भारतीय कम्पनी सेभेन थ्री स्पोर्टससँग सम्झौता रद्द गर्ने क्यानको निर्णय
नेपालबहस संवाददाता
फागुन १५, २०७९ मंगलबार ०:११:१५
१५ फागुन, सुर्खेत । नेपाल क्रिकेट संघ क्यानको साधारण सभाले नेपाल टी–२० लिग आयोजनाका लागि भारतीय कम्पनी सेभेन थ्री स्पोर्टससँगको सम्झौता रद्द गर्ने निर्णय गरेको छ ।
सुर्खेतको विरेन्द्रनगरमा आइतबार र सोमबार भएको साधारण सभाले सेभेन थ्री स्टारसँगबाट पाउनु पर्ने रकम २ करोड ९५ लाख रुपैयाँ फिर्ता लिएर सम्झौता रद्द गर्ने निर्णय गरेको नेपाल क्रिकेट संघ क्यानका कार्यवाहक सचिव दुर्गाराज पाठकले बाए ।
सम्झौता अनुसार पहिलो सिजन आयोजनाको लाइसेन्स फीमार्फत क्यानले ३ करोड ९० लाख रुपैयाँ पाउनु पर्नेमा अहिलेसम्म २ करोड २० लाख रुपैयाँ मात्र पाएको उनले बताए ।
लाइसेन्स फीको १ करोड ७० लाख र पुरस्कार रकम १ करोड २५ लाख गरी क्यानले सेभेन थ्रीसँग २ करोड ९५ लाख रुपैयाँ लिन बाँकी छ ।
प्रतियोगिताको मुख्य साझेदार कम्पनी सेभेन थ्री स्पोर्टस नै लाइभ बेटिङ र स्पट फिक्सिङमा संग्लग्न रहेको पाइएपछि नेपाल टी(२० लिग विवादमा परेको थियो । सुरुमा नै प्रतियोगिता विवादमा परेपछि जतिन अहुवालिया सम्पर्क विहीन भएका थिए ।
क्यानले सेभेन थ्री स्पोर्टससँग ८ वर्षका लागि नेपाल टी–२० लिगको व्यापारिक र रणनीतिक साझेदारी सम्झौता गरेको थियो । रकम फिर्ता गराउने प्रक्रिया अघि बढाउन बोर्डलाई अधिकार दिएको छ ।
नेपाल टी–२० लिगको पहिलो सिजनको रकम दिन बाँकी रहेपनि सेभेन थ्री स्पोर्टसले माघमा क्यान र राखपलाई पत्र लेखेर एकतर्फी रुपमा सम्झौता रद्द गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअर्जुन ट्रफिको प्रत्यक्ष प्रसारण एक्सन स्पोर्टस एचडी वानमा हुने
माघ ११, २०८१ शुक्रबार
अन्तिम खेलमा मलेसियालाई हराउँदै नेपालको सान्तवना जीत
माघ ११, २०८१ शुक्रबार
नेपाल सामु मलेसियाले प्रस्तुत गर्यो ४६ रनको लक्ष्य
माघ ११, २०८१ शुक्रबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
यातायातमा नयाँ हाकिम: पुराना कर्मचारी फर्किएपछि नक्कली लाइसेन्स छानबिनको फाइल हरायो
माघ ११, २०८१ शुक्रबार
ट्रम्पको सामूहिक निर्वासन अभियान जारी, सयौं आप्रवासी पक्राउ !
माघ ११, २०८१ शुक्रबार
पूर्व उपराष्ट्रपतिलाई राजनीतिमा फर्काउन माओवादीभित्रै दुई धार, प्रचण्ड मौन !
माघ ११, २०८१ शुक्रबार
नेपाल प्रहरीका ३७ डीएसपी एसपीमा बढुवा सिफारिस (सूचीसहित)
माघ १२, २०८१ शनिबार
अमेरिकामा धमाधम पक्राउ पर्दै आप्रावासी, सैन्य विमानबाट देश निकाला गरिँदै
माघ १२, २०८१ शनिबार
दोस्रो पटक बन्दी रिहा गर्दै हमास, आज छुट्नेछन् यी चार जना
माघ १२, २०८१ शनिबार
एसएसपी सरुवा: काठमाडौंमा विश्व अधिकारी, अपराध अनुसन्धानमा रमेश बस्नेत
माघ १२, २०८१ शनिबार
कोशी र मधेस प्रदेशमा मन्द शीतलहर
माघ १२, २०८१ शनिबार
अमेरिकी डलरको भाउ घट्यो
माघ १२, २०८१ शनिबार