महिला फुटबलको ओलम्पिक छनोटको समूह ‘सी’का खेल नेपालमा हुने
नेपालबहस संवाददाता
फागुन १४, २०७९ आइतबार १७:५८:१
१४ फागुन, काठमाडौं । ‘पेरिस ओलम्पिक–२०२४’ अन्तर्गत महिला फुटबलको एसिया छनोट नेपालमा आयोजना हुने भएको छ । एसिया छनोटको पहिलो चरणअन्तर्गत समूह ‘सी’ को छनोट खेलहरु नेपालमा आयोजना हुने भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले आइतबार एसिया क्षेत्रको छनोटअन्तर्गत समूह ‘सी’ को छनोट नेपालमा हुने जानकारी दिएको छ ।
समूह ‘सी’ मा नेपालसँगै भियतनाम, प्यालेस्टाइन र अफगानिस्तान थिए । तर प्यालेस्टाइनले भने नाम फिर्ता लिएकोले यस समूहमा ३ टिम मात्र रहेको एन्फाले जनाएको छ । अब नेपालले भियतनाम र अफगानिस्तानसँग मनत्र खेल्नुपर्नेछ ।
छनोटको पहिलो चरणका खेलहरु आगामी अप्रिल ३ देखि ११ तारिखसम्म हुनेछ । पहिलो चरणको छनोटमा २६ टोलीलाई ७ समूहमा विभाजन गरिएको छ । हरेक समूहको शीर्ष टोली दोस्रो चरणमा पुग्नेछन् ।
उत्तर कोरिया, अष्ट्रेलिया, चीन, जापान र दक्षिण कोरिया भने सिधै दोस्रो चरणमा खेल्नेछन् । यी पाँच टिम र पहिलो चरणका ७ गरी १२ टिमलाई दोस्रो चरणमा तीन समूहमा विभाजन गरिनेछ ।
जसका तीन समूहको विजेता र एवम् उत्कृष्ट उपविजेता तेस्रो चरणमा पुग्नेछन् । त्यसबाट शीर्ष दुई टोली पेरिस ओलम्पिक २०२४ मा छनोट हुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवेस्टह्याम युनाइटेडको नयाँ प्रशिक्षकमा ग्राहम पोर्टर
पुष २५, २०८१ बिहिबार
सभापति कप राष्ट्रिय फुटबल प्रतियोगिता आगामी माघमा हुने
पुष १८, २०८१ बिहिबार
फुटबलः चर्च ब्वाइज विजयी
पुष १२, २०८१ शुक्रबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
जोमसोमको पुरानो झोलुङ्गे पुल
पुष २६, २०८१ शुक्रबार
विश्वकप खेल्ने यू–१९ महिला क्रिकेट टिमको बिदाई
पुष २६, २०८१ शुक्रबार
पुटिनसँग भेटवार्ताको चाँजोपाँजो मिलाइरहेको ट्रम्पको दाबी
पुष २६, २०८१ शुक्रबार
पाँच महिनामा देशभरबाट पाँच हजार आठ सय बढी फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार
लस एन्जलसमा फैलिएको भीषण डढेलोमा परी १० जनाको मृत्य
पुष २६, २०८१ शुक्रबार
खाद्य गोदामबाट चामल वितरण सुरु भएसँगै नागरिकलाई सहज
पुष २६, २०८१ शुक्रबार