पूर्वराजा ज्ञानेन्द्र भारतको बागडोगरा पुगेकै हुन ? कसले बोलायो ?
नेपालबहस संवाददाता
फागुन १६, २०७९ मंगलबार १८:१९:२२
१६ फागुन, काठमाडौं । नेपालका पूर्वराजा ज्ञानेन्द्र शाह अचानक भारत पुगेका छन् । स्रोतका अनुसार उनी नेपालबाट स्थलमार्ग हुंदै भारत पुगेका हुन । उनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष निम्तोमा भारत गएको दावी गरिएको छ ।
विश्वस्त स्रोतका अनुसार, उनी झापाबाट सडकमार्ग हुँदै भारतको बागडोगरा गएका छन् । पूर्वराजा शाह सोमबार भारततर्फ गएका हुन । यसबारे पूर्वराजाको सचिवालयले कुनै जानकारी सार्वजानिक नगरेपनि शाह भारत गएको विषय चर्चामा छ ।
स्रोतले पूर्वराजालाई रिसिभ गर्नका लागि भारतीय प्रधानमन्त्री मोदीका विश्वासपात्र रअका वर्तमान प्रमुख सामान्तप्रसाद गोयल बागडोगरा पुगेका थिए । नेपालका राजनीतिक दलहरु दिल्लीकै आर्सिवादमा सत्ताको छिनाझम्टी गरिरहेको मौकामा पूर्वराजा ज्ञानेन्द्रले छिमेकी मुलुक भारतको साथ खोज्ने प्रयास गरेको स्रोतको दावी छ ।
पछिल्ला दिनहरुमा नागरिक बचाऊ अभियानमा भारतको राष्टिय स्वयं सेवक संघ (आरएसएस)को विशेष सहयोग रहँदै आएको बताइएको छ । जसको उद्घाटन झापाबाट पूर्वराजा ज्ञानेन्द्रले नै गरेका थिए । हाल यो अभियानको नेतृत्व दुर्गा प्रसाईंले गर्दै आएका छन् ।
फागुन ७ गते प्रजातन्त्र दिवसको दिन पूर्वराजा ज्ञानेन्द्रबाट जारी भएको विज्ञप्तिमा राजनीतिक दलहरुले राजसंस्थासँग सहकार्य गर्नु पर्ने धारणा अघि सारेका थिए । विगत केही समयदेखि पूर्वराजाका विज्ञप्तिहरु राजनीतिक अर्थपूर्ण रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
पुष २२, २०८१ सोमबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
सर्वसाधारणले खरिद गर्न मिल्ने शेयर बिक्रीमा
पुष २६, २०८१ शुक्रबार
विद्युत् चुहावट १२.७३ प्रतिशतले घट्यो, प्राधिकरण ४७ अर्ब नाफामा
पुष २७, २०८१ शनिबार
५ महिनामा ६ खर्ब ४० अर्ब ४३ करोड विप्रेषण भित्रियो
पुष २७, २०८१ शनिबार
‘आँखा उपचार गर्न विदेश जानुपर्दैन, विदेशी नै नेपाल आउन थालेका छन् ’
पुष २७, २०८१ शनिबार
काठमाडौंका यी स्थानमा आज विद्युत कटौती हुने
पुष २७, २०८१ शनिबार
दुम्किबासमा पुल भाँचिएर रोकिएका सवारी वैकल्पिक मार्गबाट सञ्चालन
पुष २७, २०८१ शनिबार
विश्वकप खेल्ने यू–१९ महिला क्रिकेट टोली आज मलेसिया जाँदै
पुष २७, २०८१ शनिबार