सरकार १ हजारमा बनेको पासपोर्ट २० हजार रुपैयाँ बेचिरहेको छ : सांसद खतिवडा
नेपालबहस संवाददाता
फागुन १२, २०७९ शुक्रबार २१:३५:२३
१२ फागुन, काठमाडौं । सांसद रामहरि खतिवडाले सरकारले सर्वसाधारण नागरिकलाई सरकारले महंगो मूल्यमा राहदानी (पासपोर्ट) बिक्री गरिरहेको भन्दै मूल्य घटाउन माग गरेका छन् ।
प्रतिनिधिसभाको बुधबार बसेको बैठकको विशेष समयमा बोल्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका सांसद खतिवडाले एक हजार रुपैयाँमा छपाइ गरिएको पासपोर्ट विदेशमा काम गरेर देशभित्र रेमिट्यान्स पठाउन नागरिकलाई १० हजार रुपैयाँ बिक्री गरिरहेको देख्दा दुःख लागेको बताए ।
‘छपाई लागत १० डलर १५ सेन्ट अर्थात १ हजार ४३ रुपैयाँ रहेको पासपोर्ट सर्वसाधारणलाई १० हजारदेखि २० रुपैयाँमा सरकारले बेचेर लुट मच्चाइरहेको छ’ उनले भने, ‘यसको मूल्य तत्काल घटाउन सरकारसँग माग गर्दछु ।’
उनले आफूले रातो पासपोर्ट लिएको बताउँदै पासपोर्ट लिँदा कुनै शुल्क तिर्न नपरेको देख्दा २० हजार रुपैयाँ तिरेर पासपोर्ट लिइरहेका जनताका छोराछारीलाई सम्झिँदा निकै दुःख लागेको बताए । रातो, निलो, हरियो सबै पासपोर्टमा पैसा लिनुपर्ने व्यवस्था उनले माग गरे ।
‘गरिब नागरिकले चाहिं हरियो रंगको पासपोर्ट लिँदा पैसा तिर्नुपर्ने अनि रातो पासपोर्ट बोक्ने राष्ट्रपति, मन्त्री, सभामुख, सांसदले चाहिं राज्यलाई पैसा तिर्न नपर्ने यो कस्तो व्यवस्था बनायौ ?’ उनले भने, ‘हरेक वर्ष १५ लाख वटा हरियो पासपोर्ट छपाउने गरिएको सूचना छ, त्यसैलाई बेचेर वार्षिक २४ अर्ब रुपैयाँ पैसा उठाउने गरिएको छ ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअखिल क्रान्तिकारीमा १३५ जना निर्विरोध भए, अध्यक्षसहित बाँकी पदमा मतदान जारी
माघ १२, २०८१ शनिबार
सहकारी ठगी गर्नेकै सम्पत्तिबाट पीडितलाई बचत फिर्ता गराउनुपर्छः प्रवक्ता महत
माघ ११, २०८१ शुक्रबार
दाङ पुगेर प्रचण्डले गरे सहिद परिवारसँग भेटवार्ता
माघ ११, २०८१ शुक्रबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
यातायातमा नयाँ हाकिम: पुराना कर्मचारी फर्किएपछि नक्कली लाइसेन्स छानबिनको फाइल हरायो
माघ ११, २०८१ शुक्रबार
ट्रम्पको सामूहिक निर्वासन अभियान जारी, सयौं आप्रवासी पक्राउ !
माघ ११, २०८१ शुक्रबार
पूर्व उपराष्ट्रपतिलाई राजनीतिमा फर्काउन माओवादीभित्रै दुई धार, प्रचण्ड मौन !
माघ ११, २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा दिवसः स्वच्छ ऊर्जा रूपान्तरणमा नेपालले लिएको बाटो
माघ १२, २०८१ शनिबार
घरदैलोमै पुगेर मृत्यु दर्ता प्रमाणपत्र प्रदान
माघ १२, २०८१ शनिबार
आफैंलाई गोली प्रहार गरेका प्रहरी जवानको उपचारको क्रममा मृत्यु
माघ १२, २०८१ शनिबार
अखिल क्रान्तिकारीमा १३५ जना निर्विरोध भए, अध्यक्षसहित बाँकी पदमा मतदान जारी
माघ १२, २०८१ शनिबार