सर्वोच्चले दियो सन्दीप लामिछानेलाई विदेश जाने अनुमति
नेपालबहस संवाददाता
फागुन १५, २०७९ सोमबार २३:२६:७
१५ फागुन, काठमाडौं । सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई विदेश जाने बाटो खुला गरिदिएको छ । यसअघि उच्च अदालत पाटनले काठमाडौं जिल्ला अदालतको आदेशलाई बदर गरेर विदेश जान गरेको बन्देज आदेशलाई सर्वोच्चले सोमबार सदर गर्दै विदेश जाने बाटो खुला गरिदिएको हो ।
सर्वोच्चका न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले सन्दीलाई विदेश जान रोक लगाउनुपर्ने मनासिव आधार र प्रमाण नदेखिएको भन्दै बाटो खोलिदिएको हो ।
आदेशसँगै सन्दीपले यूएईमा जारी आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत पपुवा न्यू यूगिनी, यूएई र नेपालीबीचको त्रिकोणात्मक सिरिज खेल्न जाने बाटो खुलेको छ । उच्चले दिएको आदेशले उनको विदेश यात्रा रोकिएको थियो । सो आदेश बदरको माग गर्दै उनले यही फागुन ११ गते सर्वोच्चमा रिट निवदेन दिएका थिए ।
रिटमाथि आइतबार र सोमबार दुई दिनको सुनुवाइपछि संयुक्त इजलासले विदेश यात्रामा बन्देज लगाउनु नपर्ने आदेश दिएको हो । सर्वोच्चको यो आदेश सन्दीपलाई गत पुष २७ मा उच्चले विदेश जान रोक लगाउँदै काठमाडौं जिल्ला अदालतको आदेश बदरसहित २० लाख रुपैयााँ धरौटीमा जेलमुक्त गरेको थियो ।
बलात्कार जस्तो जघन्य अपराध कसुरमा अभियुक्तलाई मुद्दाको अन्तिम टुंगो नलागुञ्जेल थुनामा राख्नुपर्ने उल्लेख गर्दै काठमाडौं जिल्ला अदालतले मंसिरमा सन्दीपलाई जेल पठाएको थियो । तर उक्त आदेशविरुद्ध सन्दीप उच्च पुगेका थिए । उच्चले उनलाई विदेश जान नपाउने, काठमाडौं उपत्यका छाडन प्रहरीको अनुमति लिनुपर्ने, पीडितका परिवारसँग भेट गर्न नपाइनेलगायत विभिन्न सर्तसहित धरौटीमा रिहाइ गरेको थियो । सन्दीपविरुद्ध काठमाडौं जिल्ला अदालतमा नाबालिग बलात्कार कसुरमा मुद्दा चलिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवरिष्ठ अधिवक्ता त्रिपाठीविरुद्ध अदालतको अवहेलना गरेको भन्दै सर्वोच्चमा रिट निवेदन दर्ता
माघ ११, २०८१ शुक्रबार
व्यक्ति ठगी मुद्दाका आरोपी अनिल पोखरेलसँग अदालतले माग्यो ५ लाख धरौटी
माघ १०, २०८१ बिहिबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
यातायातमा नयाँ हाकिम: पुराना कर्मचारी फर्किएपछि नक्कली लाइसेन्स छानबिनको फाइल हरायो
माघ ११, २०८१ शुक्रबार
ट्रम्पको सामूहिक निर्वासन अभियान जारी, सयौं आप्रवासी पक्राउ !
माघ ११, २०८१ शुक्रबार
पूर्व उपराष्ट्रपतिलाई राजनीतिमा फर्काउन माओवादीभित्रै दुई धार, प्रचण्ड मौन !
माघ ११, २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा दिवसः स्वच्छ ऊर्जा रूपान्तरणमा नेपालले लिएको बाटो
माघ १२, २०८१ शनिबार
घरदैलोमै पुगेर मृत्यु दर्ता प्रमाणपत्र प्रदान
माघ १२, २०८१ शनिबार
आफैंलाई गोली प्रहार गरेका प्रहरी जवानको उपचारको क्रममा मृत्यु
माघ १२, २०८१ शनिबार
अखिल क्रान्तिकारीमा १३५ जना निर्विरोध भए, अध्यक्षसहित बाँकी पदमा मतदान जारी
माघ १२, २०८१ शनिबार