प्रदेश १ को नाम ‘कोशी’ कायम हुने पक्का
नेपालबहस संवाददाता
फागुन १७, २०७९ बुधबार १९:४०:२७
१७ फागुन, मोरङ । प्रदेश नं. १ को नाम ‘कोसी’ कायम हुने संभावना बढेको छ । प्रदेशभामा प्रतिनिधित्व रहेका दलहरुले बुधबार प्रदेशसभा सचिवालयमा प्रदेशको नामकाा लागि विभिन्न प्रसताव दर्ता गरेका छन् । सचिवालयले नाम प्रस्ताव दर्ता बुधबार दिउँसो १ बजेसम्मका लागि समय दिएको थियो ।
नेकपा (एमाले) र नेपाली कांग्रेसले ‘कोशी’, नेपाली कांग्रेसले, नेकपा )एकीकृत समाजादी र जनता समाजवादी पार्टी (जसपा)ले ‘किरात–लिम्बुवान–सगरमाथा’ नाम प्रस्ताव दर्ता गराएका छन् । नेकपा (माओवादी केन्द्र)ले भने एमाले–कांग्रेसके प्रसतावलाई समर्थन गर्ने जनाइसकेको छ ।
‘कोशी’ नामका लापग एमालेका सांसद रामबहादुर राना मगर प्रस्तावक र नेपाली कांग्रेसका भूमिप्रसाद राजवंशी समर्थक रहेर प्रस्ताव दर्ता गराएका छन् । यस्तै, एकीकृत समाजवादीका सांसद पूर्व मुख्यमन्त्री राजेन्द्रकुमार राईले दर्ता गरेको प्रस्तावलाई जसपा सांसद निर्मला लिम्बूले समर्थन गरेकी छन् ।
प्रदेशसभामा एमाले सबैभन्दा ठूलो दल, त्यसपछि कांग्रेस र तेस्रोमा माओवादी केन्द्र छन् । तीनै दल ‘कोशी’मा सहमत भएका कारण प्रदेशको नामाकरण ‘कोशी’ हुने पक्कापक्की भएको छ ।
प्रदेशमा यसअघि दुई/दुई जना मुख्यमन्त्री बनेका बेला प्रदेशको नामाकरण हुन सकेको थिए । त्यसबेला दलहरु नामाकरण जातीयता र क्षेत्रीयतामा आधारिक पहिचानबाट टसमस नभएपछि नामाकरणको विषयमा प्रस्ताव समेत आह्वान हुन सकेको थिएन ।
प्रदेशमा हाल एमालेबाट हिक्मतबहादुर कार्की मुख्य मन्त्री छन् । याे प्रदेशसभामा ९३ सदस्य छन् । नामाकरणका लागि दुईतिहई अर्थात ६३ सदस्य संख्या चाहिन्छ । एमाले ४०, कांग्रेस २९ र माओवादी केन्द्र १३ सदस्य छन् । अन्यमा राप्रपाका ६, एकीकृत समाजवादी ४ र जसपाका १ जना सांसद छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोशी प्रदेशसभा : संविधान प्रदत्त अधिकार व्यवस्थित गर्न ऐन संशोधन
माघ ९, २०८१ बुधबार
कोशी प्रदेशको हिउँदे अधिवेशन आजदेखि
माघ ७, २०८१ सोमबार
भुल्केमा डोको बोकेर पानीको जोह गर्ने दिनको अन्त्य
माघ ५, २०८१ शनिबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
माघ १०, २०८१ बिहिबार
ट्रम्पको सामूहिक निर्वासन अभियान जारी, सयौं आप्रवासी पक्राउ !
माघ ११, २०८१ शुक्रबार
यातायातमा नयाँ हाकिम: पुराना कर्मचारी फर्किएपछि नक्कली लाइसेन्स छानबिनको फाइल हरायो
माघ ११, २०८१ शुक्रबार
६ करोड १० लाख लागतमा बन्यो बराहपोखरी गाउँपालिकाको प्रशासनिक भवन
माघ ११, २०८१ शुक्रबार
पोखरा महानगरद्वारा कृषकलाई फलफूलका बिरुवा वितरण
माघ ११, २०८१ शुक्रबार
झाँक्री प्रकाश भुजेल २ लाख धरौटी बुझाएर रिहा
माघ ११, २०८१ शुक्रबार
पर्वत केन्द्रविन्दु भएर गयो ३.८ म्याग्निच्युडको भूकम्प
माघ ११, २०८१ शुक्रबार
पूर्वश्रम स्वीकृति लिनेको सङ्ख्या ८.१७ प्रतिशतले वृद्धि
माघ ११, २०८१ शुक्रबार
एचपिभी खोप लगाउन किशोरीहरुलाई मन्त्री पौडेलको आग्रह
माघ ११, २०८१ शुक्रबार