद्वारा गाईपालक किसानलाई प्रोत्साहनस्वरुप अनुदान
मंसिर १३, २०८१ बिहिबार
मलको अभाव हुँदा खेती गर्न समस्या
मंसिर १३, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
प्रधानमन्त्री ओलीको चीन भ्रमण स्वीकृत, ८७ सदस्यीय जम्बो टोली जाने
मंसिर १३, २०८१ बिहिबार
दुग्ध विकास संस्थान सुधारको प्रारम्भिक खाका तयार छ: मन्त्री अधिकारी
मंसिर १३, २०८१ बिहिबार
विश्वमा शान्ति फैलाउन बौद्धमार्गीको अतुलनीय योगदान: मन्त्री पाण्डे
मंसिर १३, २०८१ बिहिबार
रास्वपा सभापति लामिछानेलाई काठमाडौं ल्याइयो
मंसिर १३, २०८१ बिहिबार
रूसद्वारा युक्रेनको ऊर्जा ग्रिडमा व्यापक आक्रमणः जेलेन्स्की
मंसिर १३, २०८१ बिहिबार