छवि ओझासँगको सम्बन्धविच्छेदसँगै शिल्पाले पाइन् अंशको अधिकार
नेपालबहस संवाददाता
फागुन १५, २०७९ सोमबार १९:९:६
१५ फागुन, काठमाडौं । अभिनेत्री शिल्पा पोखरेलले फिल्म निर्माता छविराज ओझासँग औपचारिक रुपमा सम्बन्ध विच्छेद पाएकी छन् । दुई जनाबीच ३ वर्ष पुरानो मुद्दामा काठमाडौं जिल्ला अदालतले आइतबार सुनुवाइ गर्दै अंशबण्डासहित सम्बन्धविच्छेद गर्ने फैसला सुनाएको छ ।
न्यायाधीश शंकरप्रसाद राईको एकल इजलासले अंशबण्डा नभएसम्म शिल्पालाई मानापाथी भर्न समेत ओझाको नाममा आदेश दिएको छ । तर अदालतले छविकी जेठी पत्नी हेमा ओझाले दायर गरेको बहुविवाहको मुद्दा र छोरा साकार सुनारलाई प्रतिवादी बनाउँदै उमा सुनारले दायर गरेको धर्मपुत्रबारेको मुद्दालाई इजलासले खारेज गरिदिएको छ । इजलासले शिल्पाको उजुरीमा दाबी पुग्ने फैसला सुनाएको हो ।
आदेशानुसार अब छविको आधा सम्पत्तिमा शिल्पाको दाबी लाग्नेछ । दाबी बमोजिम अंशबण्डा लिएर सम्बन्धविच्छेद गरी उनले अलग बस्न पाउनेछिन् । तर अंशबण्डा नहुन्जेलसम्म छविले शिल्पालाई मासिक रुपमा मानाचामल (लाग्ने खर्च) भर्नुपर्नेछ । शिल्पाको तर्फबाट बहस गरेका कानुन व्यवसायी रमेशप्रसाद गुरागाईंले आफ्नो पक्षले न्याय पाएको र न्याय दिलाउन सफल भएको बताए ।
अविवाहित भएकै बेला शिल्पाले जेठी श्रमिती भएकै बेला छबिसँग विवाह गरेकी थिइन् । त्यसपछि जेठी श्रीमती हेमाले दुई जनाविरुद्ध बहविवाहको मुद्दा हालेकी थिइन् । मुद्दा परेपछि दुवै जना फरार भएपनि पछि छबि हेमासँगै बसेको र शिल्पालाई बेवास्ता गर्दै आइरहेका थिए ।
अदालतको आदेशपछि शिल्पाले अधिकार दिलाउन सहयोग पुर्याउने र न्यायका लागि लडने कानून व्यवसायीहरु गुरागाँई र मनोज यदावलाई धन्यवाद दिएकी छन् ।
उनले समाजिक संजालमा लेखेकी छिन्, “हिजो सम्मानित काठमाडौं जिल्ला अदालतबाट छवि ओझा बिरुद्धको मेरो मुद्धामा मलाइ जिताउने सम्पुर्ण निर्णयले मैले सम्मानित अदालतबाट न्याय पायेको महसुस गरेको छु। यस कठिन समयमा मलाइ बलियो साथ दिने सबै परिवारजन, आमा, बुवा, दाई, भाउजू,साथीहरु, संघ संस्था तथा विशेष सहयोगको लागि वरिष्ठ अधिवक्ता रमेश गुरागाइज्यु र अधिवक्ता मनोज यादवज्युलाई कृतज्ञता तथा हार्दिक धन्यवाद ब्यक्त गर्न चाहन्छु ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवरिष्ठ अधिवक्ता त्रिपाठीविरुद्ध अदालतको अवहेलना गरेको भन्दै सर्वोच्चमा रिट निवेदन दर्ता
माघ ११, २०८१ शुक्रबार
व्यक्ति ठगी मुद्दाका आरोपी अनिल पोखरेलसँग अदालतले माग्यो ५ लाख धरौटी
माघ १०, २०८१ बिहिबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
यातायातमा नयाँ हाकिम: पुराना कर्मचारी फर्किएपछि नक्कली लाइसेन्स छानबिनको फाइल हरायो
माघ ११, २०८१ शुक्रबार
ट्रम्पको सामूहिक निर्वासन अभियान जारी, सयौं आप्रवासी पक्राउ !
माघ ११, २०८१ शुक्रबार
पूर्व उपराष्ट्रपतिलाई राजनीतिमा फर्काउन माओवादीभित्रै दुई धार, प्रचण्ड मौन !
माघ ११, २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा दिवसः स्वच्छ ऊर्जा रूपान्तरणमा नेपालले लिएको बाटो
माघ १२, २०८१ शनिबार
घरदैलोमै पुगेर मृत्यु दर्ता प्रमाणपत्र प्रदान
माघ १२, २०८१ शनिबार
आफैंलाई गोली प्रहार गरेका प्रहरी जवानको उपचारको क्रममा मृत्यु
माघ १२, २०८१ शनिबार
अखिल क्रान्तिकारीमा १३५ जना निर्विरोध भए, अध्यक्षसहित बाँकी पदमा मतदान जारी
माघ १२, २०८१ शनिबार