माइराम पोखरी क्षेत्रका अवैध संरचनामाथि वीरगञ्ज महानगरले चलायो डोजर, अस्पताल क्लिनिकसहित ७ वटा तोडफोड
आबिद हुसेन
फागुन १६, २०७९ मंगलबार २३:४९:३८
१६ फागुन, बीरगञ्ज । बीरगञ्ज महानगरपालिकाले सार्वजनिक जमिन अतिक्रमण गरेर बनाइएका भौतिक संरचनामाथि डोजर चलाएको छ । आदर्शनगरस्थित माइराम पोखरीको जग्गा अतिक्रमण गरेर बनाइएका भौतिक संरचनामाथि महानगरले मंगलबार डोजर चलाएको हो । यो समाचार तयार पार्दासम्म महानगरपालिकाले ७ वटा घरहरु भत्काइसकेको छ ।
एडभान्स अस्पताल, शान्ति पोलिक्लिनिक सहित ७ वटा संरचनामा डोजर चलिसकेको छ । चिल्ड्रेन पार्कको पूर्व तर्फ बनाइएका अवैध घरहरुमा डोजर चलाइएको वीरगञ्ज महानगरपालिका सरसफाइ व्यवस्थापन महाशाखाका प्रमुख राजकृष्ण ताम्राकारले जानकारी दिए । ‘पोखरीको जमिन अतिक्रमण गरेर संरचना बनेका थिए, निस्सा पेश गर्न आग्रह गर्दा एकदमै कमले मात्रै निस्सा बुझाए,’ उनले भने, ‘आजदेखि निस्सा नबुझाएकाहरुको संरचना माथि डोजर चलाएका छौं, ७ वटा भौतिक संरचना तोडिसकेका छौं ।’
पोखरीको जमिन अतिक्रमण गरेर विभिन्न संरचना बनेको वीरगञ्ज महानगरपालिकाले जनाएको छ । यसअघि पोखरीको जग्गा अतिक्रमण गरी बनाइएका संरचनाको निस्सा पेश गर्न महानगरले सम्बन्धित व्यक्तिहरुलाई पटक पटक सूचना प्रकाशित गरेर आग्रह गरेको थियो । प्रमाण देखाउन नसकेकाहरुको संरचना भत्काउने महानगरको तयारी छ ।
१५ कात्तिकमा दुई दिन भित्र निस्सा पेश गर्न आग्रह गर्दै महानगरले पत्र काटेको थियो । साथै नगर प्रहरीसहित नक्सा शाखाको टोली सम्बन्धित व्यक्तिहरुकै घरघरमा पुगेर २४ घण्टा भित्र निस्सा बुझाउन आग्रह समेत गरेको थियो । महानगरले निस्सा नभएका व्यक्तिहरुलाई आफैंले संरचना भत्काएर सामान सुरक्षित ठाउँमा राख्न भनेको थियो ।
०२२ सालको नापीमा पोखरी ४ विघा १८ कठ्ठा क्षेत्रफलमा फैलिएको देखिएको छ । अतिक्रमण गरी निजी भवन, अस्पताल बनाउन थालेपछि पोखरी १८ कट्ठामा मात्रै सीमित बनेको छ । पोखरीको बचेको जग्गामा ‘चिल्ड्रेन पार्क’ बनाइएको छ ।
आबिद हुसेन
आबिद हुसेन नेपालबहस डटकमका मधेश प्रदेश प्रमुख हुन् । बिगत डेढ दशकदेखि विभिन्न सञ्चारमाध्यममा सक्रिय पत्रकारिता गर्दै आएका हुसेनले एफएम रेडियो, टेलिभिजन एवं पत्रपत्रिकाहरुमा आबद्ध रही काम गर्दै आएका छन् । हुसेन यसअघि सगरमाथा टेलिभिजन, क्राइम टुडे मासिकको बीरगञ्ज संवाददाता तथा बीरगञ्जबाट प्रकाशित हुने दिशानिर्देश अनलाइनमा सम्बद्ध रहेका छन् ।
लेखकबाट थपराष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
एमाले नेता सवार सरकारी गाडी स्थानीयको नियन्त्रणमा
मंसिर १३, २०८१ बिहिबार
फोरजीमा गुणस्तरहीन सेवा दिएपछि दूरसञ्चार प्राधिकरणले एनसेललाई तिरायो ५० हजार जरिवाना
मंसिर १३, २०८१ बिहिबार
वनमन्त्री ठकुरीसँग दक्षिण कोरियाका राजदूतको शिष्टाचार भेट
मंसिर १३, २०८१ बिहिबार
मानव बेचबिखनको आरोपमा एक जना पक्राउ
मंसिर १३, २०८१ बिहिबार
पेरुको मरुभूमिमा भेटियो एक करोड २० लाख वर्ष पुरानो गोहीको अवशेष
मंसिर १३, २०८१ बिहिबार
स्वर्णलक्ष्मी सहकारीको १ अर्ब ११ करोड ठगी, बयान लिन रविलाई आज साँझ काठमाडौं ल्याइँदै
मंसिर १३, २०८१ बिहिबार
कलिला बालबालिका चिसोमा छानोमुनि पढ्न बाध्य
मंसिर १३, २०८१ बिहिबार