मनाङमा हिउँद याम सकिन लाग्दासम्म पनि हिउँ परेन
नेपालबहस संवाददाता
फागुन १५, २०७९ सोमबार २०:५५:४०
१५ फागुन, मनाङ । हिमाली जिल्ला मनाङमा हिउँद याम सकिन लाग्दासम्म पनि हिउँ परेको छैन । विगतका वर्षमा हिमपातले आवागमन नै अवरुद्ध हुने गरेकामा यसवर्ष भने आवश्यक मात्रामा पनि हिउँ नपरेर समस्या भएको छ ।
फागुनको मध्यसम्म आइपुग्दा आंशिक मात्र हिउँ परेको कार्यवाहक प्रमुख जिल्ला अधिकारी शिशिर घिमिरेले बताए । “डाँडा क्षेत्रमा हिउँ परेको देखिन्छ तर बजार क्षेत्रमा परेको छैन”, उनले भने ।
माथिल्लो मनाङमा आंशिक हिमपात भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) का ओम बहादुर गुरुङले बताए । “विगतका वर्षमा हिउँले डाँडाकाँडा र भिरपाखा सेताम्मे ढाकिएका हुन्थे, तर यसवर्ष भने आंशिक मात्रामा देखिएको छ”, उनले भने ।
यहाँको माथिल्लो क्षेत्रमा हिमपात भए पनि तल्लो क्षेत्रमा हिमपात हुन सकेको छैन । यसको असर कृषि क्षेत्रमा परेको भन्दै कृषकहरु चिन्तित छन् । यहाँ फापर, करु, जौ, स्याउलगायत उत्पादन हुनेगरेकामा पर्याप्त पानी नपुग्दा उत्पादन घट्ने सम्भावना देखिएको ताचैका कृषक सोलबहादुर गुरुङले बताए ।
मनाङमा कात्तिकको अन्तिम सातादेखि हिमपात हुनुपर्नेमा हालसम्म हुन सकेको छैन । फागुन मध्यमा पुग्दासम्म पर्याप्त हिउँ नपरेपछि हिमाली तथा उच्च पहाडी क्षेत्रका कृषक उत्पादन घट्ने भन्दै चिन्तित छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशे–फोक्सुण्डो गाउँपालिकाको गैरसरकारी संस्थासँगको सहकार्यमा जोड
मंसिर १०, २०८१ सोमबार
कर्णालीमा अझै आयोडिनयुक्त नुन पु-याउनै कठिन
मंसिर ३, २०८१ सोमबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुनिश्चिताको माग
मंसिर १३, २०८१ बिहिबार
तीनै तहका सरकारबीच सहकार्य आवश्यक: मुख्यमन्त्री कार्की
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः चितवन राइनोजले समर्थकलाई निःशुल्क बस सेवा उपलब्ध गराउने
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः एनसेल फाउन्डेसनले प्रत्येक चौकामा शैक्षिक सामग्री वितरण गर्ने
मंसिर १३, २०८१ बिहिबार
परराष्ट्रमन्त्री डा राणा चीनको छन्दुमा
मंसिर १३, २०८१ बिहिबार
दुर्गा प्रसाईंलाई उचित उपचारको प्रबन्ध गर्न आदेश
मंसिर १३, २०८१ बिहिबार