विदेश जान पाउनुपर्ने मागसहितकाे सन्दीपको रिट न्यायाधीश खतिवडाको इजलासमा
नेपालबहस संवाददाता
फागुन १२, २०७९ शुक्रबार १६:५१:२२
१२ फागुन, काठमाडौं । क्रिकेट प्रतियोगितामा सहभागी हुन यूएई जान पाउनुपर्ने मागसहित सन्दीप लामिछाने दिएको रिट निवेदन सर्वाेच्च अदालतमा न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा पेसी तोकिएको छ ।
उच्च अदालत पाटनले सन्दीपलाई विदेश जान गएको पुष २७ मा प्रतिबन्धसहितको आदेश जारी गरेकामा उक्त प्रतिबन्ध फुकुवाको मागदाबीसहित उनले बिहीबार रिट निवेदन दायर गराएका थिए ।
नाबालिका बलात्कारका अभियुक्त उनलाई जिल्ला अदालत काठमाडौंले थुनामा पठाएकामा पछि उच्च अदालतमा परेको उनको रिटमा पाटनले काठमाडौं छाडन नपाउने गरी २० लाख रुपैया धरौटीमा रिहा गरेको थियो ।
धरौटी बुझाएर फर्किएका पुष २८ मा रिहा भएका सन्दीपलाई क्यानले राष्ट्रिय टिममा फर्काए पनि विदेश लैजान भने सक्ने अवस्था छैन । यही अवस्था चिर्न सन्दीपले सर्वोच्च अदालतको बाटो रोजेका हुन् ।
सन्दीपबिनै नेपाली टोली शनिबार यूएई प्रस्थान गर्ने तयारीमा छ । अहिलेको उनको स्थानमा क्यानले प्रतिक विष्टलाई राखेको छ । सर्वोच्चमा रिटमाथि सुनुवाइ आजै हुँदैछ । सुनुवाइ क्रमिक सूचीमा उनको रिट अन्तिममा परेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवरिष्ठ अधिवक्ता त्रिपाठीविरुद्ध अदालतको अवहेलना गरेको भन्दै सर्वोच्चमा रिट निवेदन दर्ता
माघ ११, २०८१ शुक्रबार
व्यक्ति ठगी मुद्दाका आरोपी अनिल पोखरेलसँग अदालतले माग्यो ५ लाख धरौटी
माघ १०, २०८१ बिहिबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
यातायातमा नयाँ हाकिम: पुराना कर्मचारी फर्किएपछि नक्कली लाइसेन्स छानबिनको फाइल हरायो
माघ ११, २०८१ शुक्रबार
ट्रम्पको सामूहिक निर्वासन अभियान जारी, सयौं आप्रवासी पक्राउ !
माघ ११, २०८१ शुक्रबार
पूर्व उपराष्ट्रपतिलाई राजनीतिमा फर्काउन माओवादीभित्रै दुई धार, प्रचण्ड मौन !
माघ ११, २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा दिवसः स्वच्छ ऊर्जा रूपान्तरणमा नेपालले लिएको बाटो
माघ १२, २०८१ शनिबार
घरदैलोमै पुगेर मृत्यु दर्ता प्रमाणपत्र प्रदान
माघ १२, २०८१ शनिबार
आफैंलाई गोली प्रहार गरेका प्रहरी जवानको उपचारको क्रममा मृत्यु
माघ १२, २०८१ शनिबार
अखिल क्रान्तिकारीमा १३५ जना निर्विरोध भए, अध्यक्षसहित बाँकी पदमा मतदान जारी
माघ १२, २०८१ शनिबार