सांसद अरुण चौधरीले राष्ट्रपति निर्वाचनमा मतदान गर्न पाउने
नेपालबहस संवाददाता
फागुन १२, २०७९ शुक्रबार १७:३९:५०
१२ फागुन, काठमाडौं । राष्ट्रपतिबाट यसै हप्ता आममाफी पाएर जेलमुक्त भएका नागरिक उन्मुक्ति पार्टी (नाउपा)का सांसद अरुणकुमार चौधरीको निलम्बन फुकुवा भएसँगै राष्ट्रपतिको निर्वाचनमा मतदान गर्न पाउने भएका छन् ।
जेल पर्दा सांसद पद निलम्वन गरिएको थियो । रिहाइपछि उनलाई संघीय संसद सचिालयले पठाएको निलम्बन फुकुवा भएकाे पत्र निर्वाचन आयोगमा पुगेसँगै उनको नाम शुक्रबार हुने अन्तिम मतदाता नामावलीमा समावेश गर्ने भएको छ ।
बिहीबार निर्वाचन आयोगमा सांसद चौधरीमाथि संसद्ले गरेको निलम्बन फुकुवाको पत्र पुगेसँगै उनको नाम मतादाता सूचीमा समावेश गरेर अन्तिम नामावली प्रकाशन गरिने आयोगले जनाएको छ ।
सांसद चौधरी कैलाली जिल्ला अदालतको आदेश कार्यान्वयन गराउनका लागि गत माघ १९ गते पक्राउ परेका थिए । तर उनलाई यही फागुन ७ मा प्रजातन्त्र दिवसमा ५० प्रतिशत कैद भुक्तान गरिसकेका र चालचलनमा सवल मानिएका कैदीलाई दिइने आममाफी सूचीमा राखेर रिहाई गरिएको थियो ।
अर्का सांसद महोत्तरी १ बाट निर्वाचित एमालेका सांसद लक्ष्मी महतो कोइरीलाई मतदानमा सहभागी नहुने अडकल गरिएको छ । उनलाई प्रहरीले हत्या अभियोगका फरार सूचीमा राखेर खोजी गरिरहेको छ । संसद सचिवालयले भने उनले उनलाई अहिलेसम्म निलम्वन गर्न सकेको छैन । उनको नाम राष्ट्रपति निर्वाचनको पारम्भिक नामावलीमा समावेश छ ।
फागुन २५ मा हुने राष्ट्रपति निर्वाचनका लागि भोलि शनिबार उम्मेदवारी दर्ता हुँदैछ । मतदाताको अन्तिम नामावली भने आजै सार्वजनिक गर्ने तयारी निर्वाचन आयोगको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअखिल क्रान्तिकारीमा १३५ जना निर्विरोध भए, अध्यक्षसहित बाँकी पदमा मतदान जारी
माघ १२, २०८१ शनिबार
सहकारी ठगी गर्नेकै सम्पत्तिबाट पीडितलाई बचत फिर्ता गराउनुपर्छः प्रवक्ता महत
माघ ११, २०८१ शुक्रबार
दाङ पुगेर प्रचण्डले गरे सहिद परिवारसँग भेटवार्ता
माघ ११, २०८१ शुक्रबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
यातायातमा नयाँ हाकिम: पुराना कर्मचारी फर्किएपछि नक्कली लाइसेन्स छानबिनको फाइल हरायो
माघ ११, २०८१ शुक्रबार
ट्रम्पको सामूहिक निर्वासन अभियान जारी, सयौं आप्रवासी पक्राउ !
माघ ११, २०८१ शुक्रबार
पूर्व उपराष्ट्रपतिलाई राजनीतिमा फर्काउन माओवादीभित्रै दुई धार, प्रचण्ड मौन !
माघ ११, २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा दिवसः स्वच्छ ऊर्जा रूपान्तरणमा नेपालले लिएको बाटो
माघ १२, २०८१ शनिबार
घरदैलोमै पुगेर मृत्यु दर्ता प्रमाणपत्र प्रदान
माघ १२, २०८१ शनिबार
आफैंलाई गोली प्रहार गरेका प्रहरी जवानको उपचारको क्रममा मृत्यु
माघ १२, २०८१ शनिबार
अखिल क्रान्तिकारीमा १३५ जना निर्विरोध भए, अध्यक्षसहित बाँकी पदमा मतदान जारी
माघ १२, २०८१ शनिबार