मेडिकल कलेज चलाउन कोशी अस्पतालसँग पूर्वाञ्चल विश्वविद्यालयकाे सम्झौता
नेपालबहस संवाददाता
फागुन १६, २०७९ मंगलबार १९:५९:२७
१६ फागुन, मोरङ । जिल्लाको गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालयमा मेडिकल कलेज सञ्चालनका लागि कोशी अस्पतालसँग सम्झौता भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र पूर्वाञ्चल विश्वविद्यालयबीच कलेजको प्रयोगात्मक अभ्यासका लागि केन्द्र सरकार मातहत रहेको विराटनगरमा संचालित कोशी अस्पताल प्रयोग गर्ने गरी मंगलबार त्रिपक्षीय सम्झौता भएको हो ।
दुई साता अघि मन्त्रिपरिषदले पूर्वाञ्चल विश्वविद्यालयलाई मेडिकल कलेज सञ्चालन गर्न स्वीकृति दिएपछि कोशी अस्पताललाई प्रयोग गरेर कलेज सञ्चालन गर्ने गरी त्रिपक्षीय सम्झौता गरिएको उपकुलपति प्राडा यादवराज कोइरालाले जानकारी दिए ।
सम्झौता पत्रमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदी, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेल र पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति यादवराज कोइरालाले हस्ताक्षर गरेका छन् । यसअघि २०७८ माघ २४ गते विराटनगरस्थित कोसी अस्पतालले पूर्वाञ्चल विश्वविद्यालयलाई अभ्यासका लागि अस्पताल प्रयोग गर्न दिने सहमति जनाएको थियो ।
सहमतिको एक वर्षपछि ०७९ माघ २३ गते मन्त्रिपरिषद बैठकबाट विश्वविद्यालय र कोसी अस्पतालबीचको सम्झौता अनुमोदन गर्दै मेडिकल कलेज सञ्चालनको बाटो खुला गरिएको हो । मेडिकल कलेज सञ्चालनका लागि ३ सय बेडको अस्पताल चाहिने कानूनी प्रावधान छ ।पूर्वाञ्चल विश्वविद्यालय (पीयू)सँग सो क्षमताको अस्पताल नभएका कारण चिकित्सा शिक्षा अध्ययनमा विद्यार्थीले विराटनगरस्थित कोशी अस्पतालमा अभ्यास गर्नेछन् । पढाइ भने गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालयमै हुनेछ ।
२०५२ सालमा मोरङको गोठगाउँस्थित राष्ट्रिय वनको आठ सय पाँच बिघा जमिन मेडिकल कलेज सञ्चालनका निम्ति छुटाइएको थियो । २०६२ मा मेडिकल कलेज चलाउनका लागि ६० करोडको लगानीमा आवश्यक नौ वटा भवन निर्माण र पाँच करोड मूल्य बढीका उपकरण पनि खरिद गरेको थियो । अस्पतालमा चिकित्सक र ३५ जना स्टप नर्सलाई २०६६ सालमै नियुक्ति दिएर हालसम्म तलब खुवाउँदै आएको छ । तर, भवन भने रेखदेख र संरक्षण अभावमा लथालिङ्ग र उपकरण पनि काम नलाग्ने अवस्थामा पुगेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपथपलिया पूर्वाञ्चल र गौतम मध्यपश्चिको उपकुलपति
बैशाख १८, २०८१ मंगलबार
त्रिवि भूगोल केन्द्रीय विभागमा माटो परीक्षण तालिममा २० जना सहभागी
बैशाख १३, २०८१ बिहिबार
मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा, खड्का, गौतम र सिंहको नाम सिफारिस
बैशाख ७, २०८१ शुक्रबार
रविको निशानामा देउवाको परिवारः आरजु र छोरा जयवीर माथि अनुसन्धानको तयारी
जेठ ९, २०८१ बुधबार
सामाजिक सञ्जालकर्ताको विद्रूप र कैलाश सिरोहिया प्रकरण
जेठ ९, २०८१ बुधबार
विश्वकप खेल्न आवेदन दिएका सन्दीपलाई अमेरिकाले दिएन भिसा
जेठ ९, २०८१ बुधबार
किराँत समुदायमा धुमधामका साथ उँभौली मनाउँदै
जेठ १०, २०८१ बिहिबार
बगरमा दुर्लभ पाटे बाघ मृत भेटियो
जेठ १०, २०८१ बिहिबार
राष्ट्रपति चुनावमा ट्रम्पलाई भोट दिन्छु : निक्की हेली
जेठ १०, २०८१ बिहिबार
श्रीलंका प्रिमियर लिगमा फिक्सिङको प्रयास : फ्रेन्चाइजी बर्खास्त, मालिक पक्राउ
जेठ १०, २०८१ बिहिबार
सहकारीको मुद्दा लिएर सडकमा कांग्रेसः ७ निर्णय, ७ सन्देश
जेठ १०, २०८१ बिहिबार
‘वेलकम टु द जंगल’ बाट बाहिरिए सञ्जय दत्त
जेठ १०, २०८१ बिहिबार