अविश्वास संकटले महत्वपूर्ण अवसर चुकाएका माधव नेपाल
नेपालबहस संवाददाता
फागुन १४, २०७९ आइतबार १९:२९:१७
१४ फागुन, काठमाडौं । संसदमा सातौ दलको हैसियतमा रहेको नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले एउटा महत्वपूर्ण अवसर चुकाएका छन् । राष्ट्रिय पार्टी नभएको र पछिल्लो पटक एमालेले दलको मान्यता दिएर पार्टी एकिकरणसहित राष्ट्रपतिमा गरेको प्रस्तावलाई अस्वीकार गर्दा मुलुकको चौथो कार्यकालका लागि तेस्रो व्यक्ति राष्ट्रपति हुनबाट चुकेका हुन् ।
एमालेका केही सांसदले मत हाल्दैनन भन्ने गलत सूचनालाई आधार मान्दा उनी राष्ट्रपति हुनबाट बञ्चित भए । करिब करिब दुई वर्ष यता केपी ओली र माधव नेपालवीच अछुतकै जस्तो व्यवहार थियो । एकले अर्कालाई तथानाम गाली गरेर नथाक्ने यी नेताहरुबीच एकल भेटघाटको वातावरण बनाउने प्रयास जारी भएपनि संभव भएको थिएन । तर यही बीचमा एमाले अध्यक्ष ओलीले नेपाललाई राष्ट्रपतिमा प्रस्ताव गरिदिए । मंसिर ४ को निर्वाचनले दुवै नेताहरुलाई एक प्रकारले कोर्स करेक्सनको दिशामा उन्मुख गराएपनि दुवै नेताहरु उपयुक्त समयको खोजीमा रहेका बेला ओलीले नेपाललाई राष्ट्रपतिको प्रस्ताव गर्दा एकले अर्कालाई विश्वास नै गर्न सकेनन ।
विगतदेखिनै एमालेका नेताहरूले नेपाललगायत नेताहरूलाई भेटेर दुई पार्टीलाई मिलाउने प्रयास थालेका थिए । एमालेका उपाध्यक्षहरू विष्णु पौडेल र सुवास नेम्वाङ, उपमहासचिव पृथ्वी सुब्बा गुरुङ, पोलिटब्युरो सदस्य महेश बस्नेतलगायत नेताहरूले नेपालसँग भेटघाट गरी नेकपा एसका नेताहरूलाई पुरानो घरमा फर्कन आग्रह गर्दै एकताको प्रयास थालेपनि नेपाल र ओली भेटघाट हुने वातावरण तयार भएको थिएन । मंसिर ४ मा निर्वाचन सम्पन्न भएपछि नै नेता नेपालसँग निरन्तर भेटघाट गरिरहेका एमालेका नेताहरूले संवाद सकारात्मक दिशातर्फ उन्मुख भएको बताएका थिए ।
तर अचानक ६ फागुन २०७९ एकीकृत समाजवादीका सांसद कृष्णकुमार (किसान) श्रेष्ठको महाराजगञ्जस्थित निवासमा लामो संवाद गरेर एमाले अध्यक्ष ओलीले र नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालसँग संवाद गरे । राष्ट्रपतिको उम्मेदवार र एमाले–नेकपा एस एकतामा केन्द्रित संवादमा ओलीले अध्यक्ष नेपाललाई राष्ट्रपतिको उम्मेदवार प्रस्ताव मात्रै गरेका थिएनन उनले पार्टी एकिकरणसम्मको प्रस्ताव गरेका थिए । ‘राष्ट्रपति बन्नुस मेरो तर्फबाट पूरापूर सहयोग हुन्छ’, ओलीले भनेका थिए । तर माधव नेपालले त्यसलाई ख्याल ख्याल सम्झे । ओलीले त्यसयता निरन्तर चार पटक संवाद गरे । तर माधव नेपालले आफूलाई राष्ट्रपतिका लागि तयार राख्न सकेनन । दुई पार्टी एकताको शर्तसहितको म्मेदवार प्रस्तावले अध्यक्ष नेपाल आश्वस्त भने भएका थिएनन् । तर, राष्ट्रपति हुन सक्ने आसमा राजनीतिक दौडको चाहना भने बढाएपनि त्यसलाई कामय राख्न सकेनन ।
१० फागुन माओवादी केन्द्र, जसपा र नेकपा एसको बैठकमा मात्र होइन, ११ फागुनमा बालुवाटारमा कांग्रेससहितको बैठकमा पनि नेपालले दाबी गरेर निर्णय पनि गराए तर माओवादीका अध्यक्ष प्रचण्डले त्यसलाई कायम राख्न सकेनन । ओलीले प्रस्ताव गर्नुअघि नै माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अध्यक्ष नेपाललाई राष्ट्रपतिको आश्वासन दिएपनि पछिल्लो दिनमा प्रचण्डले नेपाललाई राष्ट्रपति बनाउन अरुची प्रकट गरे ।
शुक्रबार दिउसो एमाले अध्यक्ष ओलीले जसपा र माधव नेपाललाई मिलाउने मेरो जिम्मा भयो यही माधव नेपाल र उपेन्द्र यादवलाई बोलाएर कुरा गरौ भन्दा प्रचण्ड तयार भएनन । ‘माधव नेपालले प्रचण्डलाई कन्भिन्स गर्न सकेनन, प्रचण्डले माधव नेपाललाई कन्भिन्स गरिदिए’, वालुवाटार निकट स्रोतले भन्यो ‘एमालेले राष्ट्रपति पाएमा संविधानको धारा ७६को उपधारा ३ लाई कसरी उपयोग गर्न सकिन्छ भन्ने ओलीलाई राम्रोसँग थाह त्यसकारण अहिले नै ओलीले प्रस्ताव गरेका व्यक्तिलाई राष्ट्रपति बनाउनु भनेको प्रचण्डको प्रधानमन्त्री असुरक्षित हुनु हो ।’
संविधानको धारा ७६को उपधारा तीनमा प्रतिनिधि सभाको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले तीस दिनभित्र उपधारा (२) बमोजिम प्रधानमन्त्री नियुक्ति हुन सक्ने अवस्था नभएमा वा त्यसरी नियुक्त प्रधानमन्त्रीले उपधारा (४) बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेमा राष्ट्रपतिले प्रतिनिधि सभामा सबैभन्दा बढी सदस्यहरू भएको दलको संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्नेछ भन्ने प्राब्धान छ । ओलीले माधव नेपाललाई राष्ट्रपति बनाएर नेकपा एसका सांसदलाई एमालेमा मिसाएर ठूलो दल बनेमा आफ्नो प्रधानमन्त्री पद जान्छ भन्ने भयले नेपाललाई राष्ट्रपति हुनबाट वञ्चित गराइदिए । शुक्रबार मध्येरातसम्ममा नेता नेपाललाई राष्ट्रपति उम्मेदवार बनाउने एमालेले निकै प्रयास गरेको थियो ।
माओवादी केन्द्र, जसपासमेतलाई विश्वासमा लिएर छलफल गर्ने वातावरणको प्रयास पनि भएको थियो । तर माधव नेपाल आफै तनयार नभएपछि ओली अर्को रणनीतितर्फ उन्मुख भए । सबै दललाई पत्रचार गर्ने त्यसमा पनि एसलाई विशेष प्राथमिकता दिने रणनीतिमा उन्मुख भए । सोही अनुसार अहिले अन्य दललाई जस्तै एसलाई पनि पत्रचार गरेका छन् । यसको अर्थ एस पार्टीका सांसदले राष्ट्रपतिमा कांग्रेसलाई मतदान गरेपनि पार्टी एकताको आधार तय गर्ने र ओली–नेपालबीचको सम्बन्ध सुधार गर्ने नै हो । स्रोतका अनुसार जतिबेला बालुवाटारमा ओली–प्रचण्ड निर्णायक छलफल भइरहेको थियो, त्यतिबेला माधव नेपाल र उपेन्द्र यादवलाई पनि बोलाउने प्रयास भएको थियो ।
‘बालुवाटारमा भइरहेको ओली–प्रचण्ड निर्णायक छलफलमा सहभागी हुन राजी भएका नेपाल र यादव पनि एकै स्थानमा थिए । उनीहरूलाई बोलाउन ओली–प्रचण्डसम्म सूचना पनि पु¥याइएको थियो । उक्त सूचना पाएपछि ओलीले बोलाउन प्रस्ताव गरे पनि प्रचण्डले अहिले नबोलाऔँ भने,’ स्रोतले भन्यो । यो छलफलबारे जानकार स्रोतका अनुसार ती चार नेताहरूबीच ओलीले नेपाललाई राष्ट्रपतिको उम्मेदवार प्रस्ताव गर्ने तयारी पनि गरेका थिए । तर, प्रचण्डले त्यो वातावरण हुनै दिएनन् । ओलीले यादवसँग लामो संवाद गरेर नेपाललाई राष्ट्रपति र उपराष्ट्रपति जसपालाई बनाउने बताइसकेका थिए । सम्भावित गठबन्धनकै विषयमा १० फागुनमा ओली–यादवबीच संवाद भएको थियो । ओलीले नै जसपालाई उपराष्ट्रपति दिने गरी मनाएका थिए । त्यही कार्ड उपेन्द्र यादवले आठ दलीय गठबन्धनमा फ्याके ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
पुष २२, २०८१ सोमबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
विद्युत् चुहावट १२.७३ प्रतिशतले घट्यो, प्राधिकरण ४७ अर्ब नाफामा
पुष २७, २०८१ शनिबार
५ महिनामा ६ खर्ब ४० अर्ब ४३ करोड विप्रेषण भित्रियो
पुष २७, २०८१ शनिबार
‘आँखा उपचार गर्न विदेश जानुपर्दैन, विदेशी नै नेपाल आउन थालेका छन् ’
पुष २७, २०८१ शनिबार
काठमाडौंका यी स्थानमा आज विद्युत कटौती हुने
पुष २७, २०८१ शनिबार
दुम्किबासमा पुल भाँचिएर रोकिएका सवारी वैकल्पिक मार्गबाट सञ्चालन
पुष २७, २०८१ शनिबार
विश्वकप खेल्ने यू–१९ महिला क्रिकेट टोली आज मलेसिया जाँदै
पुष २७, २०८१ शनिबार