दुषित खानेकुरा खुवाउने सिंहदरबारभित्रका क्यान्टिन संचालक भट्टराईलाई ३ लाख जरिवाना
नेपालबहस संवाददाता
फागुन १५, २०७९ सोमबार १८:८:५३
१५ फागुन, काठमाडाैं । मुलुकभित्र सुशासन कायम गर्ने, नागरिकलाई स्वच्छ खानेकुरा खुवाउने र गलत नियतले दुषित वा कुहिएको खानेकुराको अनुगमन तथा त्यस्ता वस्तु खुवाउनेमाथि कारबाहीको जिम्मेवारी पाएर थुप्रै मन्त्रालयको मुख्यालय रहेका मुख्य प्रशासनिक केन्द्र सिंहदरबारभित्र दुषित खानेकुरा खुवाउने धन्दा चल्दाेरहेछ भन्दा पत्यार नलाग्न सक्छ, तर सत्य घटना यही भएको छ । र, दुषित खानेकुरा खुवाउने सिंहदरबारभित्र रहेको केन्द्रीय क्यान्टिनका संचालकमाथि जरिवाना कारबाही गरेको छ ।
सिंहदरबारभित्र संचालित केन्द्रीय क्यान्टिनमा चलाइने खानेकुरामाथि अनुगमन र परीक्षणका क्रममा दोषी पाइएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जरिवाना कारबाही गरेको छ ।
आइतबार गरेको अनुगमनमा क्यान्टिनमा खानयोग्य अवधि सकिएका र म्याद सकिएका मसला तथा दुग्धजन्य पदार्थ भेटिएको थियो । विभागका बजार निरीक्षण अधिकृत टोलीले अनुगमन गर्दा क्यान्टिनमा दुर्गन्धित मासु, तरकारी र दूधजन्य वस्तु फेला परेको र खान योग्य नभएका सबै चिजबिज तत्काल नष्ट गरिएको थियो ।
अनुगमनबाट क्यान्टिन संचालकले अखाद्यय (खान नमिल्ने) खानेकुरा खुवाएर उपभोक्ताको स्वास्थ्यमा गम्भीर खेलवाड गरेको निष्कर्षसहित विभागले क्यान्टिन सञ्चालन गर्ने कञ्चन चमेना गृहका उत्तम भट्टराईलाई ३ लाख रुपैयाँ जरिवाना गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसप्तरीमा क्याम्पस हिँडेकी १५ वर्षीया किशोरीमाथि जबरजस्ती करणी
माघ १०, २०८१ बिहिबार
नागढुंगाबाट ब्राउनसुगरसहित एक भारतीय गरी ३ जना पक्राउ
माघ १०, २०८१ बिहिबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
यातायातमा नयाँ हाकिम: पुराना कर्मचारी फर्किएपछि नक्कली लाइसेन्स छानबिनको फाइल हरायो
माघ ११, २०८१ शुक्रबार
ट्रम्पको सामूहिक निर्वासन अभियान जारी, सयौं आप्रवासी पक्राउ !
माघ ११, २०८१ शुक्रबार
पर्सामा राष्ट्रिय एकता अभियानको कार्यालय स्थापना, चिनियाँ विस्तारवादको कडा आलोचना
माघ ११, २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा दिवसः स्वच्छ ऊर्जा रूपान्तरणमा नेपालले लिएको बाटो
माघ १२, २०८१ शनिबार
घरदैलोमै पुगेर मृत्यु दर्ता प्रमाणपत्र प्रदान
माघ १२, २०८१ शनिबार
आफैंलाई गोली प्रहार गरेका प्रहरी जवानको उपचारको क्रममा मृत्यु
माघ १२, २०८१ शनिबार