यूके पठाइदिने प्रलोभन देखाएर ठगी गरेकाे आरोपमा भारतीयसहित २ जना पक्राउ
नेपालबहस संवाददाता
फागुन १५, २०७९ मंगलबार ०:०:३३
१५ फागुन, काठमाडौं । बेलायत (यूके) पठाइदिन्छु भनेर ठगी गरेको आरोपमा प्रहरीले एक नेपाली महिलासहित दुई जनालाई पक्राउ गरेको छ ।
उनीहरुले फेसबुक, ह्वाट्सएप, इन्स्टाग्राम र टिकटकबाट साथी बनाई आफू मलेसियाको नागरिक हाल बेलायतमा डाक्टर रहेको भन्दै बेलायतमा रोजगारी मिलाइने प्रलोभन देखाएर २३ लाख रुपैयाँ ठगी गरेको खुलेको छ ।
पक्राउ पर्नेमा काठमाडौं कालिमाटी बस्दै आएका भारतीय नागरिक सुदिशकुमार साह र बनेपा नगरपालिका घर भई कालिमाटी बस्दै आएकी सुनिता परियार रहेका उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । दुई जनालाई काठमाडाैंकाे विभन्न स्थानबाट आइतबार पक्राउ गरिएकाे हाे ।
उनीहरुले पार्सल, आकर्षक गिफ्ट, डलर लगायतको सामान पठाएको छु भन्ने र सो गिफ्ट भारतको इन्दिरा गान्धी एयरपोर्टमा आइपुगेको भन्दै भन्सार शुल्कका पैसा पठाउन लगाएर ठगी गरेका थिए । ठगीका रकम सुनिता परियारको खातामा २३ लाख रुपैयाँ फेला परेको प्रहरीले जनाएको छ । दुई जनाविरुद्ध ४ जनाको उजुरप् परेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसप्तरीमा क्याम्पस हिँडेकी १५ वर्षीया किशोरीमाथि जबरजस्ती करणी
माघ १०, २०८१ बिहिबार
नागढुंगाबाट ब्राउनसुगरसहित एक भारतीय गरी ३ जना पक्राउ
माघ १०, २०८१ बिहिबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
माघ १०, २०८१ बिहिबार
ट्रम्पको सामूहिक निर्वासन अभियान जारी, सयौं आप्रवासी पक्राउ !
माघ ११, २०८१ शुक्रबार
यातायातमा नयाँ हाकिम: पुराना कर्मचारी फर्किएपछि नक्कली लाइसेन्स छानबिनको फाइल हरायो
माघ ११, २०८१ शुक्रबार
पोखरा महानगरद्वारा कृषकलाई फलफूलका बिरुवा वितरण
माघ ११, २०८१ शुक्रबार
झाँक्री प्रकाश भुजेल २ लाख धरौटी बुझाएर रिहा
माघ ११, २०८१ शुक्रबार
पर्वत केन्द्रविन्दु भएर गयो ३.८ म्याग्निच्युडको भूकम्प
माघ ११, २०८१ शुक्रबार
पूर्वश्रम स्वीकृति लिनेको सङ्ख्या ८.१७ प्रतिशतले वृद्धि
माघ ११, २०८१ शुक्रबार
एचपिभी खोप लगाउन किशोरीहरुलाई मन्त्री पौडेलको आग्रह
माघ ११, २०८१ शुक्रबार
आगलागी र डढेलो लाग्न सक्छ, निभाउनका लागि पूर्वतयारीमा रहनु
माघ ११, २०८१ शुक्रबार