फागुन १९ मा ८ दलले प्रदेश सांसदहरुको भेला गर्ने
नेपालबहस संवाददाता
फागुन १५, २०७९ सोमबार २१:२१:१३
१५ फागुन, काठमाडौं । हालै गठन भएको नेपाली कांग्रेस, माओवादी केन्द्रसहितका ८ राजनीतिक दलले यही फागुन १९ गते प्रदेश सांसदहरुको भेला गर्ने भएका छन् ।
राष्ट्रपति चुनावमा एक ठाउँमा रहेका कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चाले प्रदेश सांसदहरुको भेला बोलाएका हुन् ।
आज बसेको ८ दलीय गठबन्धनको कार्यदलको बैठकले राष्ट्रपति निर्वाचन प्रचार प्रसारलाई बल पुर्याउने उद्देश्यले भेलाको आयोजना गर्ने भएका हुन् । कांग्रेस उपसभापति समेत रहेका कार्यदलका संयोजक पूर्णबहादुर खड्काले कार्यदलको बैठकले सांसदहरुको भेला बोलाउने निर्णय गरेको बताए ।
गठबन्धनबाट कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपति पदमा उम्मेदवार बनाइएको छ । एमालेबाट पार्टी उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले उक्त पदका लागि उम्मेदवार दिएका छन् । नयाँ राष्ट्रपति चयनका लागि मतदान फागुन २५ मा हुँदैछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअखिल क्रान्तिकारीमा १३५ जना निर्विरोध भए, अध्यक्षसहित बाँकी पदमा मतदान जारी
माघ १२, २०८१ शनिबार
सहकारी ठगी गर्नेकै सम्पत्तिबाट पीडितलाई बचत फिर्ता गराउनुपर्छः प्रवक्ता महत
माघ ११, २०८१ शुक्रबार
दाङ पुगेर प्रचण्डले गरे सहिद परिवारसँग भेटवार्ता
माघ ११, २०८१ शुक्रबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
ट्रम्पको सामूहिक निर्वासन अभियान जारी, सयौं आप्रवासी पक्राउ !
माघ ११, २०८१ शुक्रबार
पर्सामा राष्ट्रिय एकता अभियानको कार्यालय स्थापना, चिनियाँ विस्तारवादको कडा आलोचना
माघ ११, २०८१ शुक्रबार
हेलिकोप्टरबाट पानी खन्याउँदा पनि महाभारतको डढेलो निभेन, नियन्त्रणको प्रयास जारी
माघ ११, २०८१ शुक्रबार
निकोन एक्सपेरिएन्स हव, नेपालले बजारमा ल्यायो निकोनको नयाँ क्यामरा जेड ५० टू
माघ १२, २०८१ शनिबार
तस्बिरमा हेर्नुस विभिन्न जङ्गली जनावरहरु
माघ १२, २०८१ शनिबार
अन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा दिवसः स्वच्छ ऊर्जा रूपान्तरणमा नेपालले लिएको बाटो
माघ १२, २०८१ शनिबार