सभामुखबाहेक प्रदेशबाट पनि सबै मन्त्री फिर्ता बोलाउने एमालेको तयारी
नेपालबहस संवाददाता
फागुन १६, २०७९ मंगलबार १६:४३:७
१६ फागुन, काठमाडौं । पुष १० मा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री बनाउने लगायतका सहमतिबाट एकाएक सत्ता राजनीतिमा उदाएको नेकपा एमाले दुई महिना नपुग्दै फेरी पुरानै अवस्थामा फर्कने देखिएको छ । संघीय सरकारबाट मन्त्री फिर्ता बोलाइसकेको एमालेले प्रदेशबाट पनि मुख्यमन्त्री र मन्त्रीहरुलाई फिर्ता बोलाउने भएको छ ।
प्रदेशका सभामुखलाई भने तत्काल फिर्ता नगरिने एमालेका एक नेताले बताएका छन् । उनका अनुसार २५ गते हुने राष्ट्रपतिको निर्वाचनसम्म कुर्ने वा नकुर्ने भन्ने बारे पार्टीले चाँडै निर्णय लिनेछ । सोमबार बसेको एमाले सचिवालय बैठकले केन्द्रीय सरकार छाड्ने र समर्थन फिर्ता गर्ने निर्णय गरिसकेको छ । पुष १० को सहमति कार्यान्वयन नहुँदा एमाले दुई महिना चार दिन मात्रै सरकारमा बसेर फिर्ता भएको हो ।
एमाले–मओवादीसहित सात दलको गठबन्धन टुटेर कांग्रेससहितको आठ दलीय गठबन्धन बनेपछि एमालेले केन्द्रदेखि प्रदेशसम्म महत्वपूर्ण पद गुमाउने निश्चित भएको छ । केन्द्रबाट सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रदेशमा पनि उसले आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाउन लागेको हो । तत्कालीन पाँच दलीय गठबन्धन टुटाएर प्रचण्डलाई प्रधानमन्त्री बनाउँदा एमालेले प्रतिनिधिसभाको सभामुख लिएको छ भने प्रदेशमा पनि मुख्यमन्त्रीसहित सभामुखहरु रहेका छन् ।
प्रचण्ड नेतृत्वको सरकारमा एमालेबाट उपप्रधानसहित आठ मन्त्री सामेल थिए । गएको पुष ११ गते एमाले उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा सांसदहरू दामोदर भण्डारी, ज्वाला शाह र राजेन्द्रकुमार राई विनाविभागीय मन्त्रीमा नियुक्त भएका थिए । पौडेल उपप्रधानसहित अर्थमन्त्री बनेका थिए । माघ ३ गते चार मन्त्री थपिएका थिए भने पहिले नियुक्त भएका मन्त्रीहरूले पनि जिम्मेवारी पाएका थिए ।
जसअनुसार दामोदर भण्डारी उद्योग, डा. विमला राई पौडेल परराष्ट्र, राजेन्द्र राई भूमि सुधार, पदम गिरी स्वास्थ्य, भगवती चौधरी महिला बालबालिका, हरिप्रसाद उप्रेती रक्षा, ज्वाला साह कृषिमन्त्री बनेका थिए । सरकारबाट बाहिरिएपनि एमालेले सभामुख पाएको छ । पुष १० गतेको सहमति अनुसार एमालेका देवराज घिमिरे सभामुख बनेका थिए ।
यस्तै चारवटा प्रदेशको नेतृत्व पाएको एमालेले यसअघि नै सुदूरपश्चिम प्रदेशको नेतृत्व गुमाइसकेको छ । नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिँदा एमालेबाट मुख्यमन्त्री बनेका राजेन्द्रसिंह रावल पदमुक्त भएका थिए । हाल प्रदेश १, गण्डकी र लुम्बिनी प्रदेश सरकारमा एमालेको नेतृत्व छ । केन्द्रमा अब आठ दलीय गठबन्धनको सरकार बन्ने भएपछि एमाले नेतृत्व गुम्ने देखिन्छ । प्रदेश १ मा एमाले ठूलो दल छ । त्यहाँ भने एमाले पहिलो दल छ । गण्डकी र लुम्बिनी प्रदेश भने सहजै परिवर्तन हुने सम्भावना छ ।
सरकारलाई समर्थन गरेको दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र सरकारले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बाग्मतीमा समर्थन फिर्ता लिइसकेको छ । बाग्मती प्रदेश सरकारले विश्वासको मत लिनुपर्नेछ । केन्द्र सरकारमा एमाले समर्थन फिर्ता लिए पनि अहिलेसम्म प्रदेशमा अरू कुनै दलले समर्थन फिर्ता लिएका छैनन् ।
प्रदेश १ मा नेकपा माओवादी केन्द्र, जनता समाजवादी र राप्रपाको समर्थनमा एमाले नेतृत्वको सरकार छ । ९३ सीट रहेको प्रदेशसभामा एमालेको ४०, माओवादीको १३, राप्रपाको ६ र जसपाको एक सीटसहितको समर्थनमा हिक्मत कार्की मुख्यमन्त्री छन् । प्रदेश १ मा मुख्यमन्त्रीसहित एमालेमा दुई मन्त्री छन् । मधेश प्रदेशमा एमालेका चारजना मन्त्री र एकजना राज्यमन्त्री छन् ।
एमालेका बाग्मतीमा एमालेबाट चार मन्त्री छन् । जगन्नाथ थपलिया, एकलाल श्रेष्ठ, केशव पोखरेल, रामेश्वर श्रेष्ठ रहेका छन् । त्यसैगरी गण्डकीमा मुख्यमन्त्री खगराज अधिकारी छन् । त्यहाँ एमालेबाट आर्थिक मामिलामन्त्री सीता सुन्दास, आन्तरिक मामिला तथा कानुनमन्त्री रोशनबहादुर गाहामगर र कृषि, ऊर्जा तथा जलस्रोतमन्त्री वेदबहादुर गुरुङ छन् ।
त्यसैगरी, लुम्बिनी प्रदेशमा एमालेका लीला गिरी मुख्यमन्त्री छन् । एमालेबाट विष्णुप्रसाद पन्थी, दुर्गाप्रसाद चौधरी र तुलसीराम शर्मामन्त्री छन् । कर्णालीमा एमालेबाट विनोदकुमार शाह आर्थिक मामिला तथा योजनामन्त्री, टेकराज पछाई सामाजिक विकास मन्त्री र जीतबहादुर बुढा उद्योग पर्यटन वन तथा वातावरणमन्त्री छन् । एमालेले मधेस प्रदेशमा र कर्णाली प्रदेशमा सभामुख पाएको छ भने सुदूरपश्चिममा उपसभामुख पाएको छ ।
अहिले एमालेले पनि राष्ट्रपति पदमा उम्मेदवारी दिएको छ । कांग्रेसका रामचन्द्र पौडेल र एमालेका सुवासचन्द्र नेम्वाङविरुद्ध उजुरी नपरेपछि आज नाम सार्वजनिक हुँदैछ । राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारविरुद्ध उजुरी नपरेको जानकारी दिएको छ । दुवै उम्मेदवारीविरुद्ध उजुरी नपरेपछि निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन कार्यक्रम अघि बढाएको छ । राष्ट्रपतिको निर्वाचन आगामी २५ फागुनमा हुँदैछ । यसमा पनि कुनै राजनीतिक चमत्कारी नभए एमालेले राष्ट्रपति पाउने छैन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
पुष २२, २०८१ सोमबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
सर्वसाधारणले खरिद गर्न मिल्ने शेयर बिक्रीमा
पुष २६, २०८१ शुक्रबार
विद्युत् चुहावट १२.७३ प्रतिशतले घट्यो, प्राधिकरण ४७ अर्ब नाफामा
पुष २७, २०८१ शनिबार
५ महिनामा ६ खर्ब ४० अर्ब ४३ करोड विप्रेषण भित्रियो
पुष २७, २०८१ शनिबार
‘आँखा उपचार गर्न विदेश जानुपर्दैन, विदेशी नै नेपाल आउन थालेका छन् ’
पुष २७, २०८१ शनिबार
काठमाडौंका यी स्थानमा आज विद्युत कटौती हुने
पुष २७, २०८१ शनिबार
दुम्किबासमा पुल भाँचिएर रोकिएका सवारी वैकल्पिक मार्गबाट सञ्चालन
पुष २७, २०८१ शनिबार
विश्वकप खेल्ने यू–१९ महिला क्रिकेट टोली आज मलेसिया जाँदै
पुष २७, २०८१ शनिबार