जेल बसेको १ वर्षपछि निर्दोष ठहर भएका अभिनेता पल शाह रिहा
नेपालबहस संवाददाता
फागुन १५, २०७९ सोमबार १७:४०:४९
१५ फागुन, तनहुँ । एक नाबालिकामाथि बलात्कार गरेको आरोपमा मुद्दा पुर्पक्षका लागि एक वर्षदेखि तनहुँ जेलमा रहेका पल शाह अभिनेता ‘पूर्णविक्रम शाह’ अर्थात सोमबार रिहा भएका छन् । जिल्ला अदालत नवलपुरले नाबालिकामाथि यौन दूर्व्यवहार कसुरमा दाेषी ठहर गरी उनलाई मुद्दा पुर्पक्षका लागि जेल चलान गरेको थियो ।
जिल्ला अदालतको आदेश बदरको माग गर्दै उच्च अदालत पोखरामा दिएको रिट निवेदनमाथि सुनुवाइ गर्दै आइतबार उच्चले निर्दोष ठहर गर्दै उनलाई तत्काल जेलमुक्त (थुनुवामुक्त) गर्न आदेश दिएको थियो । रिहाई आदेशको भोलिपल्ट उनी तनहुँ कारागारबाट आज बिहान रिहा भएका हुन् । उनलाई तनहुँ जिल्लामा भएको अर्को एक किशोरीमाथि बलात्कारको मुद्दामा उनले गएको माघ २ गते नै सफाइ पाइसकेका थिए ।
उनीविरुद्ध सुरुमा तनहुँ र दोस्रोमा नवलपुर जिल्ला अदालतमा बलात्कारको मुद्दा परेको थियो । सुरुमा उनलाई तनहुँ प्रहरीले पक्राउ मुद्दा चलाएको थियो । सो मुद्दामा उनलाई जिल्ला अदालत तनहूँले पुर्पक्षका लागि जेल पठाउन आदेश दिएको थियो । सो आदेशविरुद्ध उनले पोखरा उच्चमा गरेको पुनरावेदन रिटमा भएको सुनुवाईपछि माघ २ मा सफाइ दिइएको थियो ।
तर नवलपुरको आदेशलाई उनलाई बलात्कार कसुरमा नभई बलात्कारको आशयले यौन दुव्र्यवहार गरेको कसुरमा ठहर गरेर २ वर्ष कैद र पीडितलाई १० रुपैयाँ क्षतिपूर्ति भराउने आदेश दिएका कारण उनी तनहूँ जेलमा रहँदै आएको बेला सो आदेशको बदरको माग गर्दै पोखरा उच्चमा दिएको पुनरावेदन रिटमाथि संयुक्त इजलासमा सुनुवाइपश्चात निर्दोष ठहरको फैसला भएको थियो । सोही अनुरुप उनी रिहा भएका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवरिष्ठ अधिवक्ता त्रिपाठीविरुद्ध अदालतको अवहेलना गरेको भन्दै सर्वोच्चमा रिट निवेदन दर्ता
माघ ११, २०८१ शुक्रबार
व्यक्ति ठगी मुद्दाका आरोपी अनिल पोखरेलसँग अदालतले माग्यो ५ लाख धरौटी
माघ १०, २०८१ बिहिबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
यातायातमा नयाँ हाकिम: पुराना कर्मचारी फर्किएपछि नक्कली लाइसेन्स छानबिनको फाइल हरायो
माघ ११, २०८१ शुक्रबार
ट्रम्पको सामूहिक निर्वासन अभियान जारी, सयौं आप्रवासी पक्राउ !
माघ ११, २०८१ शुक्रबार
पूर्व उपराष्ट्रपतिलाई राजनीतिमा फर्काउन माओवादीभित्रै दुई धार, प्रचण्ड मौन !
माघ ११, २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा दिवसः स्वच्छ ऊर्जा रूपान्तरणमा नेपालले लिएको बाटो
माघ १२, २०८१ शनिबार
घरदैलोमै पुगेर मृत्यु दर्ता प्रमाणपत्र प्रदान
माघ १२, २०८१ शनिबार
आफैंलाई गोली प्रहार गरेका प्रहरी जवानको उपचारको क्रममा मृत्यु
माघ १२, २०८१ शनिबार
अखिल क्रान्तिकारीमा १३५ जना निर्विरोध भए, अध्यक्षसहित बाँकी पदमा मतदान जारी
माघ १२, २०८१ शनिबार