८ दलीय गठबन्धनले लुम्बिनीका मुख्यमन्त्री गिरिकाे पद धरापमा
नेपालबहस संवाददाता
फागुन १५, २०७९ सोमबार १९:२९:२८
१५ फागुन, दाङ । आसन्न राष्ट्रपति निर्वाचनलाई लिएर केन्द्र सरकारमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित ८ दलको नयाँ गठबन्धन बनेपछि लुम्बिनी प्रदेशमा नेकपा (एमाले)बाट मुख्यमन्त्री बनेका लिल गिरिको पद धरापमा परेको छ ।
लुम्बिनीमा २९ सिटसहित पहिलो दल रहेको एमालेबाट पोलिटब्युरो सदस्य लिला गिरी पुस २७ गते मुख्यमन्त्री नियुक्त भएका थिए । उनलाई सरकारमा रहेका माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र जनमत तथा सरकार बाहिरै रहेका नागरिक उन्मुक्ति र लोसपाले समर्थन गरेका थिए ।
अहिले कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी( जसपा, लोसपा, जनमत, नाउपा, राजमोसहितको आठ दलीय गठबन्धन बनेपछि एमालेले आजै मात्र सरकारबाट समर्थन फिर्ता लिएको छ । एमालेका मन्त्रीहरुले प्रधानमन्त्री प्रचण्डलाई भेटेर आजै पदबाट राजीनामा बुझाउँदैछन् ।
एमालेले केन्द्र सरकारमा समर्थन फिर्ता लिने निर्णय गरेपनि प्रदेशबारे बोलेको छैन । यसबारे एमाले ‘पर्ख र हेर’काे अवस्थामा बस्ने देखिन्छ । पफिर्ता लिएकाे खण्डमा दाेस्राे ठूलाे कांग्रेसकाे नेतृत्वमा सरकार बन्ने देखिन्छ ।
तर लुम्बिनीमा माओवादी केन्द्रले समर्थन फिर्ता लिने संकेत दिइसकेको छ । फिर्ता लिनेबित्तिकै गिरीको सरकार स्वतः अल्पमतमा पर्नेछ । एमाले र माओवादी केन्द्र मिलेर सरकार गठन मुख्यमन्त्रीमा ५ वर्षे कार्यकालमा आधा आधा चलाउने सहमति भएको थियो ।
सोही अनुरुप सुरुमा दुवै दलले दाबी गरेपनि एमालेका गिरिले सुरुमै सरकारको नेतृत्व गर्ने अवसर पाएका हुन् । त्यसैमा माओवादीले खोँचे थाप्दै आइरहेको थियो । मन्त्रालय भागबण्डाकै बेला माओवादी केन्द्रका एक मन्त्री असन्तुष्ट जनाउँदै पदबाट राजीनामा समेत दिएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसहकारी ठगी गर्नेकै सम्पत्तिबाट पीडितलाई बचत फिर्ता गराउनुपर्छः प्रवक्ता महत
माघ ११, २०८१ शुक्रबार
दाङ पुगेर प्रचण्डले गरे सहिद परिवारसँग भेटवार्ता
माघ ११, २०८१ शुक्रबार
प्रचण्डको प्रधानमन्त्री ओलीलाई चुनौती, सक्छौ भने मैले जस्तै आफूमाथि कारबाही गरेर देखाउ
माघ ११, २०८१ शुक्रबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
यातायातमा नयाँ हाकिम: पुराना कर्मचारी फर्किएपछि नक्कली लाइसेन्स छानबिनको फाइल हरायो
माघ ११, २०८१ शुक्रबार
ट्रम्पको सामूहिक निर्वासन अभियान जारी, सयौं आप्रवासी पक्राउ !
माघ ११, २०८१ शुक्रबार
पूर्व उपराष्ट्रपतिलाई राजनीतिमा फर्काउन माओवादीभित्रै दुई धार, प्रचण्ड मौन !
माघ ११, २०८१ शुक्रबार
केही जिल्लाका प्रमुखसहित १७ एसपीको सरुवा, पर्सामा मिश्र, बारामा तामाङ
माघ १२, २०८१ शनिबार
नेपाल प्रहरीका ३७ डीएसपी एसपीमा बढुवा सिफारिस (सूचीसहित)
माघ १२, २०८१ शनिबार
अमेरिकामा धमाधम पक्राउ पर्दै आप्रावासी, सैन्य विमानबाट देश निकाला गरिँदै
माघ १२, २०८१ शनिबार
दोस्रो पटक बन्दी रिहा गर्दै हमास, आज छुट्नेछन् यी चार जना
माघ १२, २०८१ शनिबार
एसएसपी सरुवा: काठमाडौंमा विश्व अधिकारी, अपराध अनुसन्धानमा रमेश बस्नेत
माघ १२, २०८१ शनिबार
कोशी र मधेस प्रदेशमा मन्द शीतलहर
माघ १२, २०८१ शनिबार