प्रदेश १ को नाम ‘कोशी’ राख्ने प्रस्तावबाट कांग्रेस पछि हट्यो
नेपालबहस संवाददाता
फागुन १७, २०७९ बुधबार २०:२५:२४
१७ फागुन, काठमाडौं । प्रदेश १ को नाम कोशी राख्न सहमत भएको नेपाली कांग्रेस पछि हटेको छ । यसअघि एमालेसँग मिलेर कोशी नामका लागि संयुक्त रुपमा प्रस्ताव दर्ता गरेको कांग्रेसले प्रदेशसभा सचिवालयमा दर्ता प्रस्तावबाट समर्थन फिर्ता लिएको हो ।
प्रदेशसभा सचिवालयले तोकेकै समय आज बिहान एमालेका सांसद रामबहादुर राना मगर प्रस्तावक र एमालेकै निरन राई र नेपाली कांग्रेसका भूमिप्रसाद राजवंशी समर्थक रहेर कोशी नाम राख्ने प्रस्ताव संसदमा दर्ता गरिएकोा थियो ।
प्रस्ताव दर्ता भएको केही घन्टापछि कांग्रेसका राजवंशीले प्रदेशसभा सचिवालयमा आफ्नो समर्थन फिर्ता भएको जानकारसहित निवेदन दिएका छन् । प्रस्ताव फिर्ताका पछाडिका कारणबारे केही बताएका छैनन् । तर कांग्रेसको ‘माथि’को निर्देशनबमोजिम कांग्रेसको प्रदेश टिम पछि हटेको अनुमान गरिएको छ ।
नामाकरणका लागि एकीकृत समाजवादी र जसपाले किरात लिम्बुवान सगरमाथा राख्न संयुक्त प्रस्ताव दर्ता गराएका छन् । कूल ९३ सस्दय रहेको प्रदेशसभामा एकीकृत समाजवादीका ४ र जसपाका १ सांसद छन् । एमाले ४०, कांग्रेस २९, माओवादी केन्द्र १३, राप्रपाका ६ सदस्य छन् ।
नामाकरण आजै बस्ने प्रदेशसभा बैठकबाट टुंगाे लगाइँदैछ । प्रस्ताव पारितका लागि कुल सदस्य संख्याकाे दुईतिहाइ अर्थात ६३ सदस्यकाे समर्थन चाहिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोशी प्रदेशसभा : संविधान प्रदत्त अधिकार व्यवस्थित गर्न ऐन संशोधन
माघ ९, २०८१ बुधबार
कोशी प्रदेशको हिउँदे अधिवेशन आजदेखि
माघ ७, २०८१ सोमबार
भुल्केमा डोको बोकेर पानीको जोह गर्ने दिनको अन्त्य
माघ ५, २०८१ शनिबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
यातायातमा नयाँ हाकिम: पुराना कर्मचारी फर्किएपछि नक्कली लाइसेन्स छानबिनको फाइल हरायो
माघ ११, २०८१ शुक्रबार
ट्रम्पको सामूहिक निर्वासन अभियान जारी, सयौं आप्रवासी पक्राउ !
माघ ११, २०८१ शुक्रबार
पूर्व उपराष्ट्रपतिलाई राजनीतिमा फर्काउन माओवादीभित्रै दुई धार, प्रचण्ड मौन !
माघ ११, २०८१ शुक्रबार
केही जिल्लाका प्रमुखसहित १७ एसपीको सरुवा, पर्सामा मिश्र, बारामा तामाङ
माघ १२, २०८१ शनिबार
नेपाल प्रहरीका ३७ डीएसपी एसपीमा बढुवा सिफारिस (सूचीसहित)
माघ १२, २०८१ शनिबार
अमेरिकामा धमाधम पक्राउ पर्दै आप्रावासी, सैन्य विमानबाट देश निकाला गरिँदै
माघ १२, २०८१ शनिबार
दोस्रो पटक बन्दी रिहा गर्दै हमास, आज छुट्नेछन् यी चार जना
माघ १२, २०८१ शनिबार
एसएसपी सरुवा: काठमाडौंमा विश्व अधिकारी, अपराध अनुसन्धानमा रमेश बस्नेत
माघ १२, २०८१ शनिबार
कोशी र मधेस प्रदेशमा मन्द शीतलहर
माघ १२, २०८१ शनिबार