प्रतिनिधिसभा बैठकः गणपूरक संख्या नपुग्दा विधेयक निर्णायर्थ प्रस्तुत भएन, अर्को बैठक फागुन १५ मा
नेपालबहस संवाददाता
फागुन १२, २०७९ शुक्रबार २३:४०:९
१२ फागुन, काठमाडौं । प्रतिनिधिसभाको बैठक फागुन १५ गते सम्मका लागि स्थगित भएको छ । शुक्रबार बसेको बैठकमा सांसदहरुले शून्य र विशेषमा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए ।
सोही बैठकमा सरकारको प्रधानमन्त्री प्रचण्डको तर्फबाट संचारमन्त्री रेखा शर्माले राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त ‘अनुगमन तथा मूल्यांकन विधयेक २०७८’ छलफलका पेस गरिन् ।
पेसपछि प्रदीप पौडेल संजय गौतम लगायत १३ जनना सांसदहरुले सुझावसहित धारणा राखे । सांसदहरुले राखेका धारणा र उठाएका प्रश्नको जवाफ मन्त्री शर्माले दिइन् । जवाफ दिने क्रम सकेपछि बैठकमा गणपूरक सदस्यहरुको उपस्थिति नरहेपछि सभामुख देवराज घिमिरेले नियमावलीअनुसार विधेयक प्रस्तुत गर्न नमिल्ने भन्दै बैठक स्थगित गरेका छन् ।
अर्को बैठक यही फागुन १५ गते दिउँसो २ बजे बस्ने गरी स्थगित गरिएको जानकारी दिए । बैठकमा ५० जनाभन्दा कम सदस्य उपस्थित रहेकाे भन्दै विधेयक निर्णायर्थ प्रस्तुत नगरिएकाे हाे । प्रस्तुतका लागि कूल संख्या २७५ एक चाैथाइ आवश्यक पर्छ । बैठकमा गणपूरक सख्या भए नभएको यकिन गर्न ३ मिनेट जनाउ घण्टी बजाइएको थियो ।
बैठकमा सरकारका २ जना मात्र मन्त्री बैठकमा सहभागी थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसहकारी ठगी गर्नेकै सम्पत्तिबाट पीडितलाई बचत फिर्ता गराउनुपर्छः प्रवक्ता महत
माघ ११, २०८१ शुक्रबार
दाङ पुगेर प्रचण्डले गरे सहिद परिवारसँग भेटवार्ता
माघ ११, २०८१ शुक्रबार
प्रचण्डको प्रधानमन्त्री ओलीलाई चुनौती, सक्छौ भने मैले जस्तै आफूमाथि कारबाही गरेर देखाउ
माघ ११, २०८१ शुक्रबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
यातायातमा नयाँ हाकिम: पुराना कर्मचारी फर्किएपछि नक्कली लाइसेन्स छानबिनको फाइल हरायो
माघ ११, २०८१ शुक्रबार
ट्रम्पको सामूहिक निर्वासन अभियान जारी, सयौं आप्रवासी पक्राउ !
माघ ११, २०८१ शुक्रबार
पूर्व उपराष्ट्रपतिलाई राजनीतिमा फर्काउन माओवादीभित्रै दुई धार, प्रचण्ड मौन !
माघ ११, २०८१ शुक्रबार
केही जिल्लाका प्रमुखसहित १७ एसपीको सरुवा, पर्सामा मिश्र, बारामा तामाङ
माघ १२, २०८१ शनिबार
नेपाल प्रहरीका ३७ डीएसपी एसपीमा बढुवा सिफारिस (सूचीसहित)
माघ १२, २०८१ शनिबार
अमेरिकामा धमाधम पक्राउ पर्दै आप्रावासी, सैन्य विमानबाट देश निकाला गरिँदै
माघ १२, २०८१ शनिबार
दोस्रो पटक बन्दी रिहा गर्दै हमास, आज छुट्नेछन् यी चार जना
माघ १२, २०८१ शनिबार
एसएसपी सरुवा: काठमाडौंमा विश्व अधिकारी, अपराध अनुसन्धानमा रमेश बस्नेत
माघ १२, २०८१ शनिबार
कोशी र मधेस प्रदेशमा मन्द शीतलहर
माघ १२, २०८१ शनिबार