यू-१९ एसिया विश्वकप छनोटमा नेपालले मलेसियालाई हरायो
नेपालबहस संवाददाता
फागुन १६, २०७९ मंगलबार २०:१२:२०
१६ फागुन, कठामाडों । नेपालले यूएईमा जारी आईसीसी यू–१९ एसिया विश्वकप छनोट खेलअन्तगृत आजको खेलमा मलेसियालाई पराजित गरेको छ । नेपालको यो लगातार चौथो जित हो ।
यूएईको अजमानस्थित मलेक क्रिकेट मैदानमा मलेसियाले दिएको ७३ रनको लक्ष्य नेपालले ९ ओभरको समाप्तिमा कुनै विकेट नगुमाई पूरा गरेको हो । नेपालका लागि दीपक बोहराले ३८ र अर्जुन कुमालले २१ रन बनाएका हुन् । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले ३५.३ ओभरमा सबै विकेट गुमाउँदै ७२ रन जाेडेर ७३ रनकाे चुनाैति दिएको थियो ।
बलिङका बेला नेपालका लागि दिपेश कण्डेलले सर्वाधिक ४ विकेट लिए । १० ओभर बलिङ गरेका उनले ४ ओभर मेडन फाल्दै ११ रन मात्र खर्चिएका थिए । त्यस्तै आकाश चन्दले ३, मिलन भ बोहोराले २ र सुवास भण्डारीले १ विकेट लिए ।
यसअघि सोमबार नेपालले हङकङलाई ९ विकेटले हराएको थियो । त्यस्तै नेपालले पहिलो खेलमा सिंगापुरलाई ८६ र दोस्रो खेलमा कुवेतलाई २ सय ४३ रनले पराजित गरेको थियो । ६ राष्ट्र सम्मिलित यस प्रतियोगिताको विजेता टोली अर्को वर्ष श्रीलंकामा हुने आईसीसी यू–१९ विश्वकपमा पुग्ने छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअर्जुन ट्रफिको प्रत्यक्ष प्रसारण एक्सन स्पोर्टस एचडी वानमा हुने
माघ ११, २०८१ शुक्रबार
अन्तिम खेलमा मलेसियालाई हराउँदै नेपालको सान्तवना जीत
माघ ११, २०८१ शुक्रबार
नेपाल सामु मलेसियाले प्रस्तुत गर्यो ४६ रनको लक्ष्य
माघ ११, २०८१ शुक्रबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
यातायातमा नयाँ हाकिम: पुराना कर्मचारी फर्किएपछि नक्कली लाइसेन्स छानबिनको फाइल हरायो
माघ ११, २०८१ शुक्रबार
ट्रम्पको सामूहिक निर्वासन अभियान जारी, सयौं आप्रवासी पक्राउ !
माघ ११, २०८१ शुक्रबार
पूर्व उपराष्ट्रपतिलाई राजनीतिमा फर्काउन माओवादीभित्रै दुई धार, प्रचण्ड मौन !
माघ ११, २०८१ शुक्रबार
नेपाल प्रहरीका ३७ डीएसपी एसपीमा बढुवा सिफारिस (सूचीसहित)
माघ १२, २०८१ शनिबार
अमेरिकामा धमाधम पक्राउ पर्दै आप्रावासी, सैन्य विमानबाट देश निकाला गरिँदै
माघ १२, २०८१ शनिबार
दोस्रो पटक बन्दी रिहा गर्दै हमास, आज छुट्नेछन् यी चार जना
माघ १२, २०८१ शनिबार
एसएसपी सरुवा: काठमाडौंमा विश्व अधिकारी, अपराध अनुसन्धानमा रमेश बस्नेत
माघ १२, २०८१ शनिबार
कोशी र मधेस प्रदेशमा मन्द शीतलहर
माघ १२, २०८१ शनिबार
अमेरिकी डलरको भाउ घट्यो
माघ १२, २०८१ शनिबार