प्रधानमन्त्री प्रचण्डसँग १६ मन्त्रालय, सरकारकाे समर्थनबाट ३ दल अलग्गिए
नेपालबहस संवाददाता
फागुन १५, २०७९ सोमबार २२:४:४१
१५ फागुन, काठमाडौं । सरकारका मुख्य घटक नेकपा (एमाले)ले सोमबार सरकार छाडेसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को जिम्मामा १६ मन्त्रालय परेका छन् ।
उनी गत पुष ११ मा प्रधानमन्त्रीमा शपथ खाएपछि एमालेका ८, रास्वपा ३, राप्रपाका ३ मन्त्री, आफ्नै पार्टीकासहित मन्त्रिमण्डल गरेका प्रधानमन्त्री प्रचण्डलाई एमाले, रास्वपा र राप्रपाले साथ छाडेपछि मन्त्रालयको जिम्मेवारी उनैको काँधमा आएको छ । यद्यपि सुरुदेखि वन र खेलकुद मन्त्रालयको जिम्मेवारी उनैसँग थियो ।
सरकारका साझेदार ७ दलमध्ये ३ दलले सरकार छाडेसँगै प्रचण्ड अल्पमत परेका छन् । किनकि उनले पुष १० मा प्रधानमन्त्रीका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष दाबी पेश गर्दाका बखत पेस गरिएका सांसदहरुमध्ये ११२ जना बाहिरिइसकेको अवस्था छ ।
सरकारकाे साथमा अब सिके राउत नेतृत्वकाे जनमत पार्टी मात्र छ । जनमतबाट पार्टी उपाध्यक्षा अब्दुल खान खानेपानी मन्त्री छन् । प्रधानमन्त्री नियुक्तिका बेला समर्थन जनाएपनि नाउपा र जसपा सरकारमै सहभागी भएका छैनन् । यही अवस्थाबीच प्रचण्डले कांग्रेससँग मिलेर ८ दलीय गठबन्धन बनाइसकेका छन् । अब कांग्रेस चाँडै सरकारमा जाने अनुमान गरिएकाे छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसहकारी ठगी गर्नेकै सम्पत्तिबाट पीडितलाई बचत फिर्ता गराउनुपर्छः प्रवक्ता महत
माघ ११, २०८१ शुक्रबार
दाङ पुगेर प्रचण्डले गरे सहिद परिवारसँग भेटवार्ता
माघ ११, २०८१ शुक्रबार
प्रचण्डको प्रधानमन्त्री ओलीलाई चुनौती, सक्छौ भने मैले जस्तै आफूमाथि कारबाही गरेर देखाउ
माघ ११, २०८१ शुक्रबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
यातायातमा नयाँ हाकिम: पुराना कर्मचारी फर्किएपछि नक्कली लाइसेन्स छानबिनको फाइल हरायो
माघ ११, २०८१ शुक्रबार
ट्रम्पको सामूहिक निर्वासन अभियान जारी, सयौं आप्रवासी पक्राउ !
माघ ११, २०८१ शुक्रबार
पूर्व उपराष्ट्रपतिलाई राजनीतिमा फर्काउन माओवादीभित्रै दुई धार, प्रचण्ड मौन !
माघ ११, २०८१ शुक्रबार
केही जिल्लाका प्रमुखसहित १७ एसपीको सरुवा, पर्सामा मिश्र, बारामा तामाङ
माघ १२, २०८१ शनिबार
नेपाल प्रहरीका ३७ डीएसपी एसपीमा बढुवा सिफारिस (सूचीसहित)
माघ १२, २०८१ शनिबार
अमेरिकामा धमाधम पक्राउ पर्दै आप्रावासी, सैन्य विमानबाट देश निकाला गरिँदै
माघ १२, २०८१ शनिबार
दोस्रो पटक बन्दी रिहा गर्दै हमास, आज छुट्नेछन् यी चार जना
माघ १२, २०८१ शनिबार
एसएसपी सरुवा: काठमाडौंमा विश्व अधिकारी, अपराध अनुसन्धानमा रमेश बस्नेत
माघ १२, २०८१ शनिबार
कोशी र मधेस प्रदेशमा मन्द शीतलहर
माघ १२, २०८१ शनिबार