राजसंस्थाको कल्पनासमेत गर्न सक्दैनौंः मन्त्री मोदी
नेपालबहस संवाददाता
फागुन १२, २०७९ शुक्रबार १९:२४:५५
१२ फागुन, काठमाडौं । सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले मुलुकमा राजसंस्था पुनस्थापनाको कल्पना समेत गर्न नसकिने बताएका छन् । मन्त्री मोदीले आज काठमाडाैंमा आयोजित एक कार्यक्रममा बोल्दै मुलुकमा हजारौंको त्याग र बलिदानले गणतन्त्र स्थापना भएर शासन व्यवसस्था चलिरहेको अवस्थामा सामन्ती व्यक्ति राजा बनेर सामन्ती व्यवस्था लाद्ने राजतन्त्रात्मक प्रणाली अंगिकार गर्ने राजसंस्थाको परिकल्पना गर्न समेत नसकिने बताएका हुन् ।
उनले केही हजार संख्यामा मानिसहरु जुट्ने बित्तिकै राजसंस्था ब्यूतिने सपना नदेख्न पनि चेतावनी दिए । ‘एक दुई हजार मान्छे जम्मा हुँदैमा राजतन्त्र वा राजसंस्था फर्काउन सकिन्छ भन्ने सपना केही मान्छेले देखेका होलान्’ उनले भने, ‘त्यो सपना गणतन्त्रका नेपाली जनताले क्षणभरमै ध्वस्त बनाइदिनेछन् ।’
गणतन्त्र, लोकतन्त्र, धर्म निरपेक्षता, समावेशी, जनयुद्ध दिवस लगायत उप्लब्धिहरु राजतन्त्र फ्याँकिएपछि नै संभव भएको उनको भनाइ छ । उनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई आफ्नो ठाउँमा चुप बस्न आग्रह गर्दै धेरै चलेखल गरे सम्मान समेत नपाउने चेतावनी दिए । उनी माओवादी केन्द्रबाट मन्त्री बनेका हुन् ।
यही फागुन १ गते एमाले सम्वद्ध मेडिकल व्यापारी दुर्गा प्रसाईंले मेची–महाकाली अभियान अन्तर्गत मेची पुलबाट सुरु गरेको कार्यक्रममा पूर्वराजालाई मुख्य अतिथि बनाएरा र उनका छोरा पारस शाह परिवारका सदस्यहरुलाई सहभागी गराएका थिए । त्यसपछि प्रजातन्त्र दिवसका दिन फागुन ७ गते विज्ञप्ति निकालेर उनले दलहरुसँग सहकार्यमा ढिलाइ गर्न नहुने तर्क राखेका थिए । साथै नागरिक र मुलुकमा रहेको समस्यालाई टुलुटुलु हेरिराख्न नसक्ने बताएका थिए ।
वक्तव्यपछि राजनीति दलहरुबाट ज्ञानेन्द्रमाथि निरन्तर शब्दवाण प्रहार भइरहेको छ । यद्यपि संसद र सरकारमा राजसंस्थाको पुस्थापनाको मुख्य एजेण्डा बोकेका राप्रपाका सांसद र मन्त्री सहभागी छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअखिल क्रान्तिकारीमा १३५ जना निर्विरोध भए, अध्यक्षसहित बाँकी पदमा मतदान जारी
माघ १२, २०८१ शनिबार
सहकारी ठगी गर्नेकै सम्पत्तिबाट पीडितलाई बचत फिर्ता गराउनुपर्छः प्रवक्ता महत
माघ ११, २०८१ शुक्रबार
दाङ पुगेर प्रचण्डले गरे सहिद परिवारसँग भेटवार्ता
माघ ११, २०८१ शुक्रबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
यातायातमा नयाँ हाकिम: पुराना कर्मचारी फर्किएपछि नक्कली लाइसेन्स छानबिनको फाइल हरायो
माघ ११, २०८१ शुक्रबार
ट्रम्पको सामूहिक निर्वासन अभियान जारी, सयौं आप्रवासी पक्राउ !
माघ ११, २०८१ शुक्रबार
पर्सामा राष्ट्रिय एकता अभियानको कार्यालय स्थापना, चिनियाँ विस्तारवादको कडा आलोचना
माघ ११, २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा दिवसः स्वच्छ ऊर्जा रूपान्तरणमा नेपालले लिएको बाटो
माघ १२, २०८१ शनिबार
घरदैलोमै पुगेर मृत्यु दर्ता प्रमाणपत्र प्रदान
माघ १२, २०८१ शनिबार
आफैंलाई गोली प्रहार गरेका प्रहरी जवानको उपचारको क्रममा मृत्यु
माघ १२, २०८१ शनिबार