सन्दीपको मुद्दामा दोस्रो दिनको सुनुवाइ सुरु हुन सकेन
नेपालबहस संवाददाता
फागुन १५, २०७९ सोमबार १८:४१:४१
१५ फागुन, काठमाडौं । नाबालिगमाथि बलात्कार मुद्दाका अभियुक्त क्रिकेटर सन्दीप लामिछानेको संयुक्त रिटमा सर्वोच्च अदालतमा दोस्रो दिनको सुनुवाइ सुरु हुन सकेको छैन ।
न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त बन्द इजलासमा आइतबार सुनुवाइ नसकिएपछि आज ‘हेर्दाहेर्दै’मा राखिएको थियो । सुनुवाइ सोमबार निरन्तरता दिने भनिएको थियो । तर आहिलेसम्म सुनुवाइ सुरु भएको छैन ।
सन्दीपले आफूमाथि उच्च अदालत पाटनले गएको पुष २७ मा विदेश यात्रामा जान बन्देजसहित २० लाख रुपैयाँ धरौटी लिने आदेशको खारेजी माग गर्दै यही फागुन ११ मा सर्वोच्चमा रिट निवेदन दिएका थिए । तर त्यसअघि नै काठमाडौं जिल्ला अदालतले महान्यायाधिवक्ता कार्यालयको राय लिएर सरकारी वकिलको कार्यालय काठमाडौंले उच्चले दिएको धरौटीमा छाड्ने आदेशको बदर गरेर बलात्कार कसुरका अभियुक्त सन्दीपलाई थुनामा राखेर मुद्दा पुर्पक्ष गर्नुपर्ने काठमाडौं अदालतको आदेश सदर गर्नुपर्ने मागसहित रिट दायर थियो ।
सर्वोच्चले वकिल कार्यालय र सन्दीपको रिटलाई एकै ठाउँमा राखेर बन्द इजसालमा सुनुवाइ सुरु गरेको हो । सुनुवाइ निरन्तर नहुनुको कारणबारे सर्वोच्च प्रशासनले केही बताएको छैन ।
आइतबार सरकारी वकिलतर्फबाट वकिलहरुको बहस सकिएको थियो सन्दीप पक्षका केही वकिलबाहेक बाँकीले आज बहस गर्दैछ । न्यायाधीशद्वयको संयुक्त इजलासमा सोमबारका लागि सन्दीपसँग सम्बन्धित उक्त २ वटा मुद्दाको मात्र पेसी चढेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवरिष्ठ अधिवक्ता त्रिपाठीविरुद्ध अदालतको अवहेलना गरेको भन्दै सर्वोच्चमा रिट निवेदन दर्ता
माघ ११, २०८१ शुक्रबार
व्यक्ति ठगी मुद्दाका आरोपी अनिल पोखरेलसँग अदालतले माग्यो ५ लाख धरौटी
माघ १०, २०८१ बिहिबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
यातायातमा नयाँ हाकिम: पुराना कर्मचारी फर्किएपछि नक्कली लाइसेन्स छानबिनको फाइल हरायो
माघ ११, २०८१ शुक्रबार
ट्रम्पको सामूहिक निर्वासन अभियान जारी, सयौं आप्रवासी पक्राउ !
माघ ११, २०८१ शुक्रबार
पूर्व उपराष्ट्रपतिलाई राजनीतिमा फर्काउन माओवादीभित्रै दुई धार, प्रचण्ड मौन !
माघ ११, २०८१ शुक्रबार
नेपाल प्रहरीका ३७ डीएसपी एसपीमा बढुवा सिफारिस (सूचीसहित)
माघ १२, २०८१ शनिबार
अमेरिकामा धमाधम पक्राउ पर्दै आप्रावासी, सैन्य विमानबाट देश निकाला गरिँदै
माघ १२, २०८१ शनिबार
दोस्रो पटक बन्दी रिहा गर्दै हमास, आज छुट्नेछन् यी चार जना
माघ १२, २०८१ शनिबार
एसएसपी सरुवा: काठमाडौंमा विश्व अधिकारी, अपराध अनुसन्धानमा रमेश बस्नेत
माघ १२, २०८१ शनिबार
कोशी र मधेस प्रदेशमा मन्द शीतलहर
माघ १२, २०८१ शनिबार
अमेरिकी डलरको भाउ घट्यो
माघ १२, २०८१ शनिबार