राष्ट्रपति एमालेको हुन्छ भन्ने कुरा पुष १० मै टुंगो लगाएका हौं : अध्यक्ष ओली
नेपालबहस संवाददाता
फागुन १२, २०७९ शुक्रबार २२:३:५५
१२ फागुन, काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपनि एमालेबाटै बन्ने दाबी दोहो्याएका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकबाट बाहिरिने क्रममा संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष ओलीले गत पुष १० गते नै राष्ट्रपति एमालेले पाउने कुरा टुंगो लागिसकेको बताए ।
उनले राष्ट्रपतिबारे थप घटनाक्रम थाहा नभएको बताए । उनले पुष १० मा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री नियुक्त हुँदा बखतनै राष्ट्रपति एमालेले लिने सहमति भइसकेको भन्ने एमालेले गर्दै आइरहेको विषयलाई दोहोर्याए ।
ओलीले पछिल्लोे समय एमालेका नभई एमालेले उठाउने उम्मेदवार नै राष्ट्रपति बन्ने बताउँदै आएका छन् । उनले पार्टीका नेता सुवास नेम्वाङको नाम ‘शिफ्ट’ गरेर एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको नाम लिएका छन् ।
तर प्रधानमन्त्री प्रचण्ड भने एकीकृत समाजवादी, जसपालाई लिएर कांग्रेससँग राष्ट्रपति पदका लागि छलफल दुई पक्ष, बहुपक्षीय वार्ता चलाइरहेका छन् ।
यसैबीच शुक्रबार नै संसद् बैठकपछि अध्यक्ष ओली र प्रधानमन्त्री प्रचण्डबीच वार्ता हुने भएको छ । माओवादी केन्द्रले पूर्वसहमति अनुसार राष्ट्रपतिमा एमालेलाई समर्थन नगरे सरकारबाट बाहिरिने एमालेका नेताहरुले बताइरहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसहकारी ठगी गर्नेकै सम्पत्तिबाट पीडितलाई बचत फिर्ता गराउनुपर्छः प्रवक्ता महत
माघ ११, २०८१ शुक्रबार
दाङ पुगेर प्रचण्डले गरे सहिद परिवारसँग भेटवार्ता
माघ ११, २०८१ शुक्रबार
प्रचण्डको प्रधानमन्त्री ओलीलाई चुनौती, सक्छौ भने मैले जस्तै आफूमाथि कारबाही गरेर देखाउ
माघ ११, २०८१ शुक्रबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
यातायातमा नयाँ हाकिम: पुराना कर्मचारी फर्किएपछि नक्कली लाइसेन्स छानबिनको फाइल हरायो
माघ ११, २०८१ शुक्रबार
ट्रम्पको सामूहिक निर्वासन अभियान जारी, सयौं आप्रवासी पक्राउ !
माघ ११, २०८१ शुक्रबार
पूर्व उपराष्ट्रपतिलाई राजनीतिमा फर्काउन माओवादीभित्रै दुई धार, प्रचण्ड मौन !
माघ ११, २०८१ शुक्रबार
नेपाल प्रहरीका ३७ डीएसपी एसपीमा बढुवा सिफारिस (सूचीसहित)
माघ १२, २०८१ शनिबार
अमेरिकामा धमाधम पक्राउ पर्दै आप्रावासी, सैन्य विमानबाट देश निकाला गरिँदै
माघ १२, २०८१ शनिबार
दोस्रो पटक बन्दी रिहा गर्दै हमास, आज छुट्नेछन् यी चार जना
माघ १२, २०८१ शनिबार
एसएसपी सरुवा: काठमाडौंमा विश्व अधिकारी, अपराध अनुसन्धानमा रमेश बस्नेत
माघ १२, २०८१ शनिबार
कोशी र मधेस प्रदेशमा मन्द शीतलहर
माघ १२, २०८१ शनिबार
अमेरिकी डलरको भाउ घट्यो
माघ १२, २०८१ शनिबार