ढाँट्न र छक्काउन अप्ठ्यारो नमान्ने प्रचण्डकाे असली चरित्र उदांगो : ओली
नेपालबहस संवाददाता
फागुन १४, २०७९ आइतबार २२:२:८
१४ फागुन, काठमाडौं । सरकारका प्रमुख घटक नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धोका दिएको आरोप लगाएका छन् । आइतबार काठमाडौंमा विभिन्न आन्दोलनका घाइते, बेपत्ता तथा सहिद परिवारको सम्मानमा आयोजित कार्यक्रममा ओलीले देश, जनता र सहयोद्धालाई धोका दिएका प्रधानमन्त्री एवम माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यसपटक आफूलाई पनि धोका दिएर असली चरित्र देखाएको बताए ।
‘उहाँले जनतालाई धोका दिनुभयो, सहयोद्धालाई धोका दिनुभयो, आफूलाई त्यस ठाउँमा पुर्याउनेलाई धोका दिनुभयो, हुँदाहुँदा मलाई समेत धोका दिनुभयो’ अध्यक्ष ओलीले भने । उनले प्रचण्डले ढाँट्न र छक्काउन अप्ठ्यारो नमान्ने गरेको बताउँदै यो पटक असली चरित्र उदांगो भएको उनको भनाइ थियो ।
‘उहाँ एकथोक भाषा बोल्नुहुन्छ, गर्नेबेला अर्थोकै गर्नुहुन्छ’ ओलीले थप भने, ‘दाहिनेपट्टि निशाना लगाउन बायाँपट्टि हेर्नुहुन्छ ।’ उनले प्रचण्डलाई राम्रोसँग चिनेकाले आफू नझुक्किएको ओलीको दाबी गरे । जनताका समस्या अधिकतम समाधान गर्नेगरी न्यूनतम साझा कार्यक्रम बनाएर अघि बढ्न भइरहेको उच्चतम प्रयास प्रचण्डकै कारण असफल भएको उनले बताए ।
एमालेसहित ७ दलको समर्थनमा गएको पुष १० मा प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्ड फागुन २५ मा हुने राष्ट्रपति निर्वाचनका क्रममा सरकार बाहिर रहेका नेपाली कांग्रेसबाट उठाउन गुरुयोजना बनाएपछि प्रधानमन्त्री प्रचण्ड र ओलीबीच दरार पैदा भएको छ । सत्ता साझेदार दलहरुको गठबन्धन नराम्ररी भत्किन पुगेको छ । अहिले संसदको सबैभन्दा ठूलो दल कांग्रेसहित ८ दलीय गठबन्धन बनेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअखिल क्रान्तिकारीमा १३५ जना निर्विरोध भए, अध्यक्षसहित बाँकी पदमा मतदान जारी
माघ १२, २०८१ शनिबार
सहकारी ठगी गर्नेकै सम्पत्तिबाट पीडितलाई बचत फिर्ता गराउनुपर्छः प्रवक्ता महत
माघ ११, २०८१ शुक्रबार
दाङ पुगेर प्रचण्डले गरे सहिद परिवारसँग भेटवार्ता
माघ ११, २०८१ शुक्रबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
यातायातमा नयाँ हाकिम: पुराना कर्मचारी फर्किएपछि नक्कली लाइसेन्स छानबिनको फाइल हरायो
माघ ११, २०८१ शुक्रबार
ट्रम्पको सामूहिक निर्वासन अभियान जारी, सयौं आप्रवासी पक्राउ !
माघ ११, २०८१ शुक्रबार
पर्सामा राष्ट्रिय एकता अभियानको कार्यालय स्थापना, चिनियाँ विस्तारवादको कडा आलोचना
माघ ११, २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा दिवसः स्वच्छ ऊर्जा रूपान्तरणमा नेपालले लिएको बाटो
माघ १२, २०८१ शनिबार
घरदैलोमै पुगेर मृत्यु दर्ता प्रमाणपत्र प्रदान
माघ १२, २०८१ शनिबार
आफैंलाई गोली प्रहार गरेका प्रहरी जवानको उपचारको क्रममा मृत्यु
माघ १२, २०८१ शनिबार